"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
{{Wikify|date=जुन २०११}}
'''भण्डारखाल पर्व''' वि.सं. १९०३ कात्तिक १२ गते [[जंगबहादुर राणा]]ले भण्डारखालको भोजमा बस्नेत र भण्डारी भारदार परिवारको वंशहत्या मच्चाएका थिए ।[[कोत पर्व]] पश्चात प्रधानमन्त्री जंगबहादुरद्वारा कान्छी रानी राज्यलक्ष्मीको पुत्र रणेन्द्रलाई राज्यारोहण गराउने आदेशको अवज्ञा गर्दा उनी रानीको आँखी भए । [[गगन सिंह भण्डारी]]का २ पुत्र वजीर सिंह र बद्री सिंह दुवै पिताको हत्याको बदला लिन चाहन्थे । त्यसपछि कान्छी रानीले बस्नेत परिवारका अग्रज [[वीरध्वज बस्न्यात]]लाई प्रधानमन्त्री बनाउने मोहमा षड्यन्त्र रच्न लगाइन् ।<ref>''जंगबहादुर'' लेखक:श्रीकृष्ण श्रेष्ठ</ref> राजा [[राजेन्द्र विक्रम शाह]]की रानी राज्यलक्ष्मीले [[जंगबहादुर राणा|जङ्गबहादुर]]लाई भण्डारखालको भोजमा विष खुवाई हत्या गर्ने उद्देश्यउद्देश्यले निमन्त्रणा थियोपठाइन् । पण्डित विजयराज पाण्डे र एक दासीले यस कुराको सूचना जङ्गबहादुरलाई दिएपछि उनी मारिनबाट जोगिए। उल्टै जङ्गबहादुरले [[वीरध्वज बस्नेत]], [[वजीर सिंह भण्डारी]] र बद्री सिंह भण्डारी लगायतका १५ भन्दा बढीको हत्या गरे । यस हत्यामा बस्नेत भारदार परिवार कमजोर हुन पुगे । रानी २१ लाख रूपैयाँ र गरगहना लिई बनारस गइन् । युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा भारदार परिवार]] र [[पाण्डे भारदार परिवार]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार बस्नेतलाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref>https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>
 
पूर्व महारानी राज्यलक्ष्मीको प्रिय पात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंह खवासको रहस्यमय ढंगले गरिएको हत्यारा पत्ता लगाउन महारानीको आदेशले सबै भारदारहरूलाई कोतको परिसरमा जम्मा हुने आदेश अनुसार कोतमा भेला भए । गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन पाण्डे लगायतका ४० जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बगेको थियो । यस्तो विभत्स र दुस्खलाग्दो स्थितिको फाइदा उठाएर जंगबहादुर प्रधानमन्त्री बने र १०३ वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतारिया,बस्नेत,पाण्डे,थापा,बिष्ट आदि एक चिहान बने भने बचेका जंगबहादुर र उनका भाईहरु शक्तिशाली भएर उदाए । यस पर्व संगै जंगबहादुरले सत्ता आफ्नो हातमा लिएर प्रधानमन्त्री बने र फलतः १०४ वर्षको क्रुर राणा शासनको उदय भयो । इतिहाँसमा शासनका लागि हत्या भएको यो सबैभन्दा ठुलो घटना मानिन्छ ।
 
{{stub}}