"प्रताप मल्ल" का संशोधनहरू बिचको अन्तर

सा 49.244.5.24 (वार्तालाप)द्वारा ओमकार भण्डारीद्वारा गरिएको पछ...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
प्रताप मल्ल
मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा प्रताप मल्ल हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म (३३ बर्ष) रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । यिनका बाबु लक्ष्मी नरसिंह मल्ल हुन् । १५ भाषाका ज्ञाता प्रताप मल्ल कुचविहारबाट डोला झिकाई विवाह गर्ने राजा हुन् । हनुमान ढोकाको मुर्ति, काल भैरवको स्थापना, रानी पोखरीबीचको जलेश्वर महादेवको मन्दिर, पशुपति कोटिलिगं, दक्षिणकालीको मन्दिर निर्माता तथा हनुमान ढोका दरबार भित्र सुन्दरीचोक, नासलचोक, नरसिंहचोक, कालीचोक बनाउने र बुढानिलकण्ठ देखि हनुमान ढोकासम्म पानी ल्याउने कुलो बनाउने राजा प्रताप मल्ल हुन् । प्रताप मल्लको पालाको १५ भाषामा लिखित शिलालेख हनुमान ढोकामा रहेको छ । यिनै मल्ल राजाको पालादेखि राज परिवारका सदश्यले बुढानिलकण्ठको दर्शन गर्ने छोडेका हुन् ।
प्रताप मल्लले छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोक पिडित भएकी रानीलाई सान्तवना दिनको लागि वि.स. १७२७ मा रानी पोखरीको निर्माण गरेका थिए । तान्त्रिक शक्तिद्धारा काल भैरवलाई हसाउने र मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा प्रताप मल्ल हुन् । (ओमकार((((माथि आशुतोषउल्लेखित कुराहरु यूट्यूबमा ''नेपालको इतिहास सम्बन्धि सामान्य ज्ञान भाग-2'' बाट जानकारी लिन सकिन्छ ।)))))
"https://ne.wikipedia.org/wiki/प्रताप_मल्ल" बाट अनुप्रेषित