"गृह मन्त्रालय (नेपाल)" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १०:
==उद्देश्य==
शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह मन्त्रालयको मूलभूत उद्देश्य हो । मुलुकमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ धन र स्वतन्त्रताको संरक्षण गर्नु गृह प्रशासनको मुख्य उद्देश्य हो । गृह प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभूति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाइ सुशासन कायम गर्न गृह मन्त्रालय मातहत क्षेत्रीय प्रशासन कार्यालय, कारागार व्यवस्थापन विभाग, अध्यागमन विभाग, प्रहरी कितावखाना, राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्र, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय तथा सुरक्षा निकायका रुपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरु केन्द्र देखि स्थानीय तहसम्म क्रियाशील रहेका छन् ।
 
==कार्यहरु==
* १. आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन;
* २. शान्ति, सुव्यवस्था तथा कानुन र व्यवस्था;
* ३. हातहतियार र खरखजानाको इजाजत र नियन्त्रण;
* ४. विस्फोटक पदार्थ नियन्त्रण;
* ५. विदेशी नागरिकको नियमन तथा नियन्त्रण;
* ६. सवारी नियन्त्रण तथा उपत्यकामा रहेका सरकारी सवारी साधनको व्यवस्थापन;
* ७. गैरसरकारीसङ्घ, संस्था प्रशासन;
* ८. क्षेत्रीय तथा स्थानीय प्रशासन;
* ९. नागरिकता;
* १०. जनमत सङ्ग्रह;
* ११. आप्रवासन तथा प्रवासन;
* १२. तीर्थस्थान र तीर्थयात्री;
* १३. कल्याण धन र बेवारिसी धन;
* १४. चिट्ठा, जुवा आदिको नियन्त्रण;
* १५. सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण;
* १६. विपद् व्यवस्थापन;
* १७. सार्वजनिक बिदाको घोषणा, उर्दी र सार्वजनिक उत्सव आदि;
* १८. सार्वजनिक चन्दा सङ्कलनको नियमन र नियन्त्रण;
* १९. अध्यागमन;
* २०. सजायको माफी, मिनाहा तथा परिवर्तन;
* २१. विभूषणसम्बन्धी कार्य;
* २२. शरणार्थी मामिला;
* २३. अञ्चल र जिल्लाको सदरमुकाम तथा सीमाना;
* २४. राष्ट्रिय परिचयपत्र;
* २५. लागू औषध नियन्त्रण र प्रशासन;
* २६. अन्तर्राष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा र सीमा प्रशासन;
* २७. गृह प्रशासन (कारागार, शान्तिसुव्यवस्था, लागू औषध, प्रकोप व्यवस्थापन, सुपुर्दगीलगायत) विषयक राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय र सम्पर्क;
* २८. सङ्गठित अपराध नियन्त्रण;
* २९. बारुदी सुरुङ्गको निवारण;
* ३०. धार्मिक विषय;
* ३१. सुपुर्दगी;
* ३२. कारागार व्यवस्थापन;
* ३३. प्रहरी कल्याण;
* ३४. निर्वाचन आयोग,
* ३५. नेपाल प्रहरी;
* ३६. सशस्त्र प्रहरी बल;
* ३७. राष्ट्रिय अनुसन्धान विभाग;
* ३८. प्रहरी कितावखाना;
* ३९. अन्य मन्त्रालयको कार्यविभाजनमा नपरेका विषय ।
 
==मन्त्रालय अन्तर्गत विभागहरू==