"प्रताप मल्ल" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:मल्ल राजाहरू जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
प्रताप मल्ल
'''प्रताप मल्ल''' नेपालको इतिहासमा [[मल्लकाल]]का प्रसिद्ध राजा हुन्। यिनले काठमाडौंमा [[रानी पोखरी]]को निर्माण गराएका थिए।
मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा प्रताप मल्ल हुन् । यिनको शासनकाल वि.स.१६९८ देखि १७३१ सम्म (३३ बर्ष) रह्यो । आफ्नो नामको अगाडि कविन्द्र लेख्ने राजा प्रताप मल्ल हुन् । यिनका बाबु लक्ष्मी नरसिंह मल्ल हुन् । १५ भाषाका ज्ञाता प्रताप मल्ल कुचविहारबाट डोला झिकाई विवाह गर्ने राजा हुन् । हनुमान ढोकाको मुर्ति, काल भैरवको स्थापना, रानी पोखरीबीचको जलेश्वर महादेवको मन्दिर, पशुपति कोटिलिगं, दक्षिणकालीको मन्दिर निर्माता तथा हनुमान ढोका दरबार भित्र सुन्दरीचोक, नासलचोक, नरसिंहचोक, कालीचोक बनाउने र बुढानिलकण्ठ देखि हनुमान ढोकासम्म पानी ल्याउने कुलो बनाउने राजा प्रताप मल्ल हुन् । प्रताप मल्लको पालाको १५ भाषामा लिखित शिलालेख हनुमान ढोकामा रहेको छ । यिनै मल्ल राजाको पालादेखि राज परिवारका सदश्यले बुढानिलकण्ठको दर्शन गर्ने छोडेका हुन् ।
 
प्रताप मल्लले छोरा चक्रपालेन्द्र मल्लको मृत्युमा शोक पिडित भएकी रानीलाई सान्तवना दिनको लागि वि.स. १७२७ मा रानी पोखरीको निर्माण गरेका थिए । तान्त्रिक शक्तिद्धारा काल भैरवलाई हसाउने र मुद्रामा रानीको नाम उल्लेख गर्ने पहिलो मल्ल राजा प्रताप मल्ल हुन् ।
{{stub}}
 
==सन्दर्भ सामग्री==
<references/>
 
[[category:इतिहास]]
[[श्रेणी:मल्ल राजाहरू]]
"https://ne.wikipedia.org/wiki/प्रताप_मल्ल" बाट अनुप्रेषित