"भानुभक्त आचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
== भानुभक्त नेपाली साहित्यमा ==
[[File:Bhanubhakta_statue.JPG |390x390px|right|thumb|दार्जिलिङमा रहेको भानुभक्त आचार्यको शालिक]]नेपाली वाङ्ग्मयका नेपाली लेखक कविहरूका आधारस्तम्भ भानुभक्तलाई देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाताहरूले विभिन्न दृष्टिले हेरेका छन्। नेपाली वाङ्मयमा सागर बनेका भानुलाई आआफ्ना विवेक र बुद्धिले भ्याएसम्म कतिले गाग्रीले उघाएका छन् त कतिले [[लोहोटा]], [[कचौरा]], [[गिलास]] [[पञ्चपात्रो]], [[आचमनी]] जेले जति पाइयो उघाउने काम भएको छ।
 
यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ। शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो। भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ। शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन। यो एउटा सङ्केत मात्र हो। उदाहरणस्वरूप केही शीर्षकहरू-
आदिकवि भानुभक्त बहुआयामिक व्यक्तित्व भएको कुरा उनका समग्र रचनाले पुष्टि गरेको छ । संस्कृतभाषामा लेखिएको अध्यात्मरामायणमा छन्दगत विविधता भेटिए पनि अनुष्टुप्छन्दको बाहुल्य छ तर आदिकविले आफ्नो रामायणमा शिखरिणी, मन्दाक्रान्ता, वंशस्थविलं, मालिनी, स्रग्धरा जस्ता १३ वटा शास्त्रीयछन्दको अनुपम उदाहरण प्रस्तुत गरेका छन् भने शार्दूलविक्रीडित छन्दलाई सबभन्दा बढी प्रयोग गरेका छन् । जसले गर्दा शार्दूलविक्रीडित छन्दलाई नेपाली जनमानसले भानुभक्तको छन्दसमेत भन्ने गरेको पाइन्छ । अनुष्टुप् जस्तो सामान्य छन्दमा लेखिएको संस्कृत श्लोकको भावानुवादलाई स्रग्धरा जस्तो अत्यन्त लामो छन्दमा बदल्न सक्नु र त्यसमा पनि अनुप्रास अलङ्कारादि गुणले सजाउनु भानुभक्तको काव्यकौशल हो ।
यहा केही पत्रपत्रिका र भानुसम्बन्धी कृतिहरूका आधारमा भानुभक्त सम्बन्धी/उनका कृतिहरूका बारेमा लेखिएका रचनाहरूबाट कतिपय शीर्षक र लेखकहरूको नाम उल्लेख गरिएको छ। शीर्षक र लेखकका बीचमा केही शब्दहरू राखिएका छन् त्यो केवल पूर्वापर सम्बन्ध जोड्ने र भाषिक मिठासका निम्ति भएको हो।हो । भानुसम्बन्धी रचनाका यहा प्रस्तुत गरिएका शीर्षकहरू अध्ययनले भ्याएसम्म र प्राप्त भएसम्मका पत्रपत्रिकाहरूबाट उद्धृत गरिएको छ। शीर्षक प्राप्त भएका पत्रपत्रिका र अन्य स्रोतहरूको सम्पूर्ण विवरण यो सानो टिपोटमा दिन सम्भव देखिएन। यो एउटा सङ्केत मात्र हो। उदाहरणस्वरूप केही शीर्षकहरू-
 
कवि भानुभक्तको जीवन चरित्र वि.सं. १९४८मा प्रकाशित गरेर पहिलोपल्ट भानुभक्तलाई [[तनहुँ जिल्ला|तनहुँ]] चुदीबाट झिकिदिएर बाहिर निकाल्ने काम गरे [[मोतिराम भट्ट|मोतीराम भट्ट]]ले। अनि मात्र त्यस बेलाको नेपाल (काठमाडौंं उपत्यका) र वरपर [[रामायण]]का श्लोकसाग भानुभक्त गाइन थाले। [[सुब्बा होमनाथ, केदारनाथ]], सर्वहितैषी कम्पनी, बाबू माधवप्रसाददेखि बम्बै पुस्तक भण्डारसम्म प्रकाशकहरूले कतै सातकाण्ड त आठकाण्डका रूपमा अनि कतै [[भानुभक्तको रामायण]], [[भक्तमाला]] र [[बधूशिक्षा]] आदि नामबाट प्रकाशन गरेर भानुभक्तलाई अझ धेरै व्यापक बनाए। वि.सं. १९८६ तिरबाट [[सूर्यविक्रम ज्ञवाली]], [[पारसमणि प्रधान]]जस्ता व्यक्तिहरूले नेपालबाहिरका विभिन्न क्षेत्रमा भानुभक्तलाई यात्रा गराएपछि भानुभक्तले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्टिय -नेपालीभाषी सबै क्षेत्रमा) मान्यता पाए।
Line ३९ ⟶ ४१:
 
==वर्तमान नेपालमा==
पहिलोपटक [[मोतिराम भट्ट]]ले भानुभक्तलाई चिनाइदिएपछि यता आजसम्म जसले जति लेखे पनि उनै कुरा हुन्। यतिबेलाको लोकतान्त्रिक गणतन्त्र नेपालमा 'आधुनिक नेपालका पृथ्वीनारायण शाह, भाषा निर्माता आदिकवि भानुभक्त आचार्य।' जस्ता भनाइ दोहोर्या उनु अर्घेलो हुनसक्छ तर योभन्दा राम्रो र धेरै काम नभएसम्म जनताले त्यति सजिलै बिर्सने पनि छैनन् र बिर्सनु पनि हुदैन। भानुभक्त नेपाली वाङ्मयकै विराट्विराट पुरुष हुन्। नयाँ ढङ्गबाट उनका बारे व्याख्या र विश्लेषण भइरहेको छ। पछिल्लो जनआन्दोलनका क्रममा धेरै ठाउमा भानुभक्तका मूर्तिहरू पनि तोडिएका छन्। भानुभक्तले गर्दा हाम्रा भाषाहरूको विकास हुन नसकेको हो भनेर गुनासो पनि धेरैले गरेका छन्। त्यसकारण गणतान्त्रिक नेपालमा भानुभक्तलाई कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा झन् विचारणीय भएको छ। <ref>डा. तुलसी भट्टराई</ref>
 
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ। भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ ।
 
== बहुआयामिक व्यक्तित्व ==
भानुभक्तमा केवल साहित्यिक ज्ञान मात्र थिएन, ज्योतिषशास्त्रमा पनि उनको राम्रै पहँच देखिन्छ । उनका फुटकर कवितामा लेखिएको आफ्नो जन्मकुण्डलीस्थित लग्न, ग्रहस्थान, भाव,नवांश, स्वगृहीग्रह तथा घटी पला विपलाको प्रदर्शनले यो पुष्टि गर्दछ । सामान्य लेखपढका मानिसलाई तिथि, वार, नक्षत्र आदिको जानकारी भए पनि ग्रहस्थान, नवांश, स्वगृही-परगृही,द्वादशभाव, ग्रहमैत्री जस्ता प्राविधिक पक्षको गणना ज्योतिषको राम्रो अध्ययन नगरी बताउनसकिन्न । त्यस्तै एक मित्रले दाङबाट पठाएको चिठीमा आयुको विचार गर्ने प्रश्न सोधिएकाले पनि उनी पनि ज्योतिषी थिए भन्ने प्रमाण पाइन्छ ।
 
फुटकर कवितामा लेखिएको पाशाको दाउ र पाशा खेलेको प्रसङ्गले द्युतक्रीडामा पनि उनको ज्ञान भएको देखिन्छ । हालसम्म पनि उत्कृष्ट उपचार पद्धतिका रूपमा परिचित आयुर्वेद उपचारविधि र औषधिनिर्माण प्रक्रियाका सम्बन्धमा आदिकविको रचना पढ्दा उनी कुशल वैद्य भएको हुनुपर्छ । भैषज्यरत्नावली, चरकसंहिता आदिमा वणिर्त औषधि निर्माण र प्रयोगविधिमा आधारित उनका पद्यहरूले उनको वैद्यत्व प्रमाणित गर्छ । 'ई नेपाल्-सरि पूण्य भूमि त अहो देखीन मैले कतै' भन्ने हरफबाट आदिकविको राष्ट्रप्रेम हदैसम्म झल्किएकाले भानुभक्त वास्तविक नेपाली कवि भएको थाहा पाइन्छ ।
 
रामायणी श्लोकका पद-पदमा र भक्तमालाका अंश-अंशमा भगवद्भक्ति दर्शाउने आदिकविको हास्यव्यङ्ग्य क्षेत्र पनि उत्तिकै सशक्त छ । थुनामा बस्दाको अवस्था वर्णन, सरकारी कामकार्यमा भएको ढिलासुस्तीप्रतिको व्यङ्ग्य अत्यन्त रोचक छ । प्रायः सबै रसको प्रयोग रामायणमा गरिसकेका कविले शृङ्गाररसलाई फुटकर कवितामा पनि खन्याएका छन् । वर्तमानमा आएर साक्षात्कार गरिरहेको कान्तिपुरी (काठमाडौं) नगरीको तत्कालीन शब्दचित्रणले कवि भविष्यद्रष्टा भएको देखाउँछ । 'न गृहं गृहमित्याहु गृहिणी गृहमुच्यते' अर्थात् घर घर होइन तर गृहिणी घर हुन् भन्ने नीतिवचनलाई राम्रोसँग बुझेका आदिकविले वधूशिक्षा बनाउनुमा यही कारण देखिन्छ । हाम्रो समाजले नारीलाई सम्मान गरेको छ । तर सम्मानित व्यक्तित्वबाटै अपमानित व्यवहार हुनु निन्दनीय हुने देखेर प्रस्तावनामा मित्र सम्बोधन गरी लेखिएको वधूशिक्षा नारीमा मात्र सीमित नरही सम्पूर्ण मानिसका लागि उपयुक्त हुने देखिन्छ । आद्य जगद्गुरु शङ्कराचार्यको संस्कृतपद्यलाई रूपान्तरण गरी रचिएको प्रश्नोत्तर कवितामा सम्प्रेषणात्मकता पाइन्छ । यसबाट कविमा आधुनिक शिक्षा प्रणालीको सम्प्रेषणात्मक विधिको समेत ज्ञान भएको सिद्ध हुन्छ । घरपरिवारमा कलह भएमा समाजमै अनिष्ट हुनेतर्फ लक्षित गरी आदिकविले वधूशिक्षा बनाएकाले कविमा सामाजिक भावना ओतप्रोत भएको पाइन्छ । त्यसो त खेतमा पानी लैजान कुलो बनाउन थालेको प्रसङ्ग पनि सामाजिक क्षेत्रका लागि स्मरणीय छ । यिनै कुराले उनलाई वरिष्ठ समाजसेवीका रूपमा समेत स्थापित गरेको छ ।
 
ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृतशिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताका सूत्रमा उन्न नेपालीभाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान हो । कारावासमा बस्दा समेत अटुटरूपमा काव्यसाधना गरी २५ हजार श्लोक भएको संस्कृतको रामायणलाई १२ सय श्लोकमा सीमित गरी शास्त्रीय छन्दमा सम्पूर्ण रामायणी कथालाई उतारी नेपालीभाषामा काव्यात्मक गति प्रदान गर्नु अत्यन्त कठिन कर्म हो । यसर्थ राष्ट्रले दिएको 'आदिकवि'को उपाधि पनि अपुग हुनजान्छ परन्तु देशव्यापी रूपमा भानुजयन्ती मनाउने राष्ट्रिय परम्पराले भने केही श्रद्धा प्रकट गरेको देखाउँछ । यसकारण बहुआयामिक व्यक्तित्वका धनी भानुभक्तलाई हामी सम्पूर्ण नेपाली र नेपालीभाषीले आदर र सम्मानका साथ स्मरण गर्नुपर्ने देखिन्छ ।
बहुभाषाभाषी हाम्रो मुलुकका जनतामा परस्पर सम्बन्ध सूत्र जोड्न आधार निर्माण गर्ने आधार व्यक्ति भानुभक्तको योगदान आजको सङ्घीय गणतन्त्रात्मक लोकतन्त्र नेपालमा उत्तिकै सान्दर्भिक छ। भानुभक्तका योगदानको स्मरणसागै सम्मान गर्ने परम्परा अगाडि बढाउदा मात्र अन्य भाषाका आदिपुरुषहरूको पनि स्मृति र सम्मान गर्ने परम्परा विकसित हुदै जानेछ ।
 
==कृति==