"स्तन ग्रन्थी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
चिकित्सा विज्ञानको दृष्टिमा स्तन ग्रन्थी बोसो, तथा रेशीय तन्तुहरूले बनेको पिण्ड हो । यो छातीको मांशपेशीको भित्तामा रेशीय तन्तुको स्ट्र्याण्डको मद्दतले टाँसिएको हुन्छ । स्तनभरि नै प्रमुख रुपमा बोसोयुक्त तन्तु हुन्छ र यसले नै स्तनलाई कमलो वा नरम बनाएको हुन्छ र एक निश्चित आकार दिएको हुन्छ । स्तन ग्रन्थी प्राय गरि पोथी स्तनधारी जिवमा मात्र विकसित र दूध उत्पादन हुने गर्छ तर कहिलेकाही भालेमा पनि विकसित हुने र दूध उत्पादन हुने गर्छ ।
 
यस गणमा सबभन्दा आदिम (primitive) स्तनधारी डकबिल (duckbill) र प्लेटिपस (platypus) हुन् जसले फुल पार्ने गर्छन्। यिनिहरूको स्तन ग्रन्थीमा मुन्टा (nipples) हुँदैन। जनावरहरूमा स्तन ग्रन्थीको विकास पहिलो गर्भधारण हुँदा हुन्छ तर मनव स्त्रीहरूमा भने स्तन ग्रन्थीको विकास किशोर अवस्था मै हुने गर्छ। एस्ट्रोजन र वृद्धि हर्मोन (Growth Hormone) ले स्तन ग्रन्थीको विकासमा महत्वपूर्ण भुमिका खेल्दछ।<ref name="Malley2010">{{Cite journal|title=Hormone Action in the Mammary Gland|author1=Brisken |author2=Malley |doi=10.1101/cshperspect.a003178|publisher=Cold Spring Harb Perspect Biol|date=December 2, 2010|pmc=2982168|volume=2|issue=12|pages=a003178|journal=Cold Spring Harbor Perspectives in Biology|pmid=20739412}}</ref><ref name="pmid9516076">{{cite journal | vauthors = Kleinberg DL | title = Role of IGF-I in normal mammary development | journal = Breast Cancer Res. Treat. | volume = 47 | issue = 3 | pages = 201–8 | year = 1998 | pmid = 9516076 | doi = 10.1023/a:1005998832636| url = }}</ref> गर्भास्थाको समयमा स्तन ग्रन्थीले प्रोजेस्टेरोन र प्रोल्याक्टिन हर्मोन उत्पादन गर्छ। प्रोजेस्टेरोन हर्मोनले प्रोल्याक्टिन हर्मोनको उत्पादनमा कमि गर्छ जसको कारणले गर्भास्थाको समयमा दूध उत्पादन हुदैन अथवा केही मात्रामा बिगौती दूध (colostrum) को उत्पादन हुन्छ र शिशु जन्मिएपछि प्रोजेस्टेरोन हर्मोन उत्पादन कम हुन्छ तेसकारण प्रोल्याक्टिन हर्मोनको उत्पादन वृद्धि हुन्छ र धुधकोदूधको उत्पादन प्रशस्त मात्रामा हुन्छ। <ref name="Body map">[https://healthline.com/human-body-maps/mammary-gland Mammary Gland Anatomy, Function and Diagram]</ref>
 
== स्तन विकास चक्र ==
भ्रुण अवस्थाको ६ हप्ता देखिनै स्तनको विकास शुरु हुन्छ । किशोरावस्थामा नपुगेसम्म केटीमा स्तनको विकास शुरु भईसकेको हुँदैन । वाल्यकालमा केटा र केटीको स्तन उस्तै हुन्छन् । तर किशोरावस्थामा पुगेपछि केटीहरुमाकेटीहरूमा स्तनको विकास तीब्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ बर्षको उमेरमा शुरु भएर १५ बर्षमा पूरा हुन्छ । सामान्यतया २ - ३ बर्षको चाँडो ढिलो हुन सक्छ ।
 
इस्ट्रोजन र प्रोजेस्टेरोन जस्ता रागरसहरुको प्रभावका कारणले यी परिवर्तन देखिन्छन् । पूर्व किशोरावस्थामा मुन्टोबाहेक स्तन पूर्ण रुपमा समतल नै हुन्छ भने शुरुको किशोरावस्थामा मुन्टो वरिपरीको भाग बढ्न थाल्छ, स्तनको अन्य भाग पनि भरिएर आउन थाल्छ । पछिल्लो किशोरावस्थामा भने स्तनमा दुध बनाउने ग्रन्थीको विकास हुनुको साथै बोसोको मात्रामा वृद्धि हुन्छ र मुन्टो वरिपरीको भागसम्म भएर जान्छ ।
"https://ne.wikipedia.org/wiki/स्तन_ग्रन्थी" बाट अनुप्रेषित