"स्तन ग्रन्थी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[चित्र:Breast anatomy drawing.png|right|thumb|300px|महिलाको स्तन ग्रन्थी]]
 
'''स्तन ग्रन्थी''' (अङ्ग्रेजी: Mammary gland) एक [[स्तनधारी]] जनावरको शरीरको विशेष [[ग्रन्थी]] हो। यसको प्रमुख कार्य "[[दूध]]" उत्पादन गर्नु हो जुन नवजात शिशुको लागि पोषक तथा अति आवस्यक आहार हो। स्तन बाट नै यिनिहरूको नाम स्तनधारी प्राणी रहन गएको हो। स्तन ग्रन्थी प्राय गरि पोथी स्तनधारी जिवमा मात्र विकसित र दूध उत्पादन हुने गर्छ तर कहिलेकाही भालेमा पनि विकसित हुने र दूध उत्पादन हुने गर्छ । यस गणमा सबभन्दा आदिम (primitive) स्तनधारी डकबिल (duckbill) र प्लेटिपस (platypus) हुन् जसले फुल पार्ने गर्छन्। यिनिहरूको स्तन ग्रन्थीमा मुन्टा (nipples) हुँदैन। जनावरहरूमा स्तन ग्रन्थीको विकास पहिलो गर्भधारण हुँदा हुन्छ तर मनव स्त्रीहरूमा भने स्तन ग्रन्थीको विकास किशोर अवस्था मै हुने गर्छ। एस्ट्रोजन र वृद्धि हर्मोन (Growth Hormone) ले स्तन ग्रन्थीको विकासमा महत्वपूर्ण भुमिका खेल्दछ।<ref name="Malley2010">{{Cite journal|title=Hormone Action in the Mammary Gland|author1=Brisken |author2=Malley |doi=10.1101/cshperspect.a003178|publisher=Cold Spring Harb Perspect Biol|date=December 2, 2010|pmc=2982168|volume=2|issue=12|pages=a003178|journal=Cold Spring Harbor Perspectives in Biology|pmid=20739412}}</ref><ref name="pmid9516076">{{cite journal | vauthors = Kleinberg DL | title = Role of IGF-I in normal mammary development | journal = Breast Cancer Res. Treat. | volume = 47 | issue = 3 | pages = 201–8 | year = 1998 | pmid = 9516076 | doi = 10.1023/a:1005998832636| url = }}</ref> गर्भास्थाको समयमा स्तन ग्रन्थीले प्रोजेस्टेरोन र प्रोल्याक्टिन हर्मोन उत्पादन गर्छ। प्रोजेस्टेरोन हर्मोनले प्रोल्याक्टिन हर्मोनको उत्पादनमा कमि गर्छ जसको कारणले गर्भास्थाको समयमा दूध उत्पादन हुदैन अथवा केही मात्रामा बिगौती दूध (colostrum) को उत्पादन हुन्छ र शिशु जन्मिएपछि प्रोजेस्टेरोन हर्मोन उत्पादन कम हुन्छ तेसकारण प्रोल्याक्टिन हर्मोनको उत्पादन वृद्धि हुन्छ र धुधको उत्पादन प्रशस्त मात्रामा हुन्छ।
<ref name="Body map"> [https://healthline.com/human-body-maps/mammary-gland Mammary Gland Anatomy, Function and Diagram]</ref>
 
"https://ne.wikipedia.org/wiki/स्तन_ग्रन्थी" बाट अनुप्रेषित