"पाण्डे" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १९:
[[गणेश पाण्डे]] [[पाण्डे भारदार परिवार]]का पहिलो भारदार देखिन्छन् । उनी राजा [[द्रव्य शाह]]लाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी [[कालु पाण्डे|वंशीधर कालु पाण्डे]] गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी [[वंशराज पाण्डे]] पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी [[दामोदर पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको पहिलो प्रधानमन्त्री]] हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनले मूलकाजी भै शासन चलाउँदा राजा [[रणबहादुर शाह]]को फिर्ता सवारीमा [[भीमसेन थापा]]को आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार [[रणजङ्ग पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरू|नेपालको तेस्रो प्रधानमन्त्री]] हुन् । मुख्तियार [[भीमसेन थापा]]को पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा [[माथवरसिंह थापा]]को उदय हुँदा पाण्डे परिवारमाथि भीमसेनहत्याको कारबाही भयो । त्यस घटनाले [[रणजङ्ग पाण्डे]]को मृत्यु भयो । [[जंगबहादुर राणा]]द्वारा मच्चाइएको [[कोत पर्व]]मा [[दलभञ्जन पाण्डे]] मारिँदा पाण्डेहरू सम्पूर्ण शक्तिविहिन भए ।
 
काजी [[तुलाराम पाण्डे]] र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी [[भोटु पाण्डे]], काजी [[रणजीत पाण्डे]] र काजी जगजीत पाण्डे थिए ।<ref name="google">{{Cite web|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&printsec=frontcover#v=onepage&q&f=false|title=थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा|author=के.एल. प्रधान|page=१९८}}</ref> काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।<ref name="nepalarmy"/> काजी रणजीत पाण्डे [[नैनसिंह थापा]]का ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री [[माथवरसिंह थापा]] रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । [[जंगबहादुर राणा]]को उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।<ref name="google"/>
 
==उत्पत्ति==
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित