"कृष्णप्रसाद भट्टराई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ५५:
नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा [[नेपाली काँग्रेस|नेपाली काङ्ग्रेस]] गठनपछि यिनी सहमहामन्त्रीको पदमा पुगे। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। प्रजातन्त्र स्थापनापछि २००८ मा प्रथम पटक गठित सल्लाहकार सभाका अध्यक्ष भएका भट्टराईले २०१६ सालमा [[प्रतिनिधि सभा]]का सभामुखको पदको दायित्व वहन गरेका थिए।
 
२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदैगरेकोहुँदै तरुणदलकोगरेको तरुण दलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुणदलकोतरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुपर्‍यो। त्यसपछि पनि पटक-पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुनेवित्तिकैहुने वित्तिकै २०२७ वैशाख ६ गते [[नेपाल विद्यार्थी सङ्घ]] स्थापना समारोहको उद्घाटन गर्ने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएका छन्।
 
२०३४मा२०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट [[विश्वेश्वरप्रसाद कोइराला|बीपी कोइराला]]ले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए। बीपीको निधनपछिनिधन पछि २०३९ मंसीरमा [[गणेशमान सिंह]] निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापतिकैसभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गरे। नेपाली कांग्रेसको आठौं महाधिवेशन २०४८बाट२०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि यिनले २०५३ सम्म सभापतिको पद सम्हाले।
 
भट्टराईको १७ वर्षे सभापतित्वकालमासभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि यिनैले गरेका थिए। त्यस जनआन्दोलनको पार्टी सभापतिका रूपमा नेतृत्व गर्ने भट्टराई प्रजातन्त्र पुनर्स्थापना भएपछि पहिलो अन्तरिमकालीन प्रधानमन्त्री बने। तोकिएको एक वर्ष भित्रै संविधान निर्माण र निर्वाचन सम्पन्न गराएर संवैधानिक राजा र जनताद्वारा आफूलाई सुम्पिएको काम सफलताका साथ पूरा गरे। २०४८ को निर्वाचनमा उनी पराजित भए। २०१५ मा गोर्खाबाट र २०५१ मा काठमाडौं क्षेत्र नं. १ बाट निर्वाचनमा भाग लिँदा पनि उनी पराजित भएका थिए।
 
भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, [[सुवर्ण शमशेर राणा|सुवर्ण शम्शेर]] र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आएका छन्। अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासन चाहिं कहिल्यै रूचाएनन्। <ref>कृष्णप्रसाद भट्टराई शब्दचित्र: तुल्सी भट्टराई NepalBritain.com</ref>