"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''खुला एवं स्वतन्त्र सफ्टवेयर''' आफ्नो प्रयोगकर्तालाई कुनै पनि प्रायोजनकालागि उक्त सफ्टवेयर प्रयोग गर्न, सफ्टवेयरको श्रोत (Source Code) अध्ययन गर्न, आफ्नो कार्य वा आवश्यकता अनुसार उक्त सफ्टवेयरलाई परिवर्तन गर्ने तथा उक्त सफ्टवेयरको परिवर्तित वा अपरिवर्तित रूपलाई वितरण गर्ने स्वतन्त्रता र अधिकार प्रदान गर्ने [[सफ्टवेयर]] हुन् । अङ्ग्रेजी शब्द "Free" सँग यस सफ्टवेयरको नाम शाब्दिक रूपमा बाझ्न गएको हुदाँ, अन्योलको स्थिति हटाउन विभिन्न संस्था र मानिसले यस नामको सट्टामा अरु नाम प्रस्तावना गरेका छन्।
 
<br />
"खुल्ला श्रोत सफ्टवेयर", "Software Libre", "FLOSS (Free/Libre/Open Source Software)", "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" आदि केही प्रचलित पर्यायहरू हुन। यी मध्ये सबै भन्दा प्रचलित नाम "खुल्ला श्रोत सफ्टवेयर" हो।
 
<br />
यी विभिन्न नामका प्रयोगकर्ताहरू मूलतः उस्तै अनुज्ञप्ति (license), सफ्टवेयर विकास ढाँचा लाई अभिव्यक्त गर्छन्, तर, रिचर्ड स्टलम्यानका अनुसार यी नामका प्रयोगकर्ताहरू यी नामहरूसँग गाँसिएको दर्शन/शास्त्र का अनुरूप फरक छन्। केही प्रयोगकर्ताहरूले "स्वतन्त्र (libre)" (स्वतन्त्र अभिव्यक्तिमा "स्वतन्त्र"को अस्तित्वजस्तो) वा "निःशुल्क (gratis)" (निःशुल्क बियरमा "निःशुल्क"को अस्तित्वजस्तो)को प्रयोग गरेर स्वतन्त्र शब्दसँग गाँसिने भ्रमपूर्ण स्थितिको निराकरण गर्दछन्। धेरैजसो यी नाम/शब्दहरू सफ्टवेयर स्वतन्त्रता अभियानको परिपेक्ष्यमा प्रयोग गरिन्छन् र बिस्तारै सामान्य प्रयोगमा आउन लागेका छन्। रिचर्ड स्टलम्यानले "FLOSS" र "स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर"को प्रयोग "खुल्ला श्रोत सफ्टवेयर" र "स्वतन्त्र सफ्टवेयर"को जोड वा योजनको रूपमा भनेर दिन्छन्। दुबै पक्ष मध्ये अत्यावश्यक तवरले कुनैलाई नछानि प्रयोग गर्ने सल्लाह स्टलम्यानले दिन्छन् तर साथै "स्वतन्त्र सफ्टवेयर" पक्षलाई आत्मसाथ गर्ने तथा समर्थन गर्ने आग्रह पनि गर्दछन्।
<br />
 
==इतिहास==