"राष्ट्रिय योजना आयोग (नेपाल)" का संशोधनहरू बिचको अन्तर

सा →‎इतिहास: स्वचालित हिज्जे सम्पादन
पङ्क्ति १:
* '''राष्ट्रिय योजना आयोग''' [[नेपाल सरकार]]को राष्ट्रिय [[योजना]] तर्जुमा गर्ने केन्द्रीय स्तरको कार्यालय हो। यसले देशको दीर्घकालिन विकाशको लागि नेपाल सरकारको लागि योजनाहरू बनाउने गर्दछ।
 
===इतिहास===
[[नेपाल]]मा योजनाबद्ध विकासको सुरूवात वि.सं. २०१३ सालमा प्रधानमन्त्रीको अध्यक्षतामा योजना आयोगको गठन संगै सुरू भएको थियो। यसलाई प्रभावकारी बनाउन वि.सं. २०१४ सालमा योजना मण्डल ऐन, २०१४ अनुरूप योजना मण्डल गठन गरिएकोथियो। यस योजना मण्डललाई योजना तर्जुमा गर्ने कामको अतिरिक्त विभिन्न किसिमको कार्यकारी अधिकारहरू पनि सुम्पिएको थियो। वि.सं. २०१७ सालमा बहुदलीय प्रजातन्त्रको अन्त्य भई [[पञ्चायती व्यवस्था]] शुरु भएपछि [[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]को अध्यक्षतामा एक राष्ट्रिय योजना परिषद्को स्थापना गरिएको थियो। यस परिषद्का निर्णयहरू मन्त्रिपरिषदका निर्णय सरह मान्य हुने व्यवस्था गरिएको थियो। सुरूमा यस परिषद्को लागि एक छुट्टै सचिवालयको व्यवस्था गरिएकोमा पछि वि.सं. २०१८ सालमा आर्थिक कार्य विषयक मन्त्रालयको स्थापना भई यस मन्त्रालयले नै राष्ट्रिय योजना परिषद्को सचिवालयको पनि काम गर्ने व्यवस्था गरियो। यसबाट विकास बजेट र वैदेशिक सहायता सम्बन्धी काम प्रत्यक्ष रूपमा राष्ट्रिय योजना परिषदको मातहतमा ल्याइएको थियो।
 
पङ्क्ति १०:
वि.सं. [[२०४६ सालको जनआन्दोलन]] पश्चात् मुलुकमा पुनर्स्थापित बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको स्थापना भएपछि राष्ट्रिय योजना आयोगको गठन र सङ्गठनमा पनि केही परिवर्तन गरियो। यस अनुसार वि.सं. २०४८ भाद्र २१ गते गठित राष्ट्रिय योजना आयोगमा सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा एक उपाध्यक्ष, पाँच सदस्यहरू, एक सदस्य-सचिव रहने तथा पदेन सदस्यमा मुख्य सचिव र अर्थ सचिव रहने व्यवस्था गरिएको छ।
 
===उद्देश्य===
मुलुकको समष्टिगत विकासको प्रक्रियामा समाजका सबै क्षेत्र, वर्ग एवं समुदायको सक्रिय सहभागिता र पहुँच पुर्‍याई समतामूलक समाज निर्माण गर्नु, आर्थिक र सामाजिक विकासका क्रियाकलापलाई योजनावद्ध रूपबाट अगाडि बढाउने कार्य गर्नु राष्ट्रिय योजना आयोगको सचिवालय मुख्य उद्देश्य रहेको छ।
 
===कार्यक्षेत्र र जिम्मेवारी===
*राष्ट्रिय विकासको दीर्घकालिन अवधारणा अनुरूप आवधिक योजना तर्जुमा गर्ने, विकासका आधारभूत नीतिहरू तर्जुमा एवं प्राथमिकता निर्धारण गर्ने।
*राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्रोत र प्रविधिहरूको खोजी गर्ने र आर्थिक विकासमा गति प्रदान गर्न गर्न नेपाल सरकारलाई सुझाव दिने।
पङ्क्ति २३:
*राष्ट्रिय योजना आयोगको सचिवालयको कार्यकारी भूमिका निभाउने गरी नेपाल सरकारबाट गठन गर्ने विभिन्न परिषद्हरूको सचिवालयको रूपमा काम गर्ने।
 
===सम्बन्धित निकाय===
[[केन्द्रीय तथ्याङ्क विभाग]]
 
===सम्पर्क ठेगाना===
राष्ट्रिय योजना आयोग<br/>
सिहदरवार, काठमाडौं, नेपाल<br/>
ईमेल : npcs@npcnepal.gov.np; npc@npcnepal.gov.np<br/>
===आधिकारीक वेवसाईट===
[http://www.npc.gov.np www.npc.gov.np]