"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
लिंक थप
पङ्क्ति १२:
 
==वाणिकी देवी ==
संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंसवाहन भएकी देवीका चार हातमध्ये एउटामा [[वीणा]], एउटामा स्फटिकको माला, अर्कोमा [[पुस्तक]] र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको 'सरस्वती कवच'को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकताअनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।
==संगीत र विद्याकी देवी==
[[File:Statue of Goddess Saraswati on the auspicious occasion of Vasanta panchami.jpg|thumb|200px|right|विद्याकी देवीमानिने सरस्वती]]
पङ्क्ति ३१:
Saraswati pooja 03.jpg|
</gallery>
सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये [[काठमाडौँकाठमाडौं उपत्यका]]मा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा,[[भक्तपुर जिल्ला]]को थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ।
श्रीपञ्चमीका दिन [[कामदेव]] र [[रति|रती]]को पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ। प्राचीन कालमा नेपालमा वेदांगज्योतिषका आधारमा कालगणना गरिन्थ्यो | लसायन मकर संक्रान्तिको नजिक पर्ने शुक्लपक्ष प्रतिपदाबाट वेदोक्त तपोमास(आर्तव माघमास) मानिन्थ्यो |प्रत्यक्ष सौर उत्तरायण आरम्भ हुने दिनबाट सौरवर्ष आरम्भ मानिन्थ्यो |यसो हुँदा पनि उत्सवहरू चान्द्रवर्षका आधारमा मानिन्थ्यो |पछि निरयणवादको अवधारणा विकशित भयो| वैदिकज्योतिष गणितबाट सिद्ध जो दृक्सिद्ध सायनवादलाई पाखा लगाउने काम भयो | यही सायन र निरयणको तालमेल मिलाउन न सक्दा आज माघै महिनामै वसन्त पञ्चमी पर्व आउने भयो वैदिक कालगणनाका आधारमा चान्द्रवर्ष मान्दा आज पनि वसन्तऋतुमै वसन्तपञ्चमी आउने गर्दछ | चान्द्रऋतुक्रममा दोस्रोऋतु वसन्तागमनको पाँचौं दिनलाई उत्सवको रूप दिन तथा शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। लगभग २०००वर्ष यताको कालगणनाको विग्रँदो स्थिति अँझै न सुधार्ने हो भने पछि गएर दुई ऋतुको फरक पारी वसन्तोत्सव मनाउने दिन न आउला भन्न सकिदैन|वर्तमान सरकारी पञ्चांग निर्णायक समितिद्वारा निर्णित तिथिमिति करीव एक महिना जति फरक परेको वास्तविकता त नेपाल सरकारले पर्वसुधार आयोग गठन गरी पर्व सुधार गरेर क्यालेणडर निर्माण गरी प्रचार प्रसार गरेको कुराबाट पनि बुझ्न सकिन्छ |अब यस तर्फ सबैको घ्यान जानु जरुरी छ|काव्यविनोदी,स्रष्टा,सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ ।
 
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित