"वसन्त पञ्चमी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{विशेष लेख|पर्व तथा दिवस}}
{{otheruses|वसन्त (स्पष्टता)}}
[[File:Saraswati f. Strassenpuja.JPG|thumb|right|200px|वसंत पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा]]<section begin=अंश />'''वसन्त पञ्चमी'' [[हिन्दू धर्म|हिन्दू]]हरूको पर्व हो । यस दिन विद्याकी देवी [[सरस्वती]]लाई पूजा गरिन्छ । यो पूजा पूर्वी [[भारत]] र [[नेपाल]]मा ठूलो उल्लाससित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदांगज्योतिषकालमा वसन्तऋतु मधु(आर्तव [[चैत्र]]मास)मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण [[माघ]] [[शुक्ल पक्ष|शुक्ल]] [[पञ्चमी]]मा मनाउन थालियो । जसलाई अँझै पनि वसन्तपञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्तपञ्चमीपर्व यो वर्ष वैदिक तिथिपत्रानुसार वसन्तऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिक पञ्चांगानुसार निरयणमाघशुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौरवर्षमा(वि.सं.२०७२ [[फाल्गुण]] १ गते तदनुसार सन् २०१६ [[फेब्रुअरी]] १३ तारिकका दिन परेको थियो । <section end=अंश />
प्राचीन भारतवर्षमा प्रसिद्ध वेदांग ज्योतिषानुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ [[अयन]], एक अयनमा ३ [[ऋतु]], एक ऋतुमा २ [[महिना]], एक महिनामा २ [[पक्ष]] र एकमा १५ दिन हुने र एकदिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । [[वसन्त ऋतु|वसन्त]] सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु थियो । जब फूलहरूमा बहार आउँथ्यो, [[जौ]] र [[गहूँ]]का बालीहरू लहलहाउँथे । [[आँप]] आदीका रुखहरूबाट नयाँ पालुवा पलाउथ्यो । पुष्पबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी [[पुतली]]हरू उडनथाल्थे । [[कोइली|कोकिल]] कुहु कुहु गर्दथ्यो तब राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो । शुक्ल [[यजुर्वेद]] शतपथ- २॥१॥३॥४ मा "ब्राह्मणो वसन्ते अग्नी आदधीत)" भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्न्याधान गरे भनिएको छ । [[माघ]] महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदांगज्योतिषको वैदिक तिथिपत्रानुसार मधु(सायन चैत्र) महिनाको [[पञ्चमी]] तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा [[विष्णु]]र कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ,र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ ।
 
"https://ne.wikipedia.org/wiki/वसन्त_पञ्चमी" बाट अनुप्रेषित