"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
 
केही मानव इतिहासविद्हरुका अनुसार, गुरुङ वा तमु, एतिहासिक आदि-मङ्गोल, हान जातिबाट उत्पत्ति भएका विश्वास गरिन्छ र मध्य एसियाबाट सर्दै र फैलिदैँ आए; तर केही विद्वान भने गुरुङहरु मङ्गोलबाट बसाइ सरेकाहरु हुन् भनेका छन् ।
==जीवन शैली==
तमु र गुरुङ एकै होः
 
कुनै पनि जाति भनेको उपाधि हो, जुन आदि पुर्खाले कमाएर वंशजमा हस्तान्तरण गरेको हुन्छ। यो कुरा गुरुङ जातिमा पुष्टि भएको पाइन्छ। यो जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछ। स्व. टेकसिं प्हैमो तमुले केर्लोमा सफुती क्ह्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरूलाई बाह्रमहाबौद्धहरूले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नाम थर नै तमु रहन गएको कुरा उल्लेख गरेका छन्। त्यस्तै तमु प्ये ल्हु संघका संस्थापक सदस्य हाल महानिर्देशक भोवर पाल्जै तमुले मनाङ जिल्लाको उत्तरी भेग नारमा तिब्बतबाट आई बसेको वोन्पो लम द्बारा तमुजातिलाई उच्च सम्मानको पद गुरु शब्द परिभाषित भयो र पछि अरु जातजातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ (गुरुको अङ्ध) शब्द प्रचारित भयो भनेका छन्।
 
सामाजिक व्यवस्थाः
 
तमुजातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानूनमा हिन्दू धार्मिक परम्परा अनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपूको छोरी खोजीखोजी बिवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ। जीव वैज्ञानिक (अनुवांशिक) दृष्टिकोणले उपयुक्त नभएकोले अचेल यसलाई छोड्नुपर्ने तर्क शिक्षित वर्गको छ। खेगी चोँगी र पैंडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अगं हुन्। खेगी पुरोहित, चोँगी जजमान (गन्यमान्य भद्रभलादमी) र पैंडी ज्योतिषी। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्‍यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्ने कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिं काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ। तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्‍याएको छ।
 
चाड पर्ब
 
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन्। तमुको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तरगत, तमुहरूको मुल चाड पर्बहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।
 
'''बाजाहरू'''
 
गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।
 
==सस्कार==
पच्युले गोठ र खर्कको रक्षाको लागि पूजागर्ने हो। जुन बेला हामी पशुपालन युगमा थियौं। क्ल्हेप्रीले गर्ने सिल्दोनाल्दो पूजाले कृषियुगमा प्रवेश गरेको जनाउँछ। पच्यु क्ल्हेप्री संस्कार जातीय कर्ममा आधारित छ। मृतात्मलाई पुर्ख्यौंलीको लोकमा लीन गराउने। लमधर्म भने सांसारिक मायाजालबाट व्यक्तिलाई निर्वाण नजीक पुर्‍याउने रहेको छ। मनाङबाट सन् ५०० तिर केही तमुहरू अन्नपूर्ण हिमश्रृखलाको दक्षिणी भेग (क्होलसोँप्रे ट्हो)मा एकताबद्ध भएर बसे। खेती किसानयोग्य रमणीय स्थान देखेपछि फेरि पनि मनाङ र मुस्ताङबाट अरु तमुहरू आए। त्यहाँ चिमी हुइँडुको अर्घौं गरेर उसको मृतात्मलाई तार्न सफल भएपछि मुस्ताङको लिप्रो म्हार्सोबाट आएको क्ल्हेप्रीहरू राजपुरोहित बने। पैतृक रूपले प्राय गरी ल्हेंगे र क्रोम्छे थरबाट पच्यु अनि टु र म्होब्छे थरबाट क्ल्हेब्री हुन्थे।
===धार्मिक ग्रन्थ===
"[[प्येताँ ल्हुताँ]]" गुरुङहरुको धार्मिक ग्रन्थ भएको मानिन्छ ।
Line ४८ ⟶ ६७:
मनाङ जिल्लाको मध्यउत्तर भागमा पर्ने नारमा पछि आएका तिब्बती वोन्पो लमसग पुरोहित्याइ सिक्न चिलि (सिक्लिस) बाट कोन्म थरका केही तमुहरू गएको बारे एक पौराणिक कथन छ। त्यहा बाट फर्कंदा सिकलाई पूरा भएकोलाई लम र नभएकोलाई लेम भनियो। तब कोन्महरू आ आफ्नो धेरै नजीकका भाइहरू समेटिएर कोन(नगएकाहरू) लम र लेम गरी तीन उपथरमा बाडिए। वोन्पो लम अनुयायी लम र लेमले पच्यु, क्ल्हेब्री अनुयायी कोनसग वैवाहिक सम्बन्ध गास्न थाले। वास्तवमा यी तीनै उपथरका सोंगीहरू एकै पूर्खाका सन्तान हुन्। यस बाहेक उनीहरूले आफ्नो दरिलो समूह बनाए। पछि चिलिको सामरी क्ले (घले) राजाको पालामा लम र लेमले घलेका छोरीहरू विवाह गरे भनिन्छ। पूर्खा बेग्लै भए तापनि कोनले घलेसग मुसेर दाजुभाइको नाता कायम राखी परम्परा बद्लेन। वोन्पो लमद्घारा गुरु भन्ने उच्च सम्मानको शब्द परिभाषित भयो र पछि अरु जात, जातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ शब्द प्रचारित भयो।
 
==जीवन शैली==
तमु र गुरुङ एकै होः
 
कुनै पनि जाति भनेको उपाधि हो, जुन आदि पुर्खाले कमाएर वंशजमा हस्तान्तरण गरेको हुन्छ। यो कुरा गुरुङ जातिमा पुष्टि भएको पाइन्छ। यो जातिलाई नेपाली भाषामा गुरुङ भने पनि गुरुङले गुरुङ भाषामा आफूलाई तमु भन्दछ। स्व. टेकसिं प्हैमो तमुले केर्लोमा सफुती क्ह्याल्साका पहिला राजा क्रसिरीले दिएका निर्देशनहरूलाई बाह्रमहाबौद्धहरूले तमु भनी समर्थन गरेकाले पछि तिनका सन्तानको जातीय नाम थर नै तमु रहन गएको कुरा उल्लेख गरेका छन्। त्यस्तै तमु प्ये ल्हु संघका संस्थापक सदस्य हाल महानिर्देशक भोवर पाल्जै तमुले मनाङ जिल्लाको उत्तरी भेग नारमा तिब्बतबाट आई बसेको वोन्पो लम द्बारा तमुजातिलाई उच्च सम्मानको पद गुरु शब्द परिभाषित भयो र पछि अरु जातजातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ (गुरुको अङ्ध) शब्द प्रचारित भयो भनेका छन्।
 
सामाजिक व्यवस्थाः
 
तमुजातिमा मामा चेला फुपु चेला सोलीडोली चल्छ। त्यसैले नेपालको कानूनमा हिन्दू धार्मिक परम्परा अनुसार जेसुकै भए पनि गुरुङको हकमा मामाको छोरी रोजीरोजी फुपूको छोरी खोजीखोजी बिवाह गर्ने परम्परालाई मान्यता दिएको पाइन्छ। जीव वैज्ञानिक (अनुवांशिक) दृष्टिकोणले उपयुक्त नभएकोले अचेल यसलाई छोड्नुपर्ने तर्क शिक्षित वर्गको छ। खेगी चोँगी र पैंडी यस जातिका सामाजिक व्यवस्थापनका अभिन्न अगं हुन्। खेगी पुरोहित, चोँगी जजमान (गन्यमान्य भद्रभलादमी) र पैंडी ज्योतिषी। सामाजिक काम कुरामा कुनै नयाँ कामको थालनी वा कामकाज गर्ने क्रममा विवाद पर्‍यो भने खेगी, चोंगी (जजमान भद्रभलादमी) र पैंडी (ज्योतिषी) सबै एकै ठाउँमा भेला भएर कस्तो प्रक्रियाले त्यो कार्य सम्पन्न गर्ने भन्ने कुराको निर्णय खेगीले गर्दछ। कुन चाहिं काम गरेमा सबैको भलो हुन्छ भन्ने कुराको निर्णय चोंगीले गर्दछ। कुन तिथि मिति पारेर कार्यारम्भ गरेमा शुभअशुभ के हुन्छ भन्ने कुराको निर्णय पैंडीले गर्दछ। तमु समुदाय राष्ट्र निर्माणको धरोहर बन्न सक्नुमा यिनै ऐतिहासिक परम्पराको पृष्ठभूमीले ठूलो योगदान पुर्‍याएको छ।
 
चाड पर्ब
 
जन्मदेखि मरणसम्मका संस्कार र परम्परा तथा प्राचिन पौणीरक जातिया सांस्कृतिका धनी, तमु (गुरुङ)को आफ्नै रीतिरिवज, चाड पर्ब सम्बन्धि आफ्नै बिशिष्ट परम्परा अझैसम्म जीवित छन्। तमुको पुर्खौली धर्म, बोन धर्मानुसार जस आन्तरगत, तमुहरूको मुल चाड पर्बहरूमा क्रमशः ल्होसार (पौष १५), माँङी त्ह्ये (माघे संक्रान्ति), खे कु त्ह्ये (फाल्गुन पूर्णिमा), चैत्रको ३ मंगलबार (ट्हो त्हेँ) गाउँ बार्ने, खेकु माँङी थेब त्ह्ये (बैशाख पूर्णिमा), क्ह्वोइडुलु मार (श्रावण संक्रान्ति), ख्योदो म्हाँमै त्ह्ये (भदौ पूर्णिमा) आदि हुन्।
 
'''बाजाहरू'''
 
गुरुङ जातिका बाजाहरू धेरै प्रकारका छन्। कोप्रे, तौँधू , छैँडू, घोरलसिँगी, धनुसारङ्गी, ङहा, खैँजडी, एकपाखे ङहा, छेँले, मादल उनीहरूले प्रयोग गर्ने गर्दछन्।
 
==सस्कार==
पच्युले गोठ र खर्कको रक्षाको लागि पूजागर्ने हो। जुन बेला हामी पशुपालन युगमा थियौं। क्ल्हेप्रीले गर्ने सिल्दोनाल्दो पूजाले कृषियुगमा प्रवेश गरेको जनाउँछ। पच्यु क्ल्हेप्री संस्कार जातीय कर्ममा आधारित छ। मृतात्मलाई पुर्ख्यौंलीको लोकमा लीन गराउने। लमधर्म भने सांसारिक मायाजालबाट व्यक्तिलाई निर्वाण नजीक पुर्‍याउने रहेको छ। मनाङबाट सन् ५०० तिर केही तमुहरू अन्नपूर्ण हिमश्रृखलाको दक्षिणी भेग (क्होलसोँप्रे ट्हो)मा एकताबद्ध भएर बसे। खेती किसानयोग्य रमणीय स्थान देखेपछि फेरि पनि मनाङ र मुस्ताङबाट अरु तमुहरू आए। त्यहाँ चिमी हुइँडुको अर्घौं गरेर उसको मृतात्मलाई तार्न सफल भएपछि मुस्ताङको लिप्रो म्हार्सोबाट आएको क्ल्हेप्रीहरू राजपुरोहित बने। पैतृक रूपले प्राय गरी ल्हेंगे र क्रोम्छे थरबाट पच्यु अनि टु र म्होब्छे थरबाट क्ल्हेब्री हुन्थे।
 
तमुजातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ भने त्यसपछि क्ल्हेप्री। धेरै विधिमा यिनीहरू दुवै पुरोहितहरू उस्तै छन्। ती दुवैले एकै भाषा प्रयोग गर्छन्। ती दुवै चोँ नाँस भएर आदि पुर्खाको लोकसँग सम्बद्ध छन् तर तेस्रो पुरोहितको रूपमा बोन्पोलमले तिब्बती भाषामा शास्त्र (छ्योय) पढछ, जुन तमुहरूले बुझ्दैनन्। मुख्य यज्ञहरूमा क्ल्हेप्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ। मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्सों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्सों गरी दुई गोटा क्होइवो (गुम्बा) हरू थिए।
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित