"गणेश चतुर्थी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३२:
 
==कथा==
[[शिवपुराणशिव पुराण]] अन्तर्गतको रुद्रसंहिताको चतुर्थ (कुमार) खण्डमा यो वर्णन छ कि माता [[पार्वती]]ले स्नान गर्नु भन्दा पहिले आफ्नो मयल निकालेर एक बालक उत्पन्न गरेर उसलाई आफ्नो द्वारपाल बनाइन् । [[शिव]]जीले प्रवेश गर्न लाग्दा बालकले उनलाई रोके । यसमा शिवगणहरूले बालकसँग भयंकर युद्ध गरे तर संग्राममा उसलाई कसैले पनि पराजित गर्न सकेनन् । अन्ततोगत्वा भगवान शंकरले क्रोधित भएर आफ्नो त्रिशूलले उन बालकको टाउको काटी दिए । यसले भगवती शिवा क्रुद्ध भइन् र प्रलय गर्ने विचार गरिन् । भयभीत देवताहरूले देवर्षि [[नारद]]को सल्लाहमा जगदम्बाको स्तुति गरेर उनलाई शान्त गरे । शिवजीको निर्देशमा [[विष्णु]]जीले उत्तर दिशामा सबै भन्दा पहिले भेटिएको जीव ([[हाथीहात्ती]])को टाउको काटेर ल्याए । मृत्युंजय रुद्रले गजको उस मस्तकलाई बालकको शरिरमा जोडेर उसलाई पुनर्जीवित गरे । माता पार्वतीले हर्षिताका साथ उन गजमुख बालकलाई आफ्नो हृदयमा लगाइन् र देवताहरूमा अग्रणी भएको आशीर्वाद दिइन् । [[ब्रह्मा]], विष्णु, महेशले उन बालकलाई सर्वाध्यक्ष घोषित गरेर अग्रपूज्य हुने वरदान दिए । भगवान शंकरले बालकलाई भने-गिरिजानन्दन! विघ्न नाश गर्नमा तिम्रो नाम सर्वोपरि हुनेछ । तिमी सबैको पूज्य बनेर मेरो समस्त गणहरूको अध्यक्ष हुने छौ । गणेश्वर! तिमी भाद्रपद महिनाको कृष्णपक्षको चतुर्थीको चंद्रमाको उदित भए पछि उत्पन्न भएका छौ । यस तिथिमा व्रत गर्नेको सबै विघ्नहरूको नाश हुनेछ र उसलाई सबै सिद्धिहरू प्राप्त हुनेछन् । कृष्णपक्षको चतुर्थीको रात्रिमा चंद्रोदयको समय तिम्रो पूजा गरे पश्चात् व्रती चन्द्रमाको अ‌र्घ्य दिएर ब्राह्मणलाई मिष्ठान खुवाओस् । तदोपरान्त आफु पनि मीठाइ भोजन गरोस् । वर्षपर्यन्त श्रीगणेश चतुर्थीको व्रत गर्नेको मनोकामना अवश्य पूर्ण हुन्छ ।
 
पङ्क्ति ८८:
 
यो घटना भाद्रपद शुक्ल चतुर्थीको भएको थियो। यसैको लागि यो तिथि पुण्य पर्वको रूपमा मनाई जान्छ।
 
 
==व्रत==
"https://ne.wikipedia.org/wiki/गणेश_चतुर्थी" बाट अनुप्रेषित