"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
सा
ललितत्रिपुरसुन्दरीले [[१८८२]] सालमा गजुरसहितको [[धरहरा]] बनाएकी थिइन् । '''राजधर्म, जगदम्बा प्रकाशन -२०१९''' का अनुसार ललितत्रिपुरसुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरसुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।। शुभम्"
===सुनधारा===
[[सुनधारा]]को निर्माण ललितत्रिपुरसुन्दरीले गराएकी हुन्। सुनधाराकोसुन्धाराको धातुको मकरमुखाकृतिमा यस्तो लेखिएको छः ''स्वस्तीश्री सम्वत् १८८५ साल मिति फाल्गुण वदि ७ रोज ५ का दिन श्री ५ महारानी ललितत्रिपुरसुन्दरी देवीले यो धारो बनाई श्रीकृष्णार्पण गर्नुभयो शुभम् ।''
 
==भाषा साहित्य==
ललितत्रिपुरसुन्दरीले [[संस्कृत]] र [[नेपाली]] भाषामा [[कविता]] लेखिन् । नेपाली भाषा साहित्यकी प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीले [[महाभारत]]को शान्तिपर्वान्तर्गको [[राजधर्म]] अनुशासनपर्वलाई [[संस्कृत]]भाषाबाट १८८१ सालमा [[नेपाली]]भाषामा अनुवाद गरिन् । ललितत्रिपुरसुन्दरीद्वारा लिखित राजधर्म नइ प्रकाशनले पुन: प्रकाशनमा ल्याएको छ । 'राजधर्म' २०१९ सालमा [[जगदम्बा प्रकाशनलेप्रकाशन]]ले प्रकाशनमा ल्याएको थियो । तर त्यति बेला ग्रन्थलेखकको नाउँलाई प्रस्ट्याइएको थिएन । यस ग्रन्थलाई नइ प्रकाशनले २०६४ सालमा प्रकाशनमा ल्याएको हो । यो ग्रन्थ ७२६ पानामा आधारित छ । 'राजधर्म' नामक ग्रन्थमा प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पनि आबद्ध छ ।
ललितत्रिपुरसुन्दरीका व्यक्तित्वका विविध पाटाका विषयमा [[योगी नरहरिनाथ]], [[मदनमणि दीक्षित]], [[सत्यमोहन जोशी]], [[श्यामदास वैष्णव]], [[ईश्वरवल्लभ]], [[गोविन्द भट्ट]], [[मोदनाथ प्रश्रित]], [[बालकृष्ण पोखरेल]], [[गणेशबहादुर प्रसाई]], [[कुमारबहादुर जोशी]], [[विष्णुराज आत्रेय]], [[गार्गी शर्मा]], [[देवीप्रसाद सुवेदी]], [[प्रकाश ए. राज]] आदिले पनि लेखेका छन्। ईतिहासविद दिनेशराज पन्तले राजधर्मलाई ‘नेपाली भाषा साहित्यको गर्व’ भनेका छन्। उनी दरबारमा लेखक तथा कविहरुलाई निकै प्रश्रय दिन्थिन्।
 
१,१९६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/586073" बाट अनुप्रेषित