"नेपाली भाषाका चलिचत्रका महिला निर्देशकहरू" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा [[श्रेणी:बिबिसी १०० महिला सम्पादन-थन मा बनाइएका वा सुधारिएक...
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
नेपालमै चलचित्र बन्न थालेको ३६ बर्षपछि वि.सं. २०५८ सालमा चलचित्र ''प्रेमयुद्ध'' मार्फत सुचित्रा श्रेष्ठ नेपालको पहिलो महिला निर्देशक भइन् । उनले यसअघि टेलि-श्रङ्खला ''सहारा'', ''समर्पण'' र ''भाइटीका''को निर्देशन र लेखन गरेकी थिइन् ।<ref>[http://www.annapurnapost.com/news/55672 सुचित्राका टेलिसिरियल] </ref> उनले योङ एसिया टेलिभिजनका लागि वृतचित्र पनि निर्देशन गरेकी छिन् । यसका साथै उनले टेलिफिल्म <ref>[http://www.annapurnapost.com/news/55672 ''अकल्पित'' र ''स्मृति'' ] </ref> मा मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले निर्देशन गरेको दोस्रो नेपाली चलचित्र ''को कसको'' हो । उनी २०७३ सालमा <ref>[http://www.annapurnapost.com/news/55672 नेपाली चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्ष ] </ref> पनि निर्वाचित भएकी छिन् ।
चर्चित टेलिसिरियल तितो सत्यमा मुख्य सहायक निर्देशक [[दिपाश्री निरौला]] मानिन्छिन् । उनको पहिलो चलचित्र ''छक्का पन्जा''ले अहिलेसम्मै सबैभन्दा बढी पैसा कमाउन सफल भएको छ ।<ref>[http://saptahik.ekantipur.com/news/2016-10-23/20161023144131.html चलचित्रकाे कमाइ] </ref> ''छक्का पन्जा''ले कार्तिक २०७३ सम्म १५ करोड ग्रस कलेक्सन गरेको छ ।<ref>[http://saptahik.ekantipur.com/news/2016-10-23/20161023144131.html ग्रस कलेक्सन] </ref> जुन नेपाली चलचित्रले गरेको व्यापारमा अहिलेसम्मकै सबैभन्दा बढी हो । दिपाश्रीले चलचित्र ''छ एकान छ'' र ''वडा नं. ६'' को निर्माणपछि निर्देशनमा हात हालेकी हुन् ।
 
[[चित्र:Rekkha thapa.jpg|thumb|रेखा थापा]]