"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
==भाषा साहित्य==
ललितत्रिपुरसुन्दरीले [[संस्कृत]] र [[नेपाली]] भाषामा [[कविता]] लेखिन् । नेपाली भाषा साहित्यकी प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीले [[महाभारत]]को शान्तिपर्वान्तर्गको [[राजधर्म]] अनुशासनपर्वलाई [[संस्कृत]]भाषाबाट १८८१ सालमा [[नेपाली]]भाषामा अनुवाद गरिन् । ललितत्रिपुरसुन्दरीद्वारा लिखित राजधर्म नइ प्रकाशनले पुन: प्रकाशनमा ल्याएको छ । 'राजधर्म' २०१९ सालमा जगदम्बा प्रकाशनले प्रकाशनमा ल्याएको थियो । तर त्यति बेला ग्रन्थलेखकको नाउँलाई प्रस्ट्याइएको थिएन । यस ग्रन्थलाई नइ प्रकाशनले २०६४ सालमा प्रकाशनमा ल्याएको हो । यो ग्रन्थ ७२६ पानामा आधारित छ । 'राजधर्म' नामक ग्रन्थमा प्रथम नारीस्रष्टा ललितत्रिपुरसुन्दरीको जीवनी पनि आबद्ध छ ।
ललितत्रिपुरसुन्दरीका व्यक्तित्वका विविध पाटाका विषयमा [[योगी नरहरिनाथ]], [[मदनमणि दीक्षित]], [[सत्यमोहन जोशी]], [[श्यामदास वैष्णव]], [[ईश्वरवल्लभ]], [[गोविन्द भट्ट]], [[मोदनाथ प्रश्रित]], [[बालकृष्ण पोखरेल]], [[गणेशबहादुर प्रसाई]], [[कुमारबहादुर जोशी]], [[विष्णुराज आत्रेय]], [[गार्गी शर्मा]], [[देवीप्रसाद सुवेदी]], [[प्रकाश ए. राज]] आदिले पनि लेखेका छन्छन्। ईतिहासविद दिनेशराज पन्तले राजधर्मलाई ‘नेपाली भाषा साहित्यको गर्व’ भनेका छन्। उनी दरबारमा लेखक तथा कविहरुलाई निकै प्रश्रय दिन्थिन्।
 
===अन्य===