"ललित त्रिपुरा सुन्दरी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''ललितत्रिपुरसुन्दरीशाहवंशकी रानी ललित त्रिपुरा सुन्दरी''' (१८५०-१८८८) लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा हुन्। थिईन्। उनी नेपालका राजा [[श्री ५ रणबहादुर शाह]] की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा गिर्वाण युद्ध विक्रम शाह र नाति राजेन्द्र विक्रम शाहले पनि ३ ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरुले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। <ref>नारीचुली। नरेन्द्रराज प्रसाईं। २००७। नई प्रकाशन।</ref>
 
==जन्म==
उनी वि.सं. १८५० सालमा बाबु काजी [[नयनसिँह थापा]] र उनकी पत्नीबाट जन्मेकी थिइन् । उनी बगाले थापाकी छोरी थिइन्। ललितत्रिपुरसुन्दरी मुख्तियार [[भीमसेन थापा]]की भतिजी थिइन्। प्रधानमन्त्री [[माथवरसिंह थापा]] उनका सहोदर भाइ हुन्। थापा खलककी ललित त्रिपुरा सुन्दरीको विवाह राजा रणबहादुर शाहसंग गराएर भीमसेन थापाले सत्तामा आफ्नो पकड जमाउने बलियो अस्त्र बनाएको देखिन्छ। रणबहादुर शाह र उनका रानीहरुको मृत्युपछि १८६३ मा ललित त्रिपुरा सुन्दरी नाबालक राजा गिर्वाण युद्ध विक्रमकी संरक्षकका रुपमा नायब बनेकी थिईन्। १८ वर्ष नपुग्दै गिर्वाण युद्ध विक्रमको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी राजेन्द्र विक्रमकी पनि नायब बनेकी थिईन्। उनको लामो शासनकालमा भिमसेन थापाले आफ्नो शक्ति सुदृढ बनाएका थिए।
 
==जीवन==