"नेपालमा महिला रेडियोकर्मी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
== नेपालमा रेडियोकर्मी महिला ==
[[File:Urbasi-Radio Sagarmatha.jpg|thumb|Women Radio Journalist]]
 
नेपाली सञ्चार क्षेत्रमा महिलाको उपस्थिति पुरुषको तुलनामा कम छ । तर भएका मध्ये सबैभन्दा बढी महिला रेडियोमा कार्यरत छन् । काठमाडौं र काठमाडौं बाहिर स्थापना भएका एफ एम रेडियोहरुका कारण पनि रेडियोमा महिला उपस्थिति बढेको पाइन्छ । प्रतिस्पर्धी र चुनौतीपूर्ण पेशा मानिने पत्रकारितामा महिलाको संख्या अरु उस्तै पेशाको अनुपातमा गतिलै देखिन्छ । समग्र पत्रकारिताका समस्यामा रेडियोमा काम गर्ने सञ्चारकर्मी महिला पनि मुछिएकै छन् । सुरक्षा तथा सेवा, सुविधाका हिसावले समग्र पत्रकारितामा जुन समस्या छ त्यसबाट सञ्चारकर्मी महिला टाढा हुने कुरै भएन । तर महिला सञ्चारकर्मीका क्षेत्रमा क्रियाशील संघ संस्थाहरुले विभिन्न घटनाहरुका आधारमा पनि पत्रकारितामा महिला अझ बढी असुरक्षित रहेको बताइरहेका छन् । सेवा सुविधाका हिसाबले भने काठमाडौंमा कार्यरत सञ्चारकर्मी महिलाको अवस्था तुलनात्मक रुपमा दयनीय नै नभएको केही अध्ययनले देखाएका छन् ।