"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
उनको जन्म सुब्बा चन्द्रवीर कुँवर र अम्बिका देवीका कान्छा छोराको रुपमा भयो । उनको बुवापट्टिका हजुरबुवा सरदार जयकृष्ण कुँवर हुन् र मावली हजुरबुवा [[अमरसिंह थापा (सानुकाजी)]] हुन् । त्यसैले प्रधानमन्त्री [[भीमसेन थापा]] उनका मामा हुन् । <ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref>
==जीवन==
[[चित्र:Balbhadra kunwar.jpg|thumb|रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र]]
उनी रोयल नेपाली सेना (गोरखाली सेना) का एक क्याप्टेन थिए र १८१४ मा देहेरादुन को बाहिर [[नालापानीको लडाईँ|नालापानी]]को युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref>
यिनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको लडाईँ|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
 
==मृत्यु==
यिनको मृत्यु पञ्जाबी राजा रणजीत सिंहको लागि पेशावर, [[पञ्जाब (भारत)|पञ्जाब]]मा लड्दा अफ्गानी फौजको तोपले भएको थियो। बलभद्र कुँवर नेपालका राष्ट्रिय विभूति हुन्।<ref name="नेपाली वीरताको जिउँदो इतिहास"/>
१,८६५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/582248" बाट अनुप्रेषित