"चाकाकेदार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १५:
==उदैनीपुरी (उदम्पुरी/उदैनी) को अचल अवस्था==
उदैनी भन्ने स्थान गडसेरा गाउँ विकास समितिको वार्ड नम्बर ६ को पूर्वउत्तर र मान्नाकापडी गाउँ विकास समितिको पश्चिम उत्तरको तेलेको लेकमा पर्दछ । यो केदारको जाँतहुन्े अग्लो लेक स्थल हो । उदैनी (उदम्पुरी) मा एक ठूलोढुङ्गा छ । यस ढुङ्गामा ३ वटा सर्पका आकारका चित्रछन् । यी सर्पको चित्र र शिव लिड्ड रहेको ढुङ्गाकोतल सानो बग्ने पानीको मूल छ । यो पानी यस स्थानमा गएकाहरु पीउँछन् । निरयपाल राजाको कोट निरोली देखि ३÷४ घण्टाको पैदलदुरीमा उत्तर पूर्व क्षेत्रमा रहेको यो स्थानमा खापरेगणले बास गरेका कारण यहाँ रहेका केदारले यो स्थान छोडेर देउवानको चाका भन्ने स्थानमा आई बसेका हुन् । उदैनीभन्ने स्थान अचल स्थान हो । सबैले सबै समयमा यहाँ जान सक्ने अवस्था हुँदैन् । त्यहाँ देवता र राक्षसहरुको दलबल हुने गर्दछ । खापरे गणलाई रैका राजाको तेडीले भनसुन र दलवलले नियन्त्रणमा ल्याउँने भएकाले यस स्थानमा कुनै कारणले केदारको पूजा÷जाँत गर्नु पर्ने अवस्था आयो भने निमाउन (निमुन) भन्ने रैकाको देवतालाई भनेपछि निमुनले फकाई पूmलाई आप्mना काँधमा बोकेर तेडीलाई त्यहाँ लग्छ । निमुन एक किलोमिटर तलै बस्छ भने तेडी त्यहाँ गएर केदारको जाँत र पूजा हुने समयसम्म हातमा ठूलो गाँण भएको चाँदीको लट्टी समातेर चारैकुना घुम्दै आप्mना गणकाहरुले आक्रमण नगरुन् भनि सुरक्षा दिन्छ । तेडीमष्टाले सुरक्षा दिएको खण्डमा मात्र केदार त्यहाँ पूजिन्छन् । तेडी केदारगणको देवता होइन । यसले केदारलाई छुदैन र केदारका नजिक पनि जाँदैन निमाउनेका धामी दलित जातिका छन् । निमाउनेका धामीले तेडीका धामीलाई काँधमा बोकेर लाने यदि मानेन् भने [[रैका
उदैनीको केही तल स्यालकोटामा रहेको देउखोलामा एक जना विशुभट्ट बस्ने गर्दर्थे । यी विशुभट्ट ब्राह्मण थिए । एक पटक विशुभट्ट गोठमा गएको समयमा एक जना जोगी उनका घरमा आएछन् । घरमा विशुभट्ट की बामनी एक्लै भएका कारण जोगीलाई भित्र बास दिईनन् र बाहिरै बस्न भनिन् ती जोगीले खाना पनि खाएनन् रातभरि विशुभट्ट ब्राह्मणको घरको पूर्वउत्तरमा रहेको ढुङ्गाको पर्खाल भएको नमूना छ । त्यहाँ बसेर विहानै जान लागे बामनीले भनिन् हजुरले खाना खानु भएको छैन । मेरा श्रीमान आउँदै होलान खाना खाएर जानुहोला भन्दा ती जोगी त्यतिकै गएछन् । केही माथि पुगेपछि विशुभट्ट बाटामा भेटिए र विशुभट्टले चार भाँणामा दही ल्याएर घर आउ“दै थिए । जोगीले विशुभट्टको घरमा बसेर आएको खाना नखाएको भनेपछि विशुभट्टले खाना खाएर जानु पर्ने भन्न थाले जोगीले मानेनन् । अन्तमा विशुभट्टले जोगीलाई दही दिन थाले यतिकैमा जोगीले भनेछन् । तपाईका यी चारै भाँणाको दही यसमा खन्याउँनुहोस् । भनेर एक कटौरा थापे चारै भाँणाको दही त्यो कटौरामा हाल्दा पनि कटौरा भरिएन् । यति भएपछि विशुभट्टलाई जोगीले भनेछन् । तपाईका ४ पुत्र हुनेछन् । यसपछि विशुभट्ट आप्mना दहीका भाँणामा वुजो लगाएर घर फर्कन लागे । तर ती भाँणा त्यतिकै गरुङ्गा थिए भन्ने किंवदन्ती रहेको छ ।
==ठाकुरज्यू महाराज जुम्ला==
|