"कोजाग्रत पूर्णिमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Cyprus_moon.jpg|200px|right]]
[[दशैं]] सकिने [[पूर्णिमा]]को रातलाई '''कोजाग्रत''' भनिन्छ । आश्विन शुक्ल प्रतिपदाकाप्रतिपदा (घटस्थापना)का दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी [[लक्ष्मी|महालक्ष्मी]]ले आजको रात पृथ्वीको भ्रमण गरी 'को जागेको छ ?' भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।
 
प्रतिपदाका दिन [[घटस्थापना]] गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिन्छ । दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका [[जमरा]] आज विसर्जन गरिन्छ । कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको वडादशै समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।