"कोजाग्रत पूर्णिमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[दशैं]] सकिने [[पूर्णिमा]]को रातलाई '''कोजाग्रत''' भनिन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । यो दिनमा सम्पन्नताकी देवी [[लक्ष्मी|महालक्ष्मी]]ले आजको रात पृथ्वीको भ्रमण गरी 'को जागेको छ ?' भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।
 
प्रतिपदाका दिन [[घटस्थापना]] गरी प्रारम्भ गरिएको बडादशैं आज कोजाग्रत पूर्णिमाको साँझ घरघरमा महालक्ष्मीको पूजा-आराधना गरी विसर्जन गरिन्छ । दशैंको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशैंघर र कोतहरूमा राखिएका [[जमरा]] आज विसर्जन गरिन्छ । कोजाग्रत पूणिमाका दिन राष्ट्रप्रमुखबाट भक्तपुर गछेंस्थित नवदुर्गा पीठमा पुजा अर्चना गरी यस वर्षको वडादशै समापन भएको जनाउ दिने प्रचलन रहेको छ ।

कोजाग्रत पूर्णिमाको भोलिदेखि आकाशदीप बाल्ने परम्परा रहेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा [[स्वयम्भू चैत्य]]मा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने पनि गरिन्छ । कोजाग्रत पूर्णिमादेखि [[कात्तिक]] शुक्ल पूणिर्मासम्म अर्थात् एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा [[तुलसी]]को मठ सजाएर भगवान [[विष्णु]]को पूजाअर्चना गर्ने धार्मिक प्रचलनअनुसार भोलिदेखि आकाशदीप बाल्ने र कात्तिक स्नान गर्ने गरिन्छ । तराईमा यस पर्वमा खास गरेर नवविवाहित मैथिल [[ब्राह्मण]] र कायस्थको घरमा ससुरालीबाट पानमखान सहितको पाहुर जाने गर्छ । यस क्रममा साला र भिनाजुबीचको पासा खेल रोचक हुने गर्छन ।
 
त्यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा [[पोखरा]]को प्रसिद्ध धार्मिक एवं पर्यटकीय महत्व बोकेको [[तालबाराही]] मन्दिरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ । मनोरम [[फेवाताल]]को बीचमा रहेको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाको अवसरमा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने एवं दुःखदर्द नास हुने विश्वासका साथ टाढाटाढाबाट समेत दर्शनार्थीहरू आउने गर्छन ।