"भारतीय रिजर्व बैङ्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
यसको स्थापना १ अप्रिल सन् १९३५ को '''रिजर्व बैंक अफ इन्डिया ऐक्ट १९३४''' अनुसार भएको हो । प्रारम्भमा यसको केन्द्रीय कार्यालय [[कोलकाता]]मा थियो जसलाई सन् १९३७ मा [[मुम्बई]]मा सारिएको हो । पहिले यो एउटा निजी बैंक थियो तर सन् १९४९ देखि यो भारत सरकारको उपक्रम बनिसकेको छ । [[उर्जित पटेल]] भारतीय रिजर्व बैंकका वर्तमान गभर्नर हुन्, उनले सन् २०१६ सेप्टेम्बर ४ देखि यो पदभार ग्रहण गर्नुभएको हो ।
 
भारतभरमा रिजर्व बैंकको कुल २२ क्षेत्रीय कार्यालय छन् जसमा प्रायजसो राज्यहरूको राजधानी सहरहरूमा स्थित छन् ।<ref>{{cite web | url=http://rbi.org.in/scripts/RegionalOffices.aspx | title=भारतीय रिज़र्व बैंक के क्षेत्रीय कार्यालय | publisher= | accessdate=२३ जनवरी २०१४}}</ref> मुद्रा परिचालन र [[कालो धन]]को दोषपूर्ण अर्थव्यवस्थालाई नियन्त्रित गर्नका लागि रिजर्व बैंक अफ इन्डियाले ३१ मार्च २०१४ देखि सन् २००५ भन्दा पूर्व जारी गरिएका सबै सरकारी मुद्राहरूलाई फर्काउने निर्णय गरेको छ।<ref>{{cite web | url= http://www.dnaindia.com/money/report-reserve-bank-of-india-puts-2005-as-expiry-date-on-currency-notes-to-curb-fake-money-1955434 | title=Reserve Bank of India puts 2005 as expiry date on currency notes to curb fake money | publisher=डीएनए इण्डिया डॉट कॉम | accessdate=२३ जनवरी २०१४}}</ref>
==इतिहास==
 
== स्थापना ==
[[चित्र:Reserve-Bank-of-India.jpg|right|thumb|300px|मुम्बई स्थित भारतीय रिजर्व बैंकको प्रधान कार्यालय]]
भारतीय रिजर्व बैंकको स्थापना भारतीय रिजर्व बैंक अधिनियम १९३४ को प्रावधान अनुसार १ अप्रिल १९३५ मा भएको थियो । रिजर्व बैंकको केन्द्रीय कार्यालय प्रारम्भमा [[कोलकाता]]मा स्थापित गरिएको थियो जसलाई सन् १९३७ मा स्थायी रूपले [[मुम्बई]]मा स्थानान्तरित गरिएको हो । केन्द्रीय कार्यालय त्यो कार्यालय हो जहाँ गभर्नर वहाल रहनछन् र नीतिहरू निर्धारित गर्ने गरिन्छ । [[ब्रिटिश राज]]को समयमा प्रारम्भ रूपले यो बैंक निजी स्वामित्व हुने गर्थ्यो तर [[भारत|स्वतन्त्र भारत]]मा सन् १९४० जनवरी १ मा यसको राष्ट्रीयकरण गरियो । यसपछि यो पूर्ण रूपले भारत सरकारको पूर्ण स्वामित्व बैंक हो ।
 
== प्रमुख कार्य ==
भारतीय रिजर्व बैंकको प्रस्तावनामा [[बैंक]]को मूल कार्य यस प्रकार वर्णित गरिएको छ:
* मौद्रिक नीति तैयार पार्नु, त्यसको कार्यान्वयन र रेखदेख गर्ने ।
* वित्तीय प्रणालीको विनियमन र पर्यवेक्षण गर्ने ।
* विदेशी मुद्राको प्रबन्धन गर्ने ।
* मुद्रा जारी गर्ने, त्यसको विनिमय गर्ने र परिचालन योग्य नभएको स्थितिमा त्यसलाई नष्ट गर्ने ।
* सरकारको बैंकर र बैंकहरूको बैंकरको रूपमा काम गर्ने ।
* आफ्नो शाखा नियन्त्रित गर्ने ।
* मुद्राको कारोबारलाई नियन्त्रित गर्ने ।
 
==सन्दर्भ सामग्रीहरू==