"ढुसी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १४:
विशेषगरी हामीले खाने विभिन्न थरिका चीजको आ-आफ्नै खालको स्वाद हुनुमा 'पेन्सिलियम' नामक ढुसीका विभिन्न प्रजातिको हात छ । कुनै खास प्रजातिको अङ्गुरमा ठिक्क मात्रामा ढुसी पलाएपछि टिपेर त्यसबाट मीठो वाइन बनाइन्छ। 'बोट्राटिस सिनेरा' नामको ढुसीले अङ्गुरमा गुलियोपनको मात्रा बढाइदिन्छ र वाइनलाई स्वादिलो बनाउँछ। छिप्पाएर राखिएको वाइनलाई स्वादको पराकाष्ठमा पुर्‍याउने काम पनि 'क्लाडोस्पोरियम सिल्लार' ढुसीले गर्छ। भात पकाएर १५/२० दिन छिप्पाएर राखेर बनाइने जाँड -छ्याङ्ग) पनि एक प्रकारको ढुसीको कारण बन्छ।
 
== ढुसी र= मानव स्वास्थ्य ===
 
केही वैगुणी ढुसीले लामो इतिहास बोकेका छन्। ईशापूर्व छैटौं शताब्दीमा अश्शुरीले आफ्ना शत्रुको इनारको पानीलाई विषालु बनाउन 'क्लाभिसेप्स पुर्पुरेआ' नामक ढुसी प्रयोग गर्थे। यसलाई प्राचीन जैविक हतियार भन्दा पनि फरक पर्दैन। सन् ५०० देखि १,५०० सम्मको अवधिमा गहुँको एक प्रजातिमा ढुसीले गर्दा थुप्रै मानिसलाई छारे रोग, शरीर भतभती पोल्ने, शरीरको मासु कुहिने र मानसिक शक्ति गुमाउने रोगले सताएको थियो।
 
क्यान्सर गराउने सबैभन्दा खतरनाक तत्त्व एफ्लाटाक्सिन हो तर यसको जननी पनि ढुसी नै हो एक अध्ययनअनुसार एसियाली मुलुकमा एफ्लाटाक्सिनको कारण बर्सेनि ५० हजारको मृत्यु हुने गर्दछ। दम जस्ता फोक्सोसम्बन्धी रोग हुने, एजर्जी भएका, रसायन प्रति तुरुन्तै प्रतिक्रिया देखाइहाल्ने, रोग प्रतिरोधात्मक क्षमता कम भएका अनि एकैचोटि धेरै ढुसीको सम्पर्कमा आउने कृषकलाई भने यसले नराम्रो असर गर्न सक्छ। बालक र बूढाबूढीलाई पनि ढुसीले सजिलै असर गर्न सक्छ। अमेरिकाको क्यालिफोर्नियास्थित स्वास्थ्य सेवा विभागका अनुसार ढुसीले गर्दा छाति घ्यार घ्यार हुने, सास फेर्न गाह्रो देखिने, नाक बन्द हुने र पिनासले सताउने, आँखा पोल्ने, सुख्खा खोकी लाग्ने, नाक र घाँटी पोल्ने, छालामा डाबर देखिने वा चिलाउने आदी लक्षण देखिन सक्ने बताएका छन्।
==सन्दर्भ सामग्री ==
* [http://www.gorkhapatra.org.np/mag/yubamanch.detail.php?article_id=1092&cat_id=29]:ढुसी के हो ? कसरी लाग्छ -त्रिचन्द्र प्रतिक्षा
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
{{Commonscat|Fungi}}
 
[[श्रेणी:विज्ञान]]
"https://ne.wikipedia.org/wiki/ढुसी" बाट अनुप्रेषित