"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox persondeity
| name = द्रौपदी
| image = Raja Ravi Varma, Pleasing.jpg
पङ्क्ति १७:
[[File:Arjuna's_feat_of_archery.jpg|250px|thumb|द्रौपदीको सयंवरमा लक्ष भेदन गर्दै अर्जुन]]
 
कौरवहरूका जेठा भाई तथा [[धृतराष्ट्र]]का जेठा छोरा [[दुर्योधन]] सानै उमेर देखि पाण्डवहरूलाई दुःख दिइरहन्थे । एक पटक पाण्डवहरूलाई आगो लगाएर मार्ने योजना बनाएर सोणितपुर नामको तत्कालिन शहरमा लाक्षागृह अथवा लाहाको घर बनाउन लगाए । यो योजनामा धृष्टराष्ट्र स्वयंले पनि दुर्योधनलाई साथ दिएका थिए । धृतराष्ट्रले पाण्डवहरूलाई जलाएर मार्नको निमित्त बनाएको लाक्षागृहमा आफ्नी माता सहित गएर बस्न आज्ञा गरेकाले पाण्डवहरू त्यहाँ गए । दुर्योधनले पाण्डवहरू बसेको लाहा भवनमा राती आगो लगाउने योजना बनाएका थिए । पाण्डवहरू धृतराष्ट्रको आज्ञा अनुसार लाहा भवनमा गएको खबर पाएर पाण्डवहरूका काका [[विदुर]]ले एक दुत पठाएर पाण्डवहरूलाई त्यो भवनबाट राती भाग्न लगाए । विदुरको समचार सुनेर पाण्डवहरू स्वयंले त्यो भवनमा आगो लगाएर राती भागे । त्यो भवनमा पाँच पुत्र सहितकी एक महिला र दुर्योधनले आगो लगाउन पठाएको मान्छे जलेर भष्म भए । त्यो देखेर दुर्योधनले पाण्डवहरू मरे भनेर खुसी मनाए । साथै धृतराष्ट्रले अरूले आफूलाई दोष नलगाउन् भनेर पाण्डवहरूको अन्त्य क्रिया सहित गरे । उता पाण्डवहरू माता सहित जंगलमा कष्ट भोग्दै रहे । हिडम्बासुर, भष्मासुर आदी [[राक्षस]]हरूको वध गरेर पाण्डवहरू राजा द्रुपदको राज्य नजिकै एक घरमा केही दिनको लागि बस्न थाले । एक दिन पाण्डवहरूले राजा द्रुपदकी कन्याको सयंवर हुन थालेको कुरा थाह पाए । यो सुनेर पाण्डवहरू पनि सयंवर हेर्न गए । सयंवरमा पृथ्वीभरका राजकुमारहरू जम्मा भएका थिए । सयंवरमा खुल्ला पर्तिस्पर्धा थियो । सयंवर स्थलको बीचमा एक लामो खम्बा गाडिएका थियो । खम्बाको टुप्पोमा [[माछा|मत्स्य]] बाँधिएको थियो भने खम्बाको तल एक भाँडोमा पानी राखिएको थियो । जसले त्यो पानीमा परेको लक्षको छायाँलाई हेरेर धनुषमा बाण चढाएर लक्ष भेदन गर्ने छ त्यसैसँग द्रौपदीको विवाह गर्ने राजा द्रुपदले प्रतिज्ञा गरेका थिए । धनुष पनि अनौठो किसिमको थियो धनुषमा ताँदो चढाउन थाल्दा उछिट्टिएर कती त घाइत्य समेत भएका थिए । सबै राजा र राजकुमारहरूले पालै पालो लक्ष भेदन गर्ने प्रयास गरे तर कसैले धनुषमा ताँदो चढाउन सकेनन् भने कसैले धनुषमा ताँदो चढाए पनि लक्ष भेदन गर्न सकेनन् । यो सयंवर हेर्न दुर्योधन लगायतका कौरवहरू पनि आएका थिए । [[कर्ण]] वीरले धनुषमा ताँदो चढाएर लक्ष भेदन गर्न थालेका थिए त्यै बेला द्रौपदीले राजकुमार बाहेक अरूले लक्ष भेदन गरेमा म उसलाई पति स्विकार गर्ने छैन भनेकाले कर्ण वीर सयंवर स्थलबाट बाहिरिए । अन्तमा अर्जुनले धनुषमा ताँदो चढाएर मत्स्य भेदन गरेकाले द्रौपदीले अर्जुनलाई वरमाला पहिराइन् । सयंवर हेर्न आएका कौरव लगायतका राजाहरूले द्रौपदीको हरण गर्ने योजना बनाएर पाण्डवहरूसँग लड्न थाले । तर, पाण्डवका अघाडी कसैले पनि टिक्न सकेन । सयंवर जितेर पाण्डवहरू [[कुन्ती]] भएको ठाउँमा आए । धेरै अबेरसम्म पाण्डवहरू नफर्केकाले कुन्ती ढोका बन्द गरेर सुती सकेकी थिइन् । युधिष्ठिरले घरमा पुगेर कुन्तीलाई "आमा हामीले बढिया चिज ल्याएका छौं ढोका खोल्नुहोस्" भनेर पुकारे । युधिष्ठिरको कुरा सुनेर कुन्तीले भनिन् :-
:"हे बाबुहरू हो ! म उठुँ कसरी छोडेर देवार्चन ।
:त्यो चिजलाई भोग् गर तिमीहरू पाँच भाग लगाइकन ।।"
::अर्थात छोरा हो म ओछ्यान छोडेर उठ्न सक्दिन तिमीले ल्याएको चिजलाई तिमीहरू नै पाँच भाग लगाएर भोग गर्नु ।
माताको आज्ञा सुनेर पाण्डवहरूले आपसमा सल्लाह गर्न थाले आज सम्म पाण्डवहरूले कहिले पनि मातृ आज्ञाको उलङ्घन गरेका थिएनन् । तर, यो त पत्नीको कुरा थियो त्यसलाई पाँच भाग लगाएर कसरी भोग गर्ने ? अन्तमा द्रौपदीलाई पाँचै भाईले विवाह गर्ने योजना बनाए । द्रौपदीले पूर्व जन्ममा पाँच पति पाउँ भनेर तपस्या गरेकी थिइन् । त्यसैले यिनका पति पाँच पाण्डवहरू भए । पाण्डवहरूको इछ्छा अनुसारा द्रुपदले पनि एक एक गरेर पाँच भाइसँग द्रौपदीको विवाह गरे । <ref name= "महाभारत"/>
==कौरव द्वारा द्रौपदीको वस्त्रहरण==
[[File:1940s_Indian_Hindu_Print_Draupadi_Vastraharan_2.jpg|thumb|250px|द्रौपदीको सारी तान्दै दुःशासन, भगवान कृष्णद्वारा द्रौपदीको रक्षा]]
 
द्रौपदीको स्वयंवरमा पाण्डवहरूलाई देखेर धृतराष्ट्रका छोरा कौरवहरूले पाण्डवहरू जिउँदै छन् भन्ने थाह पाए । त्यस पछि धृतराष्ट्रले पाण्डवहरूलाई बोलाएर [[इन्द्रप्रस्थ]]मा राज्य गरेर बस्न दिए । अग्नी देवताको आग्रहमा [[कृष्ण]] र अर्जुनले खाण्डव वन दहन गर्न अग्नीलाई सघाए । खाण्डव वनलाई अग्नीले दहन गर्ने बेलामा [[मय]] नामको दानव खाण्डव वनमा नै बस्ने गर्थ्यो । खाण्डवमा आगो लागेको देखेर बाहिर भाग्ने प्राणीलाई कृष्णार्जुनले रोक्ने गर्थे । मय पनि बाहिर भाग्न खोज्दा कृष्णार्जुनले रोके । यो देखेर मय डराएर कृष्णार्जुनको पाउमा परेर आफ्नो जिवन रक्षाको भिख माग्यो । कृष्णार्जुनको मनमा आयो र मयलाई छोडी दिए । खाण्डव दहन पछि मयले कृष्णार्जुनसँग जिवन बचाएको गुणमा म के सहयोग गरूँ भनेर सोध्यो । मयको कुरा सुनेर कृष्णले पाण्डवहरूको लागि एक राजशभा बनाइ दिने आज्ञा गरे । दानव मय वास्तुकलामा निकै निपुण थियो । मयले पाण्डवको लागि निकै राम्रो शभा निर्माण गरिदियो । शभाको विचमा हेर्दा जमिन जस्तै देखिने पानीका तलाउहरू बनायो । कतै जमिनलाई हेर्दा पानी झैं देखिने बनायो । निकै सोभायमान थियो पाण्डवहरूको शभा । एक दिन दुर्योधन र [[शकुनी]] दुई मामा-भान्जा पाण्डव शभा हेर्न आए । दुर्योधन पाण्डवको शभामा घुमी घुमी हेर्न थाले । दुर्योधन कतै जमिन नै देखेर पानीको तलाउमा खस्थे भने कतै पानीको तलाउ ठानेर जमिनमा पनि कपडा समालेर हिंड्थे । यो देखेर पाण्डवहरू हाँस्न थाले । द्रौपदीले त देवर भएकोले अन्धाको छोरो अन्धा नै रहेछौ भनेर ठट्ठा समेत गरिन् । यो सबा देखेर दुर्योधनलाई असह्य भयो । उनी त्यहाँ केही पनि नबोलेर शकुनीसँग [[हस्तिनापुर]] फर्किए । बाटोमा दुर्योधनले शकुनीलाई इन्द्रप्रस्थमा भएको आफ्नो अपमानको जानकारी दिए । हस्तिनापुर आए पछि धृतराष्ट्रसँग पाण्डवहरूलाई जुवा खेल्न बोलाउनु पर्यो भनेर दुर्योधन र शकुनीले बाध्य गर्न थाले । यसका साथै इन्द्रप्रस्थमा भएको आफ्नो अपमानमा अरू कुराहरू थपेर राजा धृतराष्ट्रलाई आफ्नो वसमा गरे । धृतराष्ट्रले पनि छोराको बसमा परेर पाण्डवहरूलाई बोलाए । पाण्डवहरू हस्तिनापुर आए पछी शकुनी र दुर्योधनले उनीहरूलाई जुवा खेल्न बाध्य गर्न थाले । धृतराष्ट्रले पनि जुवा खेलेको हेर्ने इछ्छा बताएकाले युधिष्ठिर शकुनीसँग जुवा खेल्न बाध्य भए । शकुनीले उल्टा पासा बनाएकाले युधिष्ठिरले आफ्नो राज्य, धन, दौलत सबै जुवामा हारे । अन्तमा युधिष्ठिरले भाई समेत आफूलाई पनि जुवामा हारे । पछी गएर द्रौपदीको वाजी लगाए, त्यो पनि शकुनीले जिते । द्रौपदीलाई युधिष्ठिरले जुवामा हारे पछि दुर्योधनले द्रौपदीलाई कौरव शभामा बोलाउन लगाए । द्रौपदी कौरव शभामा आए पछि कौरवहरूले उनको निकै बेइज्जत गरे । [[दुःशासन]]ले द्रौपदीको सारीमा समातेर सारी तान्न थाले । त्यसैबेला द्रौपदीले भगवान कृष्णको ध्यान गरिन् । भगवान श्राकृष्ण द्रौपदीको रक्षा गर्न गुप्त रुपले कौरव शभामा गए र द्रौपदीको सारीको लम्बाई बढाउन थाले । द्रौपदीको सारी जती तान्यो त्यती नै लामो हुन थाल्यो । सारी तान्दा तान्दा थाकेर दुःशासन लज्जित भएर सारी तान्न छोडे । उता द्रौपदी रुँदै कराउँदै आफ्नो इज्जत जोगाउने अनुरोध गर्न थालिन् । दुर्योधनले द्रौपदीलाई आफ्नो नाङ्गो जाँघ देखाए । यो देखेर [[भिमसेन]]ले दुर्योधनको जाँघ भाँच्ने र दुःशासनको रगत पिउने प्रतिज्ञा गरे । द्रौपदीको पुकार सुनेर धृतराष्ट्रले द्रौपदीलाई वर माग्न भने । धृतराष्ट्रको कुरा सुनेर द्रौपदीले आफ्ना पतिले जुवामा हारेको सबै चिज फिर्ता पाउँ भनेर वर मागिन् । राजा धृतराष्ट्रले द्रौपदीले भने बमोजिम गरेर आफ्नो वाचा पुरा गरे । अर्को कुरा युधिष्ठिरले पहिले आफूलाई जुवामा हारीसके पछि मात्र द्रौपदीको बाजी लगाएका थिए । जुवामा हारेर अर्काको नोकर भइसकेको मान्छेले पछी पत्नीको बाजी लगाएर हारेको भएकाले पनि द्रौपदीलाई कौरवले जितेको मानिन्नथ्यो । त्यै भएर जित द्रौपदीको नै मानियो र द्रौपदीले आफ्ना पतिले जुवामा हारेको सबै चिज फिर्ता पाइन् ।<ref name= "महाभारत"/>
 
==द्रौपदी र पाण्डवको वनवास==
द्रौपदीले आफ्ना पति सहित सबै धन सम्पती फिर्ता ल्याएर इन्द्रप्रस्थ आएपछि दुर्योधन र सकुनीले फेरी धृतराष्ट्रलाई रिसाउन थाले । कस्तो बुद्धी लगाएर बसमा गरेका पाण्डवहरूलाई तपाईंले फिर्ता गर्नु भयो भनेर धृतराष्ट्रलाई गाली गर्न थाले । यती मात्र होइन पाण्डवहरू अब हामीसँग लड्ने तयारी गर्दै छन् भनेर राजालाई भड्काए । यो सुनेर धृतराष्ट्रले फेरी पाण्डवहरूलाई बोलाएर जुवा खेलाए । यो पल्टको जुवामा जित्नेले राजा हुने र हार्नेले १२ वर्ष वनवास र एक वर्ष गुप्तवासको बाजी लगाइएको थियो । शकुनीको कपटी पासा भएकोले यसमा पनि पाण्डवहरू हारे । जुवा हारेकाले पाण्डवहरू आफ्नो प्रतिज्ञा अनुसार वनवासमा गए । वनमा द्रौपदीले [[सूर्य|सूर्य देवता]]को तपस्या गरेकाले सूर्य भगवान द्रौपदीबाट खुसी भएर उनलाई एक पाक्यपात्र प्रदान गरे । उक्त पाक्यपात्रमा पाण्डवको आश्रममा भएका सबै मान्छेलाई खाना दिएर द्रौपदीले खाना खाइसके पछि त्यो दिन खाना नमिल्ने थियो । एक पटक कौरवहरूले [[दुर्वाशा ऋषि]]को निकै सेवा गरे । कौरवहरूको सेवाबाट खुसी भएर दुर्वाशा ऋषिले दुर्योधनलाई के सहयोग गर्नुपर्यो भनेर सोधे । यो सुनेर दुर्योधन लगायतका कौरवहरूले वनवासमा गएका पाण्डवहरूला यी ऋषिको श्राप दिलाएर दुःख दिने योजना बनाए । योजना बनाएर दुर्योधनले दुर्वाशालाई वनमा पाण्डवहरूलाई भेट्न जानुहोस् भने । पाण्डवहरूको आश्रममा भएका सबै मान्छेले खाना खाएर द्रौपदीले खाना खाइसके पछि पाण्डवहरूसँग खाना माग्नु भनेर कुरा थपे । कौरवहरूको कुरा सुनेर आफ्ना हजारौं चेलाहरू साथमा लिएर कौरवले भनेको समय मिलाई दुर्वाशा ऋषि वनवासमा गएका पाण्डवहरूलाई भेट्न गए । पाण्डवहरूलाई हामीहरू नुहाएर आउँछौ हामीलाई खानाको व्यवस्था गर्नु भनेर स्नान गर्न गए । युधिष्ठिरले द्रौपदीलाई खाना बनाउनु भने । तर, द्रौपदीले खाना खाइसकेकी हुनाले पाक्यपात्रमा खाना उपलब्ध थिएन । द्रौपदीले श्रीकृष्णको ध्यान गरिन्, द्रौपदीको भक्ती देखेर भगवान कृष्ण द्रौपदी भएको ठाउँमा आएर खाना मागे । द्रौपदीले भगवान कृष्णलाई पाक्यपात्र देखाइन् । भगवान कृष्णले पाक्यपात्र हेर्दा एक टुक्रा साग भेटाए । त्यो सागको टुक्रा कृष्णले खाए । जब कृष्णले सागको टुक्रा खाए उता दुर्वाशा लगायत उनका चेलाहरूको पेट भरिएर डकार्न थाले । पेट भरिएकोले ऋषिहरूले पाण्डवको आश्रमा गएर खाना नखाने निर्णय गरी त्यतैबाट फर्किए ।<ref name= "महाभारत"/> द्रौपदीले वनवासमा आफ्ना पतिहरूका साथमा धेरै दुःख कष्टहरू भोग्नु परेको थियो । राजा जयद्रथले हरण गर्न खोज्नु, जटासुर नामक राक्षसले उनको इज्जत लुट्न खोज्नु जस्ता परिस्थितीको सामना गर्नु परेको थियो ।
 
==द्रौपदीको गुप्तवास==
वनवासको समय विताएपछी पाण्डवहरू [[विराटनगर]] का राजा विराटको राज्यमा गएर गुप्तरुपले रहेका थिए । राजा विराटको राज्यमा गुप्तवास बिताउँदा द्रौपदी विराट राजाकी रानीकी सुसारे भएकी थिइन् । त्यहाँ उनले आफ्नो नाम सैरन्ध्री भनेकी थिइन् । एक वर्षसम्म सैरन्ध्रीको रुपमा विराट राजाकी रानीको टहल गरेर बस्दा कसैले पनि यी द्रौपदी हुन् भन्ने थाह पाएनन् ।<ref name= "महाभारत"/>
===किचक द्वारा द्रौपदीको अपमान===
राजा विराटका सालाको नाम किचक थियो । उनी स्त्रीप्रती निकै लोभिने स्वभावका थिए । किचक राजा विराटका मुख्य मन्त्री तथा एक योद्धा पनि थिए । एक दिन किचक आफ्नो बहिनी भेट्न राजा विराटको दरबारमा गए । त्यहाँ द्रौपदीलाई देखेर उनी द्रौपदी प्रति निकै आकर्षित भए । उनले दिनहुँ जसो द्रौपदीलाई आफूसँग विवाह गर भन्न थाले । किचककी दिदी अथवा विराट राजाकी रानी पनि द्रौपदीलाई विभिन्न बाहनाहरू बनाएर किचकको घरमा पठाउने गर्थिन् । द्रौपदीलाई किचकबाट बच्न निकै गाह्रो भएको थियो । एक दिन त किचकले राजशभामा नै द्रौपदीलाई लात्ती हानेको थियो । त्यही दिनको राती भिमसेनसँग यो कुराको जाहेर गरिन् । भीमसेनको योजना अनुसार द्रौपदीले किचकलाई रातमा बोलाईन् । द्रौपदीले बोलाएकोले राती किचक विराट राजाको दरबारमा आयो । द्रौपदीले किचकलाई जहाँ भेट्नु भनेकी थिइन् त्यहाँ भिमसेन लुकेर बसेका थिए । किचक आएपछी भिमले उनसँग युद्ध गरेर मारे । भोली पल्ट किचक मरेको हल्ला सुनेर किचकका भाइहरू (जसलाई उपकिचकहरू भनिएको छ) ले द्रौपदीलाई किचकको लाससँगै जलाउने योजना बनाए । उनीहरूले द्रौपदीलाई बाँधेर लैजाँदै थिए, त्यसै बेलै भिमले ति सबैलाई मारेर द्रौपदीको उद्धार गरे । <ref name= "महाभारत"/>
==द्रौपदी कुरुक्षेत्रको लडाईंमा==
पाण्डवहरूले आफ्नो प्रतिज्ञा अनुसार वनवास र गुप्तवास पुरा गरेर कौरवहरूसँग आफ्नो राज्य मागे तर कौरवले पाण्डवलाई राज्य दिएनन् । कौरवहरू पाण्डवलाई राज्य फिर्ता नगरेका कारण [[कुरुक्षेत्र]]मा कौरव पाण्डवको युद्ध भयो । यो युद्ध १८ दिनसम्म चलेको थियो । यो युद्धमा पाँच [[पाण्डव]], [[सात्यकी]], [[कृष्ण]], [[अश्वत्थामा|द्रोणी]], [[कृतवर्म]], [[कृपाचार्य]] र युयुत्सु बाहेक त्यो बेलाका सबै योद्धा वीरहरू मारिएका थिए । द्रौपदीका पाँच पुत्रहरू पनि यो युद्धमा द्रोणीले मारिदिएका थिए । महाभारतको युद्ध पश्चात भिम र अर्जुन हामीले युद्धमा धेरै योद्धाहरू मारेर लडाईं जित्यौं भनेर घमण्ड गर्न थाले । यो देखेर भगवान कृष्णले युद्धको सबै विवरण देखेको एक टाउकोसँग लगेर गए त्यो टाउको राजा बरबरेकको थियो । महाभारतको युद्धको कुरा सुनेर राजा बरबरेक आफुसँग भएको थोरै सेना र तीनवटा बाण ल्याएर लडाईंमा जसको सेना कम छ त्यतै तर्फ सहयोग गर्ने भनेर आएका थिए । भगवान श्रीकृष्णले बाटोमा उनलाई भेटेर परिचय लिए । राजा बरबरेकले आफ्नो परिचय दिएर महाभारत युद्धमा जस्को तिर सेनाहरू कम छ त्यसको सहयो गर्ने कुरा बताए । यो सुनेर [[ब्राह्मण]] भेषमा आएका कृष्णले बरबरेकलाई तपाईंसँग सेना पनि कम छ र बाणहरू पनि तीनवटा मात्र छन् कसरी लड्नुहुन्छ भनेर सोधे । यो सुनेर बरबरेकले भने- "म एक्लैले करोडौं योद्धाहरू मार्न सक्छु, कसरी भने मेरो एक बाण छोडेपछी त्यो बाणले मान्छेको मरण जहाँ छ त्यहाँ चिन्ह लगाएर फर्कन्छ । मेरो निसाना अचुक छ अर्को बाण छोडे पछि त्यो मान्छेलाई मारेर फर्कन्छ ।" भनेकाले कृष्णले बरबरेकको परिक्षा लिए । बरबरेकले साँचो कुरा भनेको थाह पाएर ब्राह्मण रुपी कृष्णले बरबरेकको टाउको मागे । किन भने यदी बरबरेक त्यो युद्धमा लड्न थाले भने उनलाई कसैले पनि जित्न सक्दैनथ्यो र सबैलाई उनले मार्ने थिए । यो सुनेर बरबरेकले महाभारतको युद्ध हेर्ने इछ्छा बताए । तब कृष्णले महाभारतको युद्धकालसम्म बरबरेकको टाउको जिवित रहने बरदान सहित उनको टाउको काटेर एक रुखमा राखेका थिए । महाभारत युद्धको विवरण सुनाउन कृष्णले पाण्डवहरूलाई त्यही टाउको भएको ठाउँमा लिएर गए । त्यो टाउकोसँग पाण्डवहरूले युद्धमा कसले धेरै मान्छेलाई मारेर जित्यो भनेर सोधे । यो सुनेर बरबरेकको टाउकोले भन्यो- "अरुले त केटाकेटीको खेल झैं गर्थे । यो युद्धका जती पनि ठुला वीरहरू थिए ती सबैलाई कृष्णले मार्थे भने द्रौपदीले तीनको रगत पिउने काम गर्थिन् ।" यो सुनेर भीमसेन र अर्जुनको घमण्ड शान्त भयो । द्रौपदीलाई [[दुर्गा]]को अंश मानिएको छ । भगवान [[विष्णु]]ले पृथ्वीको भार हर्नको लागि कृष्ण [[अवतार]] लगेर पृथ्वीमा जन्मे पछि उनलाई सघाउन स्वर्गका सबै [[देवता]]हरूले आफ्ना एक एक अंश पठाएका थिए । <ref name= "महाभारत"/>
==द्रौपदी हस्तिनापुरमा==
कुरुक्षेत्रको युद्धमा दुर्योधनको पतन पश्चात दोर्णपुत्र अश्वत्थामले राती पाण्डव सेना सुतेको मौका पारी द्रौपदीका पाँच छोरा लगायत बाँकी रहेका पाण्डवका सबै सेनाहरू मारेका थिए । पुत्रवध भएको देखेर द्रौपदी विलाप गर्न थालिन् । द्रौपदीको विलाप देखेर भिम र अर्जुनले द्रोणीसँग युद्ध गरेर उनलाई पाता कसेर द्रौपदीको अघाडी ल्याएका थिए । द्रौपदीले गुरुपुत्रलाई यसरी पाता कस्नु हुन्न भनेर द्रोणीको गलाको मणी लिएर छोडी दिएकी थिइन् । त्यस पछी पाण्डवहरूको राज्य कालमा द्रौपदी हस्तिनापुर राज्यको मुख्य रानी भएर रहिन् । द्रौपदीले धृतराष्ट्र, [[गान्धारी]] र कुन्तीको सेवा टहल गरेर उनलाई खुसी पारेकी थिइन् । पाण्डव लगायत द्रौपदीले सरसैयामा सुतेका भीष्म पिताम्मह कहाँ गएर उपदेश लिएका थिए । त्यही उपदेश शिरोपर धरेर उनीहरूले राजकाजको नियम चलाएका थिए । महाभारत युद्धमा धेरै आफन्तहरूको हत्या गरेको पापबाट मुक्त हुनको लागि पाण्डवहरूले [[अश्वमेध|अश्वमेध यज्ञा]] गरेका थिए । कुल मिलाएर द्रौपदीले आफ्ना पाँच पतिहरूको आज्ञाको पालना गरेर साशन सत्तामा साथ दिएकी थिइन् । द्रौपदीको जिवनमा कष्ट नै कष्ट भोगिन् तर उनी कहिल्यै पनि आत्तिएर निराश भइनन् । द्रौपदीसँग धैर्य धारण गर्ने शक्ती अतुलनिय थियो । यसका साथै द्रौपदी एक कुशल नारी थिइन् । उनी भगवान कृष्णकी प्रिय भक्त थिइन् । द्रौपदीको आराधना र भक्तिबाट खुसी भएर भगवान कृष्णले मृत अवस्थामा जन्मिएका [[परिक्षित]]लाई जिवित गरेका थिए, जसबाट पाण्डवहरूको वंश अघी बढेको थियो । <ref name= "महाभारत"/>
 
==द्रौपदीको स्वर्गाहरण==
याद्वपहरू आपसमा लडेर भगवान कृष्णको मृत्यु भएको खबर सुनेर पाण्डवहरू स्वर्गाहरणको लागि हिंडेका थिए । पाण्डवहरूले परिक्षितलाई राज्य सुम्पी द्रौपदीलाई साथमा लगेर हिमालय तिर गएका थिए । पाण्डवहरू [[बद्रीनाथ]]को मार्ग गरेर स्वर्गाहरण तर्फ गएका थिए । द्रौपदीले बद्रीनाथ देखी ३ कि.मी.को दुरीमा पर्ने [[सरस्वती नदी]] पार गर्न नसकेका कारण भिमसेनले एक ठुलो पर्वत ल्याएर सरस्वती नदी माथी राखेर द्रौपदीलाई नदी पार गराएका थिए । त्यो पर्वतलाई हाल '''भिमशिला''' अथवा '''भिमपुल''' भनिन्छ । सरस्वती नदी पार गरेर केही पर पुगे पछी द्रौपदी लडेर स्वर्ग गएकी थिइन् । भीमसेनले युधिष्ठरलाई द्रौपदी पहिले किन लडिन् भनेर सोधेका थिए । युधिष्ठरले भीमलाई द्रौपदीले हामीहरू सबै भन्दा अर्जुनलाई प्यारो मान्थिन् त्यै भएर पहिले धरामा लोटिन् भनेर उत्तर दिएका थिए ।<ref name= "महाभारत"/> द्रौपदी मर्दा मर्दै भीमले उनलाई कुलदेवी मन्दिर देखाएका थिए । त्यै भएर सरस्वती नदी भन्दा केही दुरीमा रहेको कुलदेवी मन्दिरमा द्रौपदीको पनि पूजा गरिन्छ ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
{{Commons category|Draupadi}}
{{Wikiquote}}
* [http://www.vyasapeetham.com/productdetails.asp?cid=1&scid=3 All questions about Draupadi is answered in this discourse (in Kannada language)]
* [http://www.sacred-texts.com/hin/maha/index.htm Sacred-texts.com]
* [http://www.dollsofindia.com/draupadi.htm Draupadi, the Woman: Epitome of Feminity and Feminism] by Madhuri Guin
* [http://www.karava.org/religious The Kaurava race of Sri Lanka and the worship of Draupadi]
* [http://www.karaga.com/, Karaga Worship is all about Goddess Draupadi]
 
==यो पनि हेर्नुहोस्==
{{पञ्चकन्याहरू}}
{{आदर्श हिन्दू नारीहरू}}
{{हिन्दू धर्म}}
 
[[श्रेणी:महाभारतको पात्र]]
[[श्रेणी:महाभारत]]
[[श्रेणी:पञ्चकन्याहरू]]
[[श्रेणी:हिन्दू धर्म]]
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित