"डालेचुक" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[:en:sea-buckthorn]](Hippophae L.)
 
[[Image:Sea-buckthorn.jpg|leftright|thumb|डालेचुक]]
==कहा हुन्छ?==
औसतमा तीनदेखि चार मिटरसम्म अग्लो हुने मझौला झाडीदार डालेचुक वनस्पति समुद्री सतहबाट एक हजार ८०० मिटरदेखि चार हजार ५०० मिटरसम्मको उचाइमा पाइन्छ । यस वनस्पतिको विश्वभरमा हालसम्ममा मुख्य सात प्रजाति र ११ उपप्रजातिहरू रहेको अनुमान गरिएको भए पनि नेपालमा भुइँचुक र डालेचुक गरी दुई प्रजाति मात्र रहेका छन् । नेपालमा दार्चुला, बझाङ , बाजुरा, डोल्पा, मुगु, हुम्ला, जाजरकोट, कालिकोट, मुस्ताङ , म्याग्दी, बागलुङ, मनाङ, गोरखा, रसुवा, रामेछाप, सोलुखुम्बु, ताप्लेजुङ आदि हिमाली जिल्लाहरूमा पाइने यस वनस्पतिलाई फलको उपयोगितालाई हेरी स्थानीय मानिसहरू जीवनबुटी अर्थात् अमृत फल भन्छन् । इलाग्नेसी वानस्पतिक परिवारमा पर्ने यो वनस्पतिलाई अङ्ग्रेजीमा सिबक्थ्रोन[[:en:sea-buckthorn]], संस्कृतमा आँसुका, गुरुङ भाषामा तिच्छयु, थकाली भाषामा चिची, रसुवामा तरु, बागलुङमा अमिली र शेर्पा भाषामा तर्बु भनिन्छ ।
पङ्क्ति ८:
==उपयोग==
हुन त प्रायः सबै वनस्पति मानिसको जन्मदेखि मृत्युपर्यन्त उपयोगी मानिन्छ तर डालेचुक यस्तो किसिमको बिरुवा हो, यसका हरेक अङ्गहरू उत्तिकै महìवपूर्ण र जीवनोपयोगी हुन्छन् । यसको फलमा भिटामिनहरू ए, बी-१, बी-२, पी, सी, के आदि पाइनुको साथै खनिज पदार्थहरू प्रचुर मात्रामा पाइन्छ । त्यसैले यसको अमिलो फललाई निचोरेर पकाइ चुक बनाएर अचारमा राख्ने प्रचलन हिमाली क्षेत्रमा सदियौँदेखि चल्दै आएको छ । अझ कहीँकहीँ त बच्चाहरूको बोली समयमा राम्ररी फुट्न नसकेमा यसको चुक खुवाउँदा ठीक हुने विश्वास पनि गरिन्छ ।
[[Image:Hippophae rhamnoides.jpg|rightleft|thumb| एक प्रकार को डालेचुक को फल]]
 
यसलाई रुघाखोकी लाग्दा, रक्तचाप कम गर्न, महिलाहरूको मासिक गडबडी नियमित गर्न, पेटका जुका मार्न, पोलेको घाउ ठीक पार्न, आउँ पर्दा, गिजा सुन्निएको ठीक पार्न, पेट, फोक्सो र मर्केको ठाउँमा, दाँत र घाँटी दुखेको बेला, कुनै पशु चौपायाको भुडी फुल्दा र लडेर खुट्टा भाँचिदा यसको प्रयोग गर्ने गरिएको पाइन्छ । यसको फलकोे रसमा प्रचुर मात्रामा भिटामिन र खनिज तìव पाइने हुँदा हाल यसलाई जुस तथा स्वस्थकर पेय पदार्थहरू, जाम, जेली, अचार चक्लेट, आइसक्रिम चिया आदि विविध २०० थरिका सामानहरू बनाएर विश्व बजारमा पुर्‍याइएको छ तर नेपालमा चाहिँ यसको जुस मात्र बनाउने प्रविधिको विकास पछिल्लो समयमा भएको पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/डालेचुक" बाट अनुप्रेषित