"आँखा पाक्ने रोग" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
'''आँखा पाक्ने रोग'''लाई अङ्ग्रेजीमा कन्जङ्टिभाइटिस वा पिङ्क आई भनिन्छ। यो रोग लागेपछि आँखाको सेतो भागको बाहिरी तह र आँखाको ढकनीको भित्री तहमा पोलेको महशुस हुन्छ<ref name=Peads10>{{cite journal |author=Richards A, Guzman-Cottrill JA |title=Conjunctivitis |journal=Pediatr Rev |volume=31 |issue=5 |pages=196–208 |date=May 2010 |pmid=20435711 |doi=10.1542/pir.31-5-196 |url=}}</ref> भने आँखा फुस्रो वा रातो देखिन्छ। त्यस्तै आँखामा पीडा हुनुका साथै पोलेको, चिलाएको वा केही बिझाएको महशुस हुन्छ। आँखा पाक्ने रोग लागेको आँखामा धेरै आँसु आउने र बिहान उठ्ने बेलामा आँखाको ढकनी एकआपसमा टाँसिने हुन्छ। यो रोग लाग्दा आँखाको सेतो भाग सुन्निन पनि सक्छ।<ref name=NIH2015>{{cite web|title=Facts About Pink Eye|url=https://nei.nih.gov/health/pinkeye/pink_facts|website=National Eye Institute|accessdate=8 March 2016|date=November 2015}}</ref> यदि आँखा पाक्ने रोगका साथमा एलर्जी भयो भने अझ धेरै चिलाउने हुन सक्छ।<ref name=Az2013>{{cite journal|last1=Azari|first1=AA|last2=Barney|first2=NP|title=Conjunctivitis: a systematic review of diagnosis and treatment.|journal=JAMA|date=23 October 2013|volume=310|issue=16|pages=1721–9|pmid=24150468|doi=10.1001/jama.2013.280318}}</ref> यसले एउटा मात्रै वा दुबै आँखामा असर पुर्याउन सक्छ।<ref name=NIH2015/>
 
आँखा पाक्ने रोगको सबैभन्दा मुख्य कारण <ref>[http://www.beautyepic.com/how-to-get-rid-of-pink-eye/ गुलाबी आँखा को प्राकृतिक उपचार]</ref>[[भाइरस]]को सङ्क्रमण भएपछि लगत्तै हुने [[ब्याक्टेरिया]]को सङ्क्रमण हुनेगरेको पाइन्छ।<ref name=Az2013/> यस्तो भाइरसको सङ्क्रमण भएको बेलामा [[रुगा]]का लक्षणहरू देखिन्छन्। यस्ता भाइरस तथा ब्याक्टेरिया सजिलै एक मानिसबाट अर्कोमा सर्न सक्छन्।<ref name=NIH2015/> फूलहरूको पुङ्केशर वा जनावरको रौंका कारणले हुने एलर्जी आँखा पाक्ने रोगको अर्को मुख्य कारण हो। प्रायजसो यस रोगको पहिचान बिरामीले देखाउने लक्षणहरूका आधारमा गरिन्छ।<ref name=Az2013/> कहिलेकाहिँ आँखाबाट निस्कने चिप्रालाई प्रयोगशालामा परीक्षणको लागि पठाउने गरिन्छ।<ref name=NIH2015/>
 
आवस्यकता अनुसार हातधुने बानि गरेमा आँखा पाक्ने रोगबाट केही मात्रामा बच्न सकिन्छ। आँखा पाक्ने रोगको उपचार यसको उत्पति के कारणले भएको हो भन्ने कुरामा निर्भर गर्दछ।<ref name=NIH2015/> भाइरसका कारणले हुने धेरैजसो सङ्क्रमणहरूको कुनै विशेष उपचार छैन।<ref name=Az2013/> त्यस्तै ब्याक्टेरियाका कारणले हुने धेरैजसो सङ्क्रमणहरू पनि उपचार नगरी निको हुन्छन्। यद्यपी एन्टिबायोटिक औषधिको प्रयोगले रोगको अवधि छोट्याउन सक्छ।<ref name=NIH2015/><ref name=Az2013/> कन्ट्याक्ट लेन्स लगाउने तथा [[गनोरिया]] वा क्लामिडियाका कारणले आँखामा सङ्क्रमण भएकाहरूले समयमै यो रोगको उपचार गराउनु आवस्यक छ। एलर्जीका कारणले आँखा पाकेको बेलामा एन्टिहिस्टामाइन वा मास्ट सेल इन्हिबिटर (थोपा राख्ने) औषधिले उपचार गर्नु पर्छ।<ref name=Az2013/>