"कृष्णप्रसाद भट्टराई" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
'''कृष्णप्रसाद भट्टराई''' (वि.सं.१९८१-२०६७) (राजनैतिक नाम किशुनजी) नेपालका बरिष्ठ राजनीतिज्ञ थिए। यिनी [[नेपालको संसद|नेपालको पहिलो संसद]]का पहिलो [[सभामुख]] तथा [[बहुदलीय व्यवस्थाको पुनर्स्थापना]] पश्चातका पहिला प्रधानमन्त्री हुन। यिनी वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा संलग्न थिए। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर―उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए। भट्टराई वि.सं. २०१५ सालमा [[संसद]]को तल्लो सदन प्रतिनिधि सभाका सभामुख भएका थिए।
 
भट्टराई वि.सं. २०४६को जनआन्दोलन पछि गठित अन्तरिम मन्त्रीपरिषदमा पहिलो पटक प्रधानमन्त्री बनेका थिए। [[नेपाल अधिराज्यको संविधान २०४७]] (१९२४-२०११) निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्त्वपूर्ण दायित्त्व यिनले सफलता पूर्वक बहन गरेका थिए। तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८को२०४८ को आम निर्वाचनमा यिनी आफू भनें काठमाडौँबाट पराजित भएका थिए। पछि [[आम निर्वाचन, २०५६|२०५६को आम निर्वाचन]]मा विजयी भएपछि पुनः एकपटक प्रधानमन्त्री बनेका थिए। <ref>Keshab Poudel: Symbol of Simplicity. Spotlight: Kathmandu, Nepal</ref>
 
गान्धीवादी सन्त नेता मानिने भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्थे। हरदम हँसिलो रहने भट्टराईको सेन्स अफ ह्युमर उच्च रहेको थियो। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको थियो। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ।