"झलनाथ खनाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
 
== राजनैतिक जीवन ==
झलनाथ खनालको जन्म [[इलाम जिल्ला]]को [[साँखेजुङ]] गाविस-४ को पण्डित गाउँमा २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये सातौँ सन्तानका रूपमा जन्मिएका खनाललाई बाल्यकालमा घरपरिवारलेघर परिवारले 'जन्तरे' भनेर बोलाउने गर्थे। १५ वर्षकै किशोर अवस्थामा राजनैतिक चेतना आयो उनको राजनैतिक चेतना नेपाली कम्युनिष्ट आन्दोलनप्रतिआन्दोलन प्रति भयो। खनालले राजनैतिक जीवन २०२१ सालदेखिसाल देखि शुरू गरे। मेची विद्यार्थी संगठनको अध्यक्षबाट उनको राजनैतिक यात्रा सुरू भयो।<ref name="नागरिक न्यूज डट कम">नागरिक न्यूज डट कम</ref> २०२३ सालमा मेची विद्यार्थी युनियनको अध्यक्ष बन्न सफल भएका थिए।
२०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तिपछिप्राप्ति पछि सक्रिय राजनीति थालेका खनालले विज्ञान विषयमा स्नातकको अध्ययन पूरा गरेपछि २०२७/२८ सालतिर [[बागलुङ जिल्ला]] स्थित गलकोट माध्यमिक विद्यालयमा विज्ञान शिक्षकका रूपमा काम गरे।
त्यही बेला हालका राष्ट्रिय जनमोर्चाका अध्यक्ष [[चित्रबहादुर केसी]] पनि त्यही विद्यालयमा पढाउँथे। राजद्रोहका आरोपमा केही महिना जेलपछि उनीलाई धौलागिरी अञ्चाधीशले निलम्बन गरेका थिए।<ref name="ReferenceA"/>
।<ref name="नागरिक न्यूज डट कम"/> त्यसपछि इलामको भानुभक्त माध्यमिक विद्यालय मङ्गलबारे पुगे पनि राजनैतिक संलग्नताको अभियोगमा पक्राउ भई खनाल जेल परेका थिए।
पङ्क्ति २९:
शिक्षण पेशा छोडेपछि उनले राजनैतिक शास्त्र र इतिहास लिएर [[त्रिभुवन विश्वविद्यालय]]बाट स्नातक तहसम्मको अध्ययन गरे। उनी २०३० सालमा तीन सार्वजनिक सुरक्षा ऐन अन्तर्गत चौध महिना जेल परे भनें [[शाह वंश|राजा बीरेन्द्र]]को राज्याभिषेकको समयमा पनि ६ महिना जेल परे। जेलबाट छुटेपछि पूर्णकालिन भूमिगत भएका यिनी २०३३ सालमा [[झापा जिल्ला|झापा]]मा पक्राउ परे। खनाल २०३६ सालका प्रजातान्त्रिक आन्दोलन पछिको आम माफीमा झापा जेलबाट रिहा भए। पार्टीले जनमतसंग्रह बहिस्कारको नीति लिएको हुनाले खनाल पुनः भूमिगत भए। झापा विद्रोहपछि उनी २०३१ सालमा गठित 'क्रान्तिकारीहरूको संगठन' को-ओर्डिनेशन कमिटिको संस्थापक सदस्य भए। २०३४ सालमा नेपाल कम्युनिस्ट पार्टी मालेका सस्थापक सदस्य भएका खनाल चार वर्षपछि ६ वर्षका लागि महासचिव भए।<ref name="नागरिक न्यूज डट कम"/>।
 
झापा विद्रोहमा संलग्न युवाको अगुवाइमा २०३१/३२मा३२ मा को-अर्डिनेसन केन्द्र स्थापना हुँदा संस्थापक रहेका खनालले २०३४ सालमा नेकपा (माले) गठन गर्दा संस्थापकीय भूमिका निर्वाह गरेका थिए। तत्कालीन नेकपा (माले)को शक्तिसङ्घर्षलेशक्ति सङ्घर्षले खनाललाई नेतृत्वमा स्थापित गरेको थियो। २०३९ सालदेखि २०४६ सालसम्म नेकपा (माले)को महासचिव भएका खनालले २०३७ सालदेखि भूमिगत जीवन बिताएका थिए। उनी २०४६ सालको आन्दोलनको सफलता सँगै खुलामञ्चबाट जे.एन. खनालको नाममा सार्वजनिक भएका थिए। २०४६ सालमा सम्पन्न नेकपा (माले)को चौथो महाधिवेशनले [[मदन भण्डारी]]लाई नेतृत्वमा स्थापित गरेको थियो।
२०४६ सालको जनआन्दोलनमा उनी केन्द्रीय हाइ कमाण्डमा मालेका प्रतिनिधिको रूपमा रहे। जनआन्दोलन पछि गठित अन्तरिम सरकारमा खनाल कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री थिए। २०४७ सालको संसदीय निर्वाचनमा खनाल इलामबाट निर्वार्चित भए। २०४९ सालको एमालेमा [[मदन भण्डारी]]को बहुदलीय जनवादको नीति पारित गर्‍योा। त्यस समयमा सि.पी. मैनालीसँग मिलेर ल्याएको कार्यानीति 'परिमार्जित नौलो जनवाद' अल्पमतमा पर्‍यो, जसलाई उनले सहयोग गरे। अधिवेशनले [[मदन भण्डारी]]को बहुदलीय जनवादको कार्यनीति पारित गर्‍योक। उनी केन्द्रीय कमिटीमा त चुनिए तर उनलाई [[मदन भण्डारी]]ले पोलिटब्युरो सदस्य समेत बनाएनन्। भण्डारीको दासढुंगा दुर्घटना निधनपछि मात्रै खनाल पोलिटब्युरो सदस्य बने। भण्डारीको 'जबज'लाई खनालले '[[दक्ष प्रजापति]]को टाउको' जस्तो भनेर टिप्पणी गरेका थिए।
२०५१ सालको मध्यवाधि निर्वाचनमा संसद सदस्यमा इलामबाट निर्वार्चित भए। ०५३ सालको गठवन्धन सरकारमा खनाल सूचना तथा सञ्चार मन्त्री थिए। २०५४को२०५४ को छौटौ महाधिवेशनबाट खनाल स्थायी समिति र केन्द्रीय सदस्य निर्वार्चित भए। २०५९मा२०५९ मा तत्कालिन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]ले सत्ता हातमा लिएपछि उहा केही समय भूमिगत थिए। सोही समय उनी कार्यवाहक महासचिव भएर भूमिगत रूपमा पार्टी सञ्चालन गरेका थिए। उनीले दोस्रो जनआन्दोलनको बेला महत्वपूर्ण भूमिका खेलेका थिए।
 
२०६४ चैतमा भएको संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजय पछि तत्कालिन महासचिव [[माधवकुमार नेपाल]]ले पद छाडे र उनी महासचिव भए। संविधानसभाका निर्वाचनमा प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता समेत भए। २०६५ साल फागुन [[बुटवल]]मा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट खनाल अध्यक्षमा निर्वार्चित भएका हुन्। पार्टी भित्र वैचारिक दृष्टिकोण प्रस्तुत गर्न सवल खनाल अध्ययनशील मानिन्छन्। तर जनसम्पर्कको पक्षमा भने उनी कमजोर रहेको उनी निटक रहेकाहरू बताउँछन्। २०७१ साल असार [[काठमाडौं|काठमाण्डौ]] मा भएको नवौ महाधिवेशनबाट अध्यक्ष पद केपी ओली लाई हस्तान्तरण गरि पार्टीका वरिष्ठ नेता भएका छन् |
"https://ne.wikipedia.org/wiki/झलनाथ_खनाल" बाट अनुप्रेषित