"ज्ञानेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
[[महेन्द्र वीर विक्रम शाह|राजा महेन्द्र]]का छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा [[शाह वंश|राजा बीरेन्द्र]] लगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि [[शाह वंश|राजा बीरेन्द्र]]का भाई ज्ञानेन्द्र राजा भएका थिए।
 
उनले देशमा भई रहेको माओबादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनैतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला बोलेको आरोप लगाउदै आन्दोलनमा उत्रे। प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका राजनैतिक दलले २०६२/०६३मा०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन्। [[गणतन्त्र]] घोषणापछि उनी बालाजु माथि नागार्जुन जंगलभित्र रहेको दरवारमा बस्दै आएका छन भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले संग्रहालय घोषणा गरेको छ।
 
उनी राजा भएको बेला नेपालमा [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|ने.क.पा माओवादी]]ले साम्यवाद अधिनायकवाद स्थापना गर्ने उदेश्यले जन युद्दको नाममा गुरिल्ला युद्द चलाई रहेको थियो। त्यस बेला जनताको जनादेश पाएको भनि दवी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकि रहिका थिएनन। राजनैतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुदै गएका थिए। संसदीय प्रजातन्त्रमा आस्था राख्ने द्लहरूमा पदको लुक्षाचुडी चलि रहेको थियो। प्रधानमन्त्रीको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री [[शेरबहादुर देउवा|शेरबहादुर देउवा]]ले प्रतिनीधि सभाको बिघटन गरे। तर समयमा नै सो प्रतिनीधि सभाको निर्वाचन गर्न सकेनन। यसले संवैधनीक जतिलता छायो। [[नेपाली काँग्रेस|नेपाली काङ्ग्रेस]] र [[नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)|नेकपा (एमाले)]] जस्ता ठूला दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन्। त्यसबेला [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|ने.क.पा माओवादी]] लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनी प्रत्यक्ष शासन गर्न अग्रसर भए। यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनैतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकारेनन्। राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए। फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदम पछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे। सक्रिय राजतन्त्र भएको [[पञ्चायती व्यवस्था]]मा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए। यसै बीच आन्दोलनरत ७ दलीय गठबन्धन र [[एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)|ने.क.पा माओवादी]]बीच [[नयाँ दिल्ली|दिल्ली]]मा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो। आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिना पछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्‍यो।