"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-लाइ +लाई)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}
 
'''मैतीदेवी''' [[काठमाडौं|काठमाडौं उपत्यका]]का प्रसिद्ध शक्तिपीठहरूमध्येशक्तिपीठहरू मध्ये एक हो। करिब चारसय वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ। चारैतिरबाट मानव वस्तीले घेरिएको अवस्थामा रहेको यस पञ्चकुमारी मैतीदेवीको उत्पत्तिबारे विभिन्न जनश्रुतिहरू पाइन्छ।
 
जनश्रुतिहरूअनुसार पौराणिककालमा पञ्चकन्याहरू आकाशमार्गबाट उडेर माइत जान हिडेका थिए। बाख्रा चराउन बसेका कुनै एक तान्त्रिकले देश रक्षाका लागि आफ्नो तन्त्र शक्तिद्वारा ती देवीहरूलाई यहाँ बस्न बाध्य पारेकोले तिनै पञ्चदेवीको माइतीका रूपमा यसलाई 'माइती देवी' हुँदै मैतीदेवी भन्ने गरिएको हो। त्यस्तै एउटा अर्को किंवदन्दीअनुसार रुद्रमती (हालको धोवीखोला, मन्दिरको उत्तरपूर्वबाट बग्दथ्यो) को किनारमा एकजना मुनिकार (किसान) खेत खन्दै जाँदा उनले एउटा ढुंगा (शीला) भेटे। त्यसलाई सार्न ती किसानले हजार प्रयत्न गरे तर सकेनन् बरु उनी थाकेर त्यही भसक्कै निदाए। त्यसैबेला आकाशमार्गबाट पञ्चकुमारीहरू मयूरमा हिडिरहेको बेला मयूरको प्वाँखको हावाले किसान व्यूँझिए। त्यसपछि उनले आफूले भोग्नु परेको दुःख सविस्तार देवीहरूलाई बताए। पञ्चकुमारीहरूलाई आफ्नो कुरा बताएपछि देवी खुशी भएर त्यसैमा बसिन्। त्यसैले कतिपयले यसलाई मयूरतीर्थ समेत भन्ने गरेका छन्।
 
यस शक्तिपीठलाई कतै मयमती बाल कुमारी, कतै मेइतीदेवी त कतै मयती देवी आदि पनि भन्ने गरेको पाइन्छ। यहाँ सबैभन्दा पहिले राजा गुणकामदेव (ललितपुर घाँयाबुमा प्राप्त ने. स. १०७को१०७ को शिलालेखबाट यिनको शासनकाल १०४३ भन्ने बुझिन्छ)ले कान्तिपुर शहरको स्थापना गरेपछि यसका वरीपरी गणेश, भैरव आदि देव पुरुषका साथै काली, योगिनी, अष्टमातृकाजस्ता देवदेवीको स्थापना गरेका थिए भन्ने भनाइ इतिहासविद्हरूको छ। इतिहासविद् भुवनलाल प्रधानका अनुसार यहाँ पहिलो पटक मन्दिर निर्माण काठमाडौं राज्यका राजा प्रताप मल्ल (ने. स. ७६१-९४, वि.स. १६९८-१७३१ ) ले गरेका हुन्।
 
हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११मा१७११ मा चतुर्देशी सेवा खलकले बनाएका थिए। ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७.०० मिटर उचाई रहेको यो मन्दिरको भित्ताको मोटाई ०.४५ से.मी. रहेको छ। यसमा दच्ची आप्पा (इट्टा) प्रयोग भएको छ भने सिमेन्टका रूपमा सुर्की-चुना, इँट्टाको धुलो र थोरै पतिशत सिमेन्ट प्रयोग गरिएको छ। यो मन्दिर रहेको जग्गाको क्षेत्रफल ८ रोपनी ९ आना ३ दाम रहेको छ।
 
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पूजा गर्ने चलन चलाएर वि. स. १९४९मा१९४९ मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला) बनाए। सो सत्तलको जीर्णोद्धार २०३६ सालमा गरेको पाइन्छ। त्यस्तै [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र सम्शेर]]ले मन्दिरको ढोका दैनिक रूपमा खोल्ने र लगाउने व्यवस्था गरेका थिए। उनैले १९६५मा१९६५ मा मन्दिरको छानामा सुनको जलप लगाएका थिए। मैतिदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव मोहनबहादुर श्रेष्ठका अनुसार वि. स.१९८९ वैशाखमा हरिदास हलुवाईले भित्ताहरूमा सेतो टायल लगाएका थिए।
 
यस्तै यहाँ अन्य धेरै कार्यहरू भएका छन्। तर, ती सबैका कुनै लिखत छैनन्। त्यसैले कस्ले कहिले के बनायो र कति खर्च लाग्यो भन्ने कुरा अज्ञात रहेको छ। पहिले-पहिले आफूले गरेको पुण्यको प्रचार गर्नु हुन्न भन्ने मान्यताका कारण पनि ती कार्यहरूको लेखोट नरहेको हुन सक्ने बताइन्छ। त्यसैगरी, वि.स. २०५८ सालबाट यस मन्दिरको पुनः जीर्णोद्धार सुरु गरिएको छ। यस पटकको जीर्णोद्धारमा भने अठार लाख बजेट छुट्याएको मैतीदेवी प्रबन्ध समिति बाट थाहा हुन्छ। यसमध्ये पुरातत्व विभागले ४ लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ६ लाख र बाँकी प्रबन्ध समितिले व्यहोर्ने भएको छन्।
त्यसैगरी, वि.स. २०५८ सालबाट यस मन्दिरको पुनः जीर्णोद्धार सुरु गरिएको छ। यस पटकको जीर्णोद्धारमा भने अठार लाख बजेट छुट्याएको मैतीदेवी प्रबन्ध समिति बाट थाहा हुन्छ। यसमध्ये पुरातत्व विभागले ४ लाख ७५ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले ६ लाख र बाँकी प्रबन्ध समितिले व्यहोर्ने भएको छन्।
 
सन् १९९८मा१९९८ मा मैतिदेवी मन्दिर अंकित हुलाक टिकट प्रकाशन भएको छ।
 
घना वस्तीको बीचमा रहेको मैतिदेवी प्राङ्गणमा लाश जलाउने घाट रहेको छ। यस घाटमा नेवार समुदायका सात जातिको दाहसंस्कारदाह संस्कार गर्ने गरिन्छ। तिनमा मुनिकार, मानन्धर, खड्गी, तन्डुकार, महर्जन, राजवाहक र साही थरका नेवारहरू पर्दछन्। मन्दिरहाताभित्रमन्दिर हाताभित्र रहेको यो घाटमा परापूर्वकाल देखिनै लाश सद्गद् गर्ने गरिएका बताइन्छ |
 
पहिले नक्साल भगवती, गूहृेश्वरी, पञ्चकुमारी मैतीदेवी, शोभा भगवती, कालिकास्थन, भद्रकाली, नरदेवी, इन्द्रायणी र विजेश्वरीमा दरवारबाट पूजा मात्र पठाइन्थ्यो। तर २०१९ साल फागुनको एक दिन काठमाडौंबाट दिल्लीका लागि उड्नुपर्ने विमान निर्धारित समयभन्दा अबेरसम्म उड्न सकेन। यसको कारण थियो एउटा बाकस जुन पन्ध्र जनाभन्दा बढी जवानले पनि ट्रलीमा लोड गर्न सकिरहेका थिएनन्। उनीहरूले हजार प्रयत्न गरे तर सबै खेर गयो। अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भइसकेको सो बाकस विमानमा लोड गर्नै नसकेकाले विमान उडान नै स्थगित भयो | मैतिदेवी गुठीका तत्कालिन गुठीयार नाइके तुलसीनारायण मुनिकारका अनुसार यो घटनाले विमानस्थलका सबैलाई अचम्ममा पार्‍यो। सबैतिर हल्लीखल्ली मच्चियो। र, सुरक्षाकर्मीहरूले आदेशअनुसार बाकस फोरे। त्यहाँ मञ्चकुमारी मैतिदेवी र श्री भैरवको काठको मूर्ति देखियो। तर, कसैले पनि त्यो मूर्ति यहीको हो भनेर चिन्न सकेनन्। र, जिल्ला प्रहरी कार्यालय काठमाडौं चलान गरियो। यो समाचारले उपत्यकाका तिनै शहरमा ठूलो स्थान पाएको थियो। यसअघि नै मैतिदेवीका गुठियारहरूले मालिगाउँस्थितमालिगाउँ स्थित द्यःछे बाट २०१९ सालको तिहार अगाडि मैतिदेवीको मूर्ति हराएको जाहेरी काठमाडौं जिल्ला प्रहरी कार्यालयमा दिइसकेका थिए। त्यसैले सबैको आंशका त्यतै मोडियो। र, मैतिदेवी गुठीका नाइकेलाई बोलाई बुझ्दा दुवै मूर्ति मैतिदेवीकै ठहरियो। त्यसपछि २०१९ साल फागुन १७ गते दुवै मूर्ति खटमा राखेर तिनै शहर डुलाईयो। र, क्षमा पूजासहित पुनः द्यःछेमै राखियो। यसैबेलादेखि प्रत्येक वर्ष दशैको अष्टमीका दिन राष्ट्राध्यक्षले महाअष्टमीमा आफै शक्तिपीठहरूमा सवारी हुने परम्परा बसेको हो।
 
वंशावली का अनुसार कलिगत संवत् ३८२५मा३८२५ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देशरक्षार्थ नगरको चारैतिर लुमडी अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतीदेवी), तकती अजिमा (नीलबाराही), ङेतमरु अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खटजात्रा चलाएका हुन्।
 
 
"https://ne.wikipedia.org/wiki/मैतीदेवी" बाट अनुप्रेषित