"टाइफाइड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
 
टाइफाइडविरुद्धको खोप लगाएर दुई वर्षसम्म ३० देखि ७० प्रतिसत रोग लाग्नबाट बचाउन सकिन्छ। यो खोपको केही प्रभावकारीता सात वर्षसम्म रहन्छ। टाइफाइडको उच्च जोखिममा रहेकाहरू वा प्रकोप रहेका स्थानहरूमा भ्रमणका लागि जानुभन्दा पहिला यो खोप लगाउन सुझाव दिइन्छ। यो रोगबाट बच्न सफा खानेपानीको व्यवस्था, सरसफाइ र साबुन पानीले राम्रोसँग हातधुने जस्ता कुराहरूमा ध्यान दिनु जरुरी हुन्छ। यदि कसैलाई टाइफाइड लागेको छ भने उसको सङ्क्रमण हटेको स्पष्ट रूपमा प्रमाणित नभइञ्जेलसम्म उसलाई अन्य मानिसको लागि खाना तयार पार्ने काम दिनु हुँदैन। यो रोगको उपचारका लागि अजिथ्रोमाइसिन, फ्लुरोक्विनोलोन वा तेस्रो पुस्ताको सेफालोस्पिरिन जस्ता एन्टिबायोटिक औषधिहरूको प्रयोग गरिन्छ। अहिले सन्सारभर टाइफाइडको कीटाणुमा एन्टिबायोटिक औषधिप्रति प्रतिरोध क्षमता विकसित भएको पाइएको छ। यसले टाइफाइडको उपचारलाई झनै अप्ठेरो बनाएको छ।
 
सन् २०१३ मा विश्वभर करीब १ करोड १० लाख टाइफाइडका रोगी दर्ता गरिएको थियो। यो रोग सबैभन्दा बढी भारतमा लाग्ने र यसबाट सबैभन्दा बढी बालबालिकाहरू प्रभावित हुने गरेको पाइन्छ। विकसित देशहरूमा सरसफाइमा सुधार तथा रोगको उपचारमा एन्टिबायोटिक औषधिहरूको प्रयोग गर्न थालेपछि सन् १९४० को दशकदेखि नै यो रोग लाग्ने दर घटेको थियो। संयुक्त राज्य अमेरिकामा प्रत्येक वर्ष करीब ४०० जना टाइफाइडका रोगी दर्ता गरिन्छ भने करीब ६ हजार जनालाई यो रोग लाग्ने गरेको अनुमान गरिन्छ। सन् २०१३ मा टाइफाइडका कारण विश्वभर करीब १ लाख ६१ हजार मानिसको मृत्यु भएको थियो। यो सङ्ख्या सन् १९९० को. भन्दा करीब २० हजारले कम हो। टाइफाइडको उपचार गरिएन भने करीब २५% रोगीहरूको मृत्यु हुन सक्छ भने उपचार गरिएमा मृत्युदर १ देखि ४ प्रतिसतमा झर्छ। अङ्ग्रेजीमा टाइफाइड शब्दको अर्थ 'टाइफस जस्तै लाग्ने' भन्ने हुन्छ। यो रोग लागेको बेलामा टाइफस रोगको लक्षणहरू जस्तै लक्षणहरू देखा पर्ने भएकोले यसलाई टाइफाइड नामाकरण गरिएको हो।
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/टाइफाइड" बाट अनुप्रेषित