"टाइफाइड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
 
'''टाइफाइड'''लाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो (ज्वरो) पनि भनिन्छ। यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ।<ref name=Lancet2015>{{cite journal|last1=Wain|first1=J|last2=Hendriksen|first2=RS|last3=Mikoleit|first3=ML|last4=Keddy|first4=KH|last5=Ochiai|first5=RL|title=Typhoid fever.|journal=Lancet|date=21 March 2015|volume=385|issue=9973|pages=1136–45|pmid=25458731|doi=10.1016/s0140-6736(13)62708-7}}</ref> सङ्क्रमणको छदेखि तीस दिनपछि देखिने यसका लक्षणहरू मन्ददेखि गम्भीर प्रकृतिका हुने गर्दछन्।<ref name=Yellow2014/><ref name=CDC2013/> टाइफाइड लागेको बेलामा प्रायजसो बिस्तारै बढ्दै जाने खालको उच्च ज्वरो देखिने गर्दछ।<ref name=Yellow2014>{{cite book|author1=Anna E. Newton|title=CDC health information for international travel 2014 : the yellow book|date=2014|isbn=9780199948499|url=http://wwwnc.cdc.gov/travel/yellowbook/2014/chapter-3-infectious-diseases-related-to-travel/typhoid-and-paratyphoid-fever|chapter=3 Infectious Diseases Related To Travel}}</ref> त्यस्तै कमजोरी हुने, पेट दुख्ने, कब्जियत हुने तथा टाउको दुख्ने जस्ता लक्षणहरू पनि देखिने गर्दछन्।<ref name=CDC2013/><ref name=CDC2013Tech/> सामान्यतया यस्तो बेलामा पखाला लाग्दैन र बान्ता भए पनि कुनै गम्भीर लक्षण देखिँदैन।<ref name=CDC2013Tech/> टाइफाइडका केही रोगीहरूको छालामा गुलाबी रङ्गको दाग देखा पर्ने गर्दछ।<ref name=CDC2013>{{cite web|title=Typhoid Fever|url=http://www.cdc.gov/nczved/divisions/dfbmd/diseases/typhoid_fever/|website=cdc.gov|accessdate=28 March 2015|date=May 14, 2013}}</ref> गम्भीर खालको टाइफाइड लागेको बेलामा बिरामीहरू दिग्भ्रमित हुने गरेको पनि पाइन्छ।<ref name=CDC2013Tech/> यदि टाइफाइडको बेलैमा उपचार गरिएन भने यसका लक्षणहरू केही हप्ता वा महिनौसम्म पनि देखिन सक्छन्।<ref name=CDC2013/> मानिसले कुनै लक्षणहरू नदेखाइकन पनि यो रोग शरीरमा धारण गर्न सक्छन्। यस्तो बेलामा पनि उनीहरूबाट अन्य मानिसहरूमा टाइफाइड सर्न सक्छ।<ref name=WHO2008/> टाइफाइड पाराटाइफाइड ज्वरोसँग आउने आन्द्रासम्बन्धि रोग हो।<ref name=Lancet2015/>
 
टाइफाइडको प्रमुख कारण साल्मोनोला टाइफी नामको ब्याक्टेरियम हो। साल्मोनोला टाइफीलाई कतै कतै साल्मोनोला इन्टेरिका सेरोटाइप टाइफी पनि भनिन्छ। यो ब्याक्टेरियम मानिसको आन्द्रा तथा रगतमा बसेर बढ्ने गर्दछ।<ref name=CDC2013/><ref name=CDC2013Tech>{{cite web|title=Typhoid Fever|url=http://www.cdc.gov/nczved/divisions/dfbmd/diseases/typhoid_fever/technical.html|website=cdc.gov|accessdate=28 March 2015|date=May 14, 2013}}</ref>
 
==सन्दर्भ सामग्रीहरू ==
"https://ne.wikipedia.org/wiki/टाइफाइड" बाट अनुप्रेषित