"पाताल भुमेश्वर महादेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
[[File:patalbhumeshwar.jpg|thumb|250px|पतालभुमेश्वर मन्दिर परिसरमा रहेको ताल । यो तालको नत उदगम स्थल छ नत निकासनै । अचम्मको कुरा केछ भने यो ताल बार्है महिना एकै नासको रहने गर्दछ ।|250px|right]]
{{Infobox Mandir
| name = श्री [[पाताल भुमेश्वर महादेव मन्दिर]]
| district = [[बैतडी जिल्ला|बैतडी]]
}}
'''पतालभुमेश्वर महादेव मन्दिर''' [[बैतडी जिल्ला|बैतडी]]को [[भुमेश्वर]] गाउँ विकास समितीमा अवस्थित रहेको छ । यस मन्दिरमा हरेक बर्षको महाशिवरात्रीमा[[शिवरात्री]]मा धुमधाम सँग पुजाआजापूजाआजा एवं ठूलो मेला लाग्ने गर्दछ ।
[[File:Pattalbhumeshwar.jpg|300px|right]]
 
==गुफा==
यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ । जुन गुफाको अन्तिममअन्तिम बिन्दुमा दुधकोदूधको धारा रहेको जन विस्वसविस्वास रहेको छ ।[[बैतडी जिल्ला|बैतडी]] स्थित पाताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताहरुकोअध्यायनकर्ताहरूको दाबी रहेको छ । इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनकाअध्यायनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भुवनेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको जानकारी दिइयो । आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको पत्रकार सम्मेलनमा बताइयो । यस अघि तनहुँको[[तनहुँ]]को बन्दिपुर स्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रुपमा मानिदै आएको थियो । दुसेनको अध्ययन टोलीले पाताल भुवनेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्रि स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताइएको छ । संसारका एक हजार तीन सय गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा पाताल भुवनेश्वरको अध्ययन सुरु गर्नुभएको हो । पर्यटन प्रवद्र्धन केन्द्रको पहलमा यही चैत २९ गते गुफाको प्रचार/प्रसार गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पताल भुवनेश्वर गुफा महोत्सव २०७० को समेत आयोजना गरिएको थियो । महोत्सवमा गुफा अवलोकनको व्यवस्थाका साथै स्थानीय खानाका स्टल र स्थानीय लोक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको जनाइएको छ । सो महोत्सव गर्नुअघि विशेषज्ञको टोलीले गुफाको थप अध्ययन गरेको हो । पाताल भुवनेश्वर, [[स्वस्थानी व्रतकथासँगव्रतकथा]]सँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास रहेको छ । महादेवले[[शिव|महादेव]]ले सतीदेवीको[[सतिदेवी]]को शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किम्बदन्ती छ । त्यस क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा रहेका छन् । बैतडीको [[बासुलिङ्ग]] र भुवनेश्वर गाविसको बीचमा रहेको सामुदायिक वन क्षेत्रमा रहेको यो गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरुपोखरीहरू रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ । गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछिमात्र भित्र प्रवेश गर्न पाइने परम्परा रहेको छ । गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृष्यावलोकन समेत गर्न सकिने पर्यटन व्यवसायीहरुव्यवसायीहरू बताउँछन् । [[कैलाली जिल्ला|धनगढी]]–[[डडेल्धुरा जिल्ला|डडेल्धुरा]] राजमार्ग हुँदै बैतडीको सिउडेसम्म पुग्न झन्डै २०० किलोमिटरको दूरी पार गर्नुपर्छ भने सिउडेबाट ३० मिनेटको उकालो चढेपछि यो गुफामा पुग्न सकिन्छ । पत्रकार सम्मेलनमा पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष प्रकाश भट्ट, पत्रकार दीर्घराज उपाध्याय, मायाप्रकाश भट्ट, दिनेशराज भण्डारीलगायतले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि पताल भुवनेश्वर गुफा कोसेढुङ्गा सावित हुन सक्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
<ref> वैस्ट नेपाल="">www.eastnepal[http://weastnepal.com/बैतडीको-पताल-भुवनेश्वर-न/?utm_campaign=shareaholic&utm_medium=facebook&utm_source=socialnetwork</ref>]
==महत्त्व==
म त्यस्ता प्रकृति प्रेमीहरूका लागि यो जानकारी गराउन चाहन्छु, जो प्रकृतिका विचित्र स्वरूपहरूको अथवा रहस्यमय वास्तविकता र सत्यताहरूको खोजि गर्नमा रमाएका हुन्छन्, जसलेवीरता, धैर्यता र साहसिक कार्य गरेर सन्तुष्टि लिन खोजिरहेका हुन्छन् । हो, तिनीहरूका लागि यो जानकारी हितकारीहुन सक्दछ ।
[[बैतडी जिल्ला]]को हालको[[पाटन नगरपालिका]]मा अवस्थित पातालभूमेश्वरको गुफा धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले ज्यादै महत्वको भए तापनि सबै इच्छुक व्यक्तिले यस विषयमा जानकारी पाउन सकेका छैनन् ।
[[काठमाडौं]]बाट ७००कि.मी. भन्दा पनि धेरै सुदूरपश्चिमतर्फको तराईको यात्रा पुरा गरेपछि नेपालको पश्चिमी सीमानासंग जोडिएको [[कैलाली जिल्ला]]को उत्तर पूर्वतर्फ एउटा चौराह आउँछ जसलाई [[अत्तरिया बजारकाबजार]]का नाउँले चिनिन्छ र जहाँबाट उत्तरपूर्वतर्फ [[गोदावरी नदी]] पार गरिसकेपछि पहाड सुरु हुन्छ ।
समथल तराईबाट उचालिँदै चुरे पार गरेर महाभारत पर्वत श्रृङ्खलातर्फ उकालिँदै जाने क्रममा ती पहाडहरूले हिमालय यात्रासम्मको अनुभूति दिने गर्दछन् ।
यस पर्वत श्रृङ्खलामा कस्मीरको अनुभूतिदेखि कन्या कुमारीसम्मको अनुभूतिको मिश्रित आनन्द प्राप्त हुन्छ । लगभग १०० कि.मि. पार गरिसकेपछि बिछट्ट भीरपाखा छिचोल्दै पहाडको धारैधार हुँदै चिसो मौसमको अनुभूति दिलाउने डडेलधुरा बजारमा पुगिन्छ ।
प्रकृतिको दिव्यसौन्दर्य पिएर तृप्त छन् । चौतर्फी पहाडहरूले घेरेको विचको समथल भूभागमा झुलिरहेका अन्नवाली देख्दा थकानपछिको भोक–प्यास र निन्द्राको निदान यहीँ मेटाई आराम लिन बनाएको कसैको किल्लाजस्तो लाग्दछ ।
पाटनको लगभग मध्यमाग हुँदै बगिरहेको [[सुर्नया नदी]]को पवित्र जलमा पौडी खेल्दै र स्नान गर्र्दै आनन्द लिन पाउनेहरूले [[स्वीजरल्याण्ड]]को सुइमिङ पुललाई महत्त्व नदेलान् पनि तर त्यहीँबाट उकालिँदै लगभग १२ कि.मी. उकालो चढेपछि आउने पातलभूमेश्वरको अद्भूत सौन्दर्यता र त्यसको गर्भभित्र अनन्त गुफा बनेर लुकेको रहस्यले भने अलौकिक कल्पनाको संसारमा पुगेको आभाष हुनबाट कसैलाई रोक्न सक्दैन ।
यस क्षेत्रमा रहेका अधिकांश बाँझका[[बाँझ]]का रूखहरू युगौं पुराना देखिन्छन् र ती वृक्षका जराहरूले बोकेको माटोको रंग पनि विचित्रको देखिन्छ । कतै दुधकुण्ड सुकेर बनेको सेतो चाँदीको जालोजस्तो त कतै अग्नीकुण्ड निभेर बनेको अंगारजस्तो कालो, कतै महासंग्रामपछिको रगत जमेको जस्तो रातो अथवा फलामको खिया जमेको जस्तो त कतै फुस्रो र उडेको खरानीजस्तो अनि कतै भने हरिया मसिना दुवोहरू कसैले मिलाएर बाग बगैंचा बनाए जस्तो पनि देखिन्छ ।
एउटै सानो भूमिमा देखिने विचित्र रंग बोकेको धर्तीको माटोले बर्षौंदेखि सम्हालेर राखेका वृक्ष र ती वृक्षबाट छुट्टिएर रहेका बुट्यानहरूले विचित्र प्रकारले कुँदिएका ठूला ढुंगाहरूमा स्वयंलाई अड्याएर मौसम परिवर्तनसंगै आफूलाई पनि परिवर्तन गरिरहेका हुन्छन् ।
वृद्ध बाँझहरूको वृक्षभूमिको काखमा फैलिरहेको ऋतुहरूमा रंग फेर्ने रंगीन लालिगुँरासका रूखहरूको वैंसावस्था तथा सल्ला र धुपीहरूसितको अल्लारे संगतले त्यस प्रकृतिलाई अलौकिक बनाएको आभाष हुन्छ । ऋतु परिवर्तनको चक्र घुमिरहँदा यस प्रकृतिको आँचलमा अनेकौं रंगहरू प्रस्तुत भइरहन्छन् । हिउँदको महिना आकाश खुला रहन्छ र चिसो पवनको वेग सामान्य रहिरन्छ ।
जतिजति उकालिँदै गयो त्यतित्यति अनुपम प्राकृतिक सौन्दर्यताको अनुभुतिले मन प्रफुल्लित हुँदै जान्छ । बर्षौंदेखिप्रकृतिमा कोरिएर खिइँदै बनेका थरिथरिका ढुंगाका आकृतिहरू छिचोल्दैै आकासिएको पातालभूमेश्वरको प्रकृति जतिभित्र गयो त्यतित्यति संसारबाट टाढिएको अनुभूति हुन्छ । त्यहाँ भएका हरेक जीव, निर्जीव चिजवस्तुहरू देखेर मन यी सबथोक सत्यताका प्रतीक हुन् कि भन्ने भावनाले आकर्षित हुन थाल्दछ ।
करिव ४५ मिनटको यात्रा पुरा गरेपछि भञ्ज्याङ छिचोल्दै मैदानी भाग देखिन्छ र जसको मध्य भागमा एउटा बाटुलो आकारको प्राकृतिक मनोरमताको आभाष दिलाउने पानीले भरिएको सुन्दर सरोवर अवस्थित देखिन्छ । त्यही सरोवरको शिरानीबाट चिहाउँदा लालीगुराँसका रूखहरूले घेरिएको पाटापाटा परेको भूस्थललाई एकोहोरो कुनै गहिराई नियाली रहेकोजस्तो आभाष हुन्छ ।
त्यही निरन्तरतामा लठ्ठिएर गएका नजरहरूले कडा चट्टानको छिद्रमा अद्भुत मुर्तिहरू कोरिएका र तिनका छिद्रहरूबाट रस तप्किरहेकोजस्तो दृष्य देखाइ दिन्छन् । अलिकति उचालिएको मैदानी भागमा भिन्नभिन्न आकृति र प्रकृतिमा बनेका साना ठूला चौरहरू र उस्तै आकृति र प्रकृतिको सरोवरले सजिएको यो एकान्त शान्त स्थलमा आनन्द लिन आउने द्वार छुट्टै श्रङ्ृगारेरश्रृङ्गारेर बनाए जस्तो लाग्ने ठूला दुई गुफाको द्वारमा पातालभूमेश्वरको सौन्दर्यको रस टप्किरहेको हुन्छ ।
सुन्दर, शान्त सरोवरको दक्षिणतर्फ जोडिएर एउटा मन्दिर बनाइएको छ र त्यसै मन्दिरको ठीक तल नागवेली ओरालो उत्रिँदै जाँदा गुफाको द्वारमा पुगिन्छ । अलिकति निहुरेर सजिलै भित्र प्रवेश गर्न सकिने यस गुफाको द्वारमा देखिने कडा चट्टानहरूको आकृति र अवस्थितिले अलौकिक प्राचीनतालाई झल्काई रहन्छ । बाटुलो परेर अलिअलि ओरालो हुँदै बाँयातर्फ मोडिएको यसको मोहडा लगभग १५ मिटर पछि केही उकालिँदै जान्छ ।
कालिँदै गएको साँघुरो द्वारमा प्रवेश गर्न अलि कठिन भएता पनि असम्भव भने छैन र उक्त उकालो पार गरिसके पछि गुफा तेर्छो हुँदै अगाडि बढ्छ र त्यहाँबाट यस गुफाको आकारमा पनि व्यापकता देखिन्छ । फराकिलो हुँदै ओरालो लागेको यस गुफाले चिसो र रसिलो अनुभूति दिँदै आफूलाई उत्तर पूर्वतर्फ मोड्दछ ।
[[बैतडी जिल्ला]]का तत्कालीन ''सभापति परमानन्द भट्ट''को सक्रियतामा २०५७ सालतिर यस क्षेत्रको संरक्षण गर्ने अभियान संचालन भएको थियो र सोही समयमा यहाँको भौतिक संरचनाको संरक्षण गर्ने, पर्यटकहरूलाई हिँड्नका लागि सिँढी र ग्राविल बाटो निर्माण गर्ने, तलाउ र मन्दिरको संरक्षण गर्ने जस्ता कार्यहरूको सुरुवात भएको थियो, जस अन्तर्गत गुफाभित्र पनि लगभग ४० वटा विजुलीका बल्वहरू जडान गर्ने साहसिक कार्य पनि भएको थियो ।
जसको कारण गुफाभित्रको तलाउ क्षेत्रसम्म जान आउनका लागि पर्यटकहरूलाई निकै सुविधा पुगेको थियो तर त्यसपछि माओवादीको कथित जनयुद्धको प्रभाव र यसको संरक्षणमा देखिएको उदासिताका कारण पुनः यस क्षेत्रमा भएको विकास भताभुंग भएको छ ।
पातालभूमेश्वर त केवल मैले देखेको र चिनेको सतही यथार्थता मात्र हो जव कि यस [[सुदूर -पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]] क्षेत्रभरि यस्ता कयौं रहस्य, प्राकृतिक सौन्दर्य, धार्मिक मूल्य र मान्यताहरू कसैलाई भाग्यमानी बनाइदिन अथवा आर्शिवाद दिनका लागि युगौंदेखि प्रतीक्षामा बसेका छन् ।
कोलम्वसले समुद्र छिचोलेर अमेरिका पत्ता लगाए, निल आर्मस्ट्रंगले आकास चिरेर चन्द्रमाको सतहमा पाइला टेके, युरि गागरिनले अनन्त शून्य छिचोलेर अन्तरीक्षमा पाइला टेके । आउनुस्, हामी पनि यस भूगोलको गर्भ च्यातेर नयाँ रहस्य र सत्यको पत्ता लगाउन मिलेर लागौँ । एक अभियान नै संचालन गरौँ ।
यो पताल भूमेश्वर क्षेत्र धार्मीकतथा पर्यटकीय क्षेत्रका रूपमा ठूलो महत्व बोकेको क्षेत्र हो। धार्मीक रूपमा भन्दा द्वापर यूगमा महाभारत का पात्रहरू "पाचपाण्डपपाच[[पाण्डव]]" यसै क्षेत्रभित्ररहेको गूफा बाट स्वर्ग गएको जन विस्वास रहेको पाईन्छ। यो ठाऊमा साक्षात निलकण्ठ, सतीपती, जगतपीता तथा संहारकारक आसूतोस भगवान शिव को वास भएकाले स्वच्छ र पवित्रमनले पूजापाठ ध्यान गरे मनोकामना पूराहूनेपनी जनबीश्वास रहेको छ। यो क्षेत्र भित्र ठूलो गूफा रहेको र खाली पेट भगवान शिवको पूजाआजा गरी मात्र गूफाभीत्र प्रबेश गर्नूप्रने यहाको चलन रहेको छ। यो गूफा 800 मीटर सम्म अध्यान गर्दा 160 मीटर गहीरो पाईएको र अझ धेरै लामो र गहीरो हून सक्ने प्रबल सम्भावना रहेको हूदा यो नेपालकै तथा एसियाकै सबैभन्दा लामो गूफा हूनसक्ने अध्यान कर्ताहरेको दावीरहेको छ। यसको ऊचित अध्यान खोज गरी यहाको भौतीक विकास सडक, होटेलहरू निर्माण गर्ने कूरामा सरोकेरवाला निकाएको ध्यान जानेहो भने यो पर्यटकहरूका लागी नेपालकै प्रमूख गन्तव्यका रूपमा रहनेमा दूईमत देखिदैन। त्यै भएर यसको पर्यटकीय क्षेत्रकारूपमा ठूलो महत्व रहेको छ। @mr_pramod24
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाहिरी कडिहरु==
 
[[श्रेणी:बैतडी जिल्लाका धार्मिक स्थलहरू]]
[[श्रेणी:बैतडी जिल्ला]]
[[श्रेणी:नेपालका धार्मिक तथा पर्यटकीय स्थलहरू]]
[[श्रेणी:मन्दिरहरू]]
[[श्रेणी:नेपालका मन्दिरहरू]]
[[श्रेणी:धार्मिक स्थलहरू]]
[[श्रेणी:पर्यटकीय स्थलहरू]]
==यो पनी हेर्नुहोस।==
 
==यो पनि हेर्नुहोस्==
[[श्रेणी:{{नेपालका मन्दिरहरू]]}}
*''[[नेपाल]]''
*''[[बैतडी जिल्ला]]''
*''[[स्याडी खोला]]''
*''[[कुलगडे देवता]]''
 
==बाहिरी कडिहरु==
 
[[श्रेणी:बैतडी जिल्लाका धार्मिक स्थलहरू]]
[[श्रेणी:बैतडी जिल्ला]]
[[श्रेणी:नेपालका धार्मिक तथा पर्यटकीय स्थलहरू]]
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/563246" बाट अनुप्रेषित