"पारिजात फूल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा robot Adding: es, hi, id, mr, ta, te, th
पङ्क्ति ८:
 
== ==
पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ। फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ। यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन्; तर पारिजातको दुखान्तकथा पनि कम मार्मिक छैन। पारिजातक एक राजपुत्री थिइन्। तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ। पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन्। प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ। त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ। त्यही हो, पारिजात। रातको सन्नाटामा बोटै भरी फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन्। शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू। अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ। बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ। यस वनस्पतिको प्रजातीय नाम आर्वोटि्रस्टिस ले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ। पारिजातको पूरा नाम निक्टान्थस आर्वोटि्रस्टिस (Nyctanthes arbor-tristis) को अर्थ लगाउन थाल्यौँ भने 'रातमा फुल्ने दुःखित वृक्ष' भन्ने कुरा खुल्न आउँछ। ग्रीक भाषाको शाब्दिक संयोजनले यही भन्छ।
 
[[en:Nyctanthes arbor-tristis]]
[[es:Pārijāta]]
[[hi:प्राजक्ता(फ़ूल)]]
[[id:Srigading]]
[[mr:पारिजातक]]
[[ta:பவழமல்லி]]
[[te:పారిజాతం]]
[[th:กรรณิการ์]]
"https://ne.wikipedia.org/wiki/पारिजात_फूल" बाट अनुप्रेषित