"बालकुमारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७७:
 
बजारशास्त्र क्रियाकलापका कारण बिक्रीमा बृद्धि हुन्छ जसका कारण राजस्वमा पनि वृद्धि हुन्छ वढी नाफा कमाउँदा उत्पादकहरुले कर पनि बढी तिर्नुपर्ने हुन्छ जसबाट राष्ट्रीय आयमा वृद्धि हुन्छ।
 
[[बजारशास्त्रका अवधारणाहरु]]
 
बजारशास्त्र सम्बन्धमा के कस्ता कुराहरुलाई बढी केन्द्रीत राखि बजारशास्त्र बारे अध्ययन गर्न थालियो तीनिहरुलाई नै बजारशास्त्रको अवधारणा मानियो। बजारशास्त्र ग्राहकमुखी हुनुपर्छ। उत्पादकको उद्देश्य पनि पूरा हुने खालको हुनुपर्छ। बजारशास्त्रमा कर्म गर फलको आश नगर भन्ने भनाई लागू हुन सक्दैन बजारशास्त्रमा विभिन्न अवधारणाहरु राख्दै आएको पाईन्छ।
 
[[(१)उत्पादन अवधारणा]]
 
उत्पादन अवधारणा बजारशास्त्रको पूरानो अवधारणा हो। यस अवधारणाले वस्तुहरु बृहत् मात्रामा उत्पादन गर्नुपर्छ भन्ने भावना राख्नुपर्दछ। 1960-70 तिर [[जापान]]का धेरै कम्पनीहरुले यो अवधारणा अपनाएका थिए। आजभोलि पनि [[नेपाल]]मा यो अवधारणा रहदै आएको पाईन्छ। यो अवधारणामा प्रारम्भ बिन्दु कारखाना हुन्छ भने मुख्य जोड उत्पादन हुन्छ र उत्पादकको नाफा उत्पादन कुशलतामा निर्भर रहन्छ।
 
[[(२)वस्तु अवधारणा]]
 
बजारशास्त्रको वस्तु अवधारणाले वस्तुको गुणस्तरलाई बढी जोड दिन्छ। यस अवधारणा अनुसार कुनै पनि उत्पादकले कुशल व्यवस्थापन, उच्च कार्य कुशलता तथा आधुनिक प्रविधि द्वारा न्यून मूल्यमा उच्च गुणस्तरीय वस्तु उत्पादन गर्न सक्नुपर्दछ। यस्तो अवधारणा राख्ने व्यवसायीक तथा उत्पादकहरुले गुणस्तरीय वस्तु उत्पादन गर्छन्। बजारशास्त्रको वस्तु अवधारणाको प्रारम्भिक बिन्दु कारखाना हुन्छ भने मुख्य जोड वस्तुको गुणस्तरमा हुन्छ त्यस्तै यसको मुख्य उद्देश्य गुणस्तरीय वस्तु मार्फत मुनाफा आर्जन गर्नु हो। यस अवधारणाले वस्तुको गुणस्तरमा बढी जोड दिन्छ। प्रतिस्पर्धीहरुको तुलनामा आफ्नो वस्तुको गुणस्तर राम्रो हुनुपर्दछ।
 
[[(३)बिक्री अवधारणा]]
 
यस अवधारणाले वस्तुको उत्पादन र गुणस्तरलाई भन्दा वस्तु बिक्री गर्ने कार्यलाई ठान्दछ। वस्तु तथा सेवा जति नै राम्रा र गुणस्तरीय भएतापनि यसलाई बिक्री गर्न नसकेमा त्यसको कुनै अर्थ रहँदैन। वस्तुलाई उत्पादन गरिसकेपछि अन्य वस्तुको तुलनामा आफ्ना वस्तु गुणस्तरीय र भिन्न प्रकितिको छ भन्ने बारेमा पर्व्धनात्मक क्रियाकलापको माध्यमबाट ग्राहकलाई जानकारी दिनुपर्छ। जसका कारण ग्राहकप्रति वस्तु तथा सेवाको बारेमा सकारात्मक छाप पर्न आउँछ र उत्पादकहरु सफल हुन्छन्।
 
बाँकी पछि
"https://ne.wikipedia.org/wiki/बालकुमारी" बाट अनुप्रेषित