"औलो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १९:
प्रायजसो यो रोग सङ्क्रमित पोथी एनफिलिज लामखुट्टेका कारणले सर्ने गर्दछ। लामखुट्टेले टोकेपछि औलोको परजीवी त्यसको र्याल हुँदै मानिसको रगतमा पुग्छ।<ref name=WHO2014>{{cite web|title=Malaria Fact sheet N°94|url=http://www.who.int/mediacentre/factsheets/fs094/en/|website=WHO|accessdate=28 August 2014|date=March 2014}}</ref> त्यसपछि यो परजीवी [[कलेजो]]मा पुग्छ र वयस्क हुँदै सन्तान उत्पादन गर्छ। प्लाज्मोडियम समूहका पाँच प्रजातिहरूले मानिसमा रोगको सङ्क्रमण गराउँछन् भने तिनीहरू एक मानिस हुँदै अन्य मानिसहरूमा पनि सर्न सक्छन्। विश्वभर प्लाज्मोडियम फाल्सिपारमका कारणले सबैभन्दा बढी मानिसको मृत्यु भएको पाइन्छ। प्लाज्मोडियम भाइभ्याक्स, प्लाज्मोडियम ओभल र प्लाज्मोडियम मलेरिआईले साधारणतया मन्द खालको औलोको सङ्क्रमण गराउँछन्।<ref name=WHO2014/><ref name="Caraballo 2014"/> त्यस्तै अर्को प्रजाति प्लाज्मोडियम नोलेसीले मानिसमा बिरलै रोगको सङ्क्रमण गराउने गरेको पाइन्छ। औलोको पहिचान गर्न रगतको नमुनालाई सुक्ष्मदर्शक यन्त्रले हेर्ने वा एन्टिजेनमा आधारित र्यापिड डाइग्नोस्टिक परीक्षण गर्ने गरिन्छ।<ref name="Caraballo 2014"/> पलिमराज चेन रियाक्सनको प्रयोग गरेर परजीवीको डिएनए पत्तालगाउने विधि पनि विकसित गरिएको छ तर मूल्य तथा जटिलताका कारण यो विधि औलो बारम्बार फैलिने स्थानहरूमा उल्लेख्य मात्रामा प्रयोग गरिँदैन।<ref name="Nadjm 2012">{{Cite journal |vauthors=Nadjm B, Behrens RH |title=Malaria: An update for physicians |journal=Infectious Disease Clinics of North America |year=2012 |volume=26 |issue=2 |pages=243–59 |pmid=22632637 |doi=10.1016/j.idc.2012.03.010}}</ref>
औलोको जोखिम कम गर्न झुल तथा लामखुट्टे भगाउने रसायनहरूको प्रयोग गरेर लामखुट्टेको टोकाइ कम गर्ने वा लामखुट्टेको नियन्त्रणका लागि कीटनाशक औषधिहरू छर्कने तथा घर वरपर पानी जमेका खाल्टाखुल्टी पुर्ने गर्नु पर्छ।<ref name="Caraballo 2014"/> औलो लाग्ने क्षेत्रमा भ्रमण गर्ने पर्यटकहरूका लागि यसबाट बचाउने धेरै प्रकारका औषधिहरू उपलब्ध छन्। औलोको उच्च जोखिममा रहेका ठाउँहरूमा शिशुहरू तथा गर्भावस्थाको पहिलो चरण पार गरेका गर्भवती महिलाहरूलाई सल्फाडोक्सिन वा पाइरिमेथामाइन जस्ता औषधि सिफारिस गरिएको छ। अत्यावस्यक भएपनि हालसम्म औलोबाट बचाउने कुनै पनि खोप उपलब्ध छैन। यद्यपी यस्तो खोप विकास गर्नका लागि विभिन्न स्थानहरूमा पहल भइरहेको छ।<ref name=WHO2014/> औलोको उपचारका लागि आर्टेमिसिनिन नामको औषधिमा अन्य औलोविरुद्धका औषधिहरू मिलाएर खान सल्लाह दिइएको छ।<ref name=WHO2014/><ref name="Caraballo 2014"/> त्यस्तै दोस्रो औषधिको रूपमा मेफ्लोक्विन, ल्युम्फ्यान्ट्राइन वा सल्फाडोक्सिन/पाइरिमेथामाइन जस्ता औषधिहरूको प्रयोग गरिन्छ।<ref name=WHO2010>{{cite book|last1=Organization|first1=World Health|title=Guidelines for the treatment of malaria|date=2010|publisher=World Health Organization|location=Geneva|isbn=9789241547925|page=ix|edition=2nd}}</ref>
औलो मुख्यतया भूमध्यरेखा आसपासका शीतोष्ण तथा समशीतोष्ण भूभागहरूमा फैलिएको पाइन्छ।
|