"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''नयाँ मुलुकको इतिहास र वर्तमानका समस्याहरु
<ref name="हेमराज अधिकारी (शास्त्री)"> हेमराज अधिकारी (शास्त्री), आजको नेपाल २०५८,</ref>'''
*लेखक– लेखराजजोशी
 
*अत्तरयिा न.पा.– ४
लेखक– लेखराजजोशी
अत्तरयिा न.पा.– ४
वि.स. १९१४ साल ( ई.सन् १८५७ )मा भारतको ईष्ट इण्डिया कम्पनि सरकार विरुद्घ भारतका सिपाहीहरु, राजा–रजौटा र जनताहरुले ठूलो विद्रोहको सुरुवात गरे । विद्रोहको मूलकारण थियो– अंग्रजहरुले हिन्दु र मुसलवान हरुको धर्मनाश गर्न गरेको षडयन्त्र । यो षडयन्त्र अनुसार अंग्रेजी सेनामा कार्यरत भारतीय हिन्दु÷मुस्लिम सेनाहरुले राइफलमा गोली लोड गर्नु अघि गोलीको सील दाँतले टुटाउनु पर्दथ्यो । सील गाइको छालाको हुन्थ्यो भने सील भित्र सुँगुरको बोसो राखिएको हुन्थ्योे । हिन्दुहरु गाइको मासु खादैनथे भने मुसलवान हरु सुगुरको । अंगे्रजहरु यो दुवै चिज राईफलको गोलीद्वारा आफ्ना सेनामा रहेका हिन्दु/मुस्लिम सेना लाइ खुवाएर उनिहरुलाई कृश्चियन बन्न दवाव दिइरहेका थिए । तर यसको सर्वत्र घोर निन्दा भयो । यसको विरोध स्वरुप मंगलपाण्डे भन्ने एकजना भारतीय अंगे्रज सिपाहीले आफ्ना अंगे्रज कमाण्डर लाई गोली हानी मारीदिए पछी ईष्ट ईण्डिया कम्पनि सेनामा ठूलो खैला–वैला मच्चीयो । थोरै दिन भित्रै विद्रोहले विशाल रुप लियो । यो विद्रोहको सुरुवात भारतको मेरठ शहर बाट भएको थियो । विद्रोहको नेतृत्व तत्कालिन मराठा पेशवा (राजा) नाना साहेव ले गरेका थिए । विद्रोहले विशाल रुप लिए पछी निर्णायक जीतका लागि उनले नेपाल सरकार संग अंगे्रज विरुद्घ सैनिक सहायता मागेका थिए । त्यस्तै लखनऊका नवावले पनि नेपाल सरकार संग अंग्रेज विरुद्घ सैन्य सहयोग मागेका थिए । तर नेपालका प्रधानमन्त्री समेत रहनु भएका श्री ३ सरकार जंङ्गबहादुर राणा भने अन्दोलनकारी लाई सहयोग नगरी भारतमा अंग्रेज विरुद्घ भएको शसस्त्र जन–अन्दोलन दवाउन अंग्रेजहरु लाई सैन्य सहयोग गर्न चाहन्थे । यसका धैरै कारणहरु थिए । पहिलो त्यतिबेलाको पुरै विश्वको शक्तीशाली राष्ट्र ग्रेट ब्रीटेनबाट आफ्नो सरकार लाई मान्यता दिलाउन चाहन्थे । दोश्रो ब्रीटिश सरकार निकै शक्तिशाली भएको र विद्रोहीहरुको विजय नहुने संभावना देखेकोले ब्रिटिश सरकारसंग जंगबहादुर घनिष्ठता बढाउन चाहन्थे । यसका अलावा अंग्रजहरुलाई सहयोग गर्नचाहनुका पछाडि अन्य कारणहरु पनि थिए । उनले काठमाण्डौ स्थित ब्रिटिश रेजिडेन्ट च्बmकबथ संग बिद्रोह दवाउन नेपालीसेना पठाउने अग्रिम प्रस्ताव पेश गरे । च्बmकबथ ले यो प्रस्ताव स्वीकार गरी आफ्ना भारत स्थित गभर्नर जनरल लाई पत्राचार गरेका थिए । तर गभर्नर जनरल ीयचम अबललष्लन ले नेपाली सेना हिन्दु भएको र यसले कंपनि सरकार लाई सहयोग नगरी बिद्रोहीहरु संग मिली उनिहरुलाई सहयोग गर्न सक्ने सम्भावनाको शंकागरी यो प्रस्ताव अस्वीकार गरिदिएका थिए । अर्को कुरा के थियो भने सन् १८४८ मा भएकोे अंगे्रज सिख युद्घमा पंजाबकेशरी महाराजा रणजीत सिंहको पराजय संगै मृत्यु भएपछि उनकी विधवा रानी चाँद कवर लाई अंग्रेजहरुले ऐतिहासिक चुनारगढ किल्लामा कैदगरी राखेका थिए । तर उनी उक्त किल्लाबाट भाग्न सफल भइन् । उनी जोगीनीको भेष धारण गरी नेपाल आइन् र नेपाल सरकार संग राजनैतिक शरण मागिन् । नेपाल दरवारमा खैलावैला मच्चीयो । शरणदिए पछि अंग्रेजहरु रिसाउने , शरण नदिए हिन्दुधर्मको राजधर्म अनुसार एक अवला स्त्री लाई शरण नदिएको पापलाग्ने । आखिरकार जंगबहादुरले रानी चाँद कवर लाई राजनैतिक शरण दिएका थिए । कम्पनि सरकारले चाँद कवर लाई फिर्ता पठाईदिन अनुरोध ग¥योे, तर जंगबहादुरले आफू हिन्दूराजा भएकोले शरणको मरण गर्न नसक्ने भनि अस्वीकार गरिदिएका थिए । यसकारण पनि ीयचम अबललष्लन ले नेपाल संग विश्वास गर्न नसकेर यो प्रस्ताव अस्वीकार गरीदिएका थिए । जंगबहादुरले प्रस्ताव पठाई रहे । ीयचम अबललष्लन ले अस्विकार गरीरहे । यो क्रम धैरै पटक चलेको थियोे भन्ने इतिहास छ ।
जुलाई १८५७ मा भारतीय अन्दोलनकारिहरुले गोरखपुर देखी उत्तर भारतका लखनऊ लगायतका धैरैजसो शहरहरु कब्जा गरि सकेपछी अंगे्रजहरु आत्तीए । भातिय अंगे्रजसेना त्यहाँको जन–विद्रोह दवाउन पूर्ण असफल भएपछि मात्रै प्रयोगात्मक रुपमा ीयचम अबललष्लन ले विद्रोह दवाउन नेपालसरकार संग औपचारिक सैन्य सहायता मागे । तत्कालिन प्रधानमन्त्री जंगबहादुर राणाले पहलवान सिंह बस्नेतको नेतृत्वमा तुरन्त ३०० जना योग्यतम सेना भारत तर्फ पठाए । त्यसपछि ३/४ सयको दरले सेना भारत पठाउदै रहे । यो सेनाले उत्तर भारतका धेरै शहरहरुमा विद्रोहिहरु संग कडा संघर्श गरी उनिहरुले कब्जा गरेका शहरहरु आफ्नो नियन्त्रणमा लियो । त्यसपछि मात्रै अंग्रेजहरु लाई नेपाल सरकार प्रतिपूर्ण विश्वास भएको थियो । निरास भएर भात छोड्ने मनस्थिति बनाइ सकेका अंगे्रजहरुले अतीनै खुसिभई नेपाल सरकार संग पुनः ठुलो दलबल लिई गोरखपुर कब्जा गरिदिन अनुरोध गरे । १० दिसम्बर १८५७ मा जंगबहादुर राणाले आफ्नै कमानमा ९००० सेनाको विशाल फौज लिई काठमाण्डौ बाट गोरखपुरका लागी प्रस्थान गरे । ६ जनवरी १८५८ उनि गोरखपुर पुगे । १५/२० दिन भित्रै गोरखपुर कब्जा गरे । अंगे्रज सेनाको सहायताका लागी केहि सेना त्यहि छाडि बाँकी सेनाका साथ उनि अम्बरपुर तिरलागे । अम्बरपुर कब्जा गरिसके पछि त्यहाँबाट साना–तिना किल्लाहरु कब्जागर्दै उनि ११ मार्च १८५८ मा उनि लखनऊ आई पुगे । लखनऊमा नेपाली–अंगे्रज सेनाको संयुक्त फौजले विद्रोहिहरु लाई त्यहाँबाट लखेटेका थिए । जंगबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगंज, लखनऊ आदि ठाउँमा विद्रोहिहरु संग भिषण संघर्श गरी विद्रोही हरुलाई पराजित तुल्याएको थियो । नेपाली सेनाले लखनऊको बेगमकोठि, आलमबाग, छतरमंजिल, मोतिमहल, केशरबाग, ताराकोठि र मुसाबागमा ठुलो लुट मच्चाएका थिए भन्ने इतिहास छ । केशरबागमा त प्रसस्त हीरामोति÷जवाहरात र सुनचाँदी फेलापरेको थियो । जवाहरात र मोतिको महत्व नबुझेका नेपाली सेनाले जवाहरात र मोतिको हार फोरी त्यसमा उनिएको सुनको धागो मात्रै लिएर आएका थिए । सुनभन्दा कैयौ गुना महंगो जवाहरात र हीरामोति चिन्न नसकेर प्mयाकिदिएका थिए भन्ने इतिहास छ । विद्रोह समाप्त भए पछि जंगबहादुर २३ मार्च १८५८ मा ईष्ट इण्डिया कम्पनिका गभर्नर जनरल ीयचम अबललष्लन लाई भेट्न ईलाहाबाद गएका थिए । त्यहाँ ४दिन बसी बनारस हुदै ४ मे १८५८ मा जंगबहादुर काठमाण्डौ आइपुगेका थिए । नेपाली सेनाको सहयोगमा यो भिषण बिद्रोह दमन भएपछि भारत लाई स्वतन्त्र हुन थप ९० बर्षअरु लागेको ईतिहास छ । यो विजय बाट अत्यन्तै खुसिभई ब्रीटिश सरकार द्वारा जंगबहादुर लाई ई.स.१८५९मा (नचबलम अचयकक या तजभ यचमभच) नामक तक्मा प्रदान गरीएको थियो । आपतको समय मद्दत गरेवाफत नेपाललाई स्थाई उपहार दीने ीयचम अबललष्लन को चाहना अनुसार निजले सुगौलि सन्धीद्वारा नेपाल ले गुमाएका ४ जिल्ला बाँके ,बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गर्न होम डिपार्टमेन्ट मार्फत ईष्ट इण्डीया कम्पनिका डाइरेक्टर लाई सिफारिस गरेका थिए । ई.सन् १ नोभेम्वर १८६० मा ब्रीटिश सरकार र नेपाल सरकार विच (चभकतयचबतष्यल तचभबतथ) नामक सन्धी भयो । यो सन्धी अनुसार सुगौलि सन्धिमा नेपालले गुमाएका पश्चीमी नेपालका ४ जिल्ला हरु बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गरीएको थियो । अंगे्रज बाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थाल्यो । नयाँमूलुक अन्तरगत पर्ने पूर्वको राप्ति नदि र पश्चिमको महाकालि नदि विचको भू–भागमा निकै ठुलो घनाजंगल थियो । विश्वप्रसिद्घ चारकोशे झाडी यसै जंगल भित्र पर्दथ्यो । आजभन्दा १५५ बर्ष अगाडी यहाँ बस्ति थिएन । यो दक्षिण एसियाकै प्रसिद्घ शिकारगाह पनि थियो । यो जंगलमा शिकार खेल्न नेपाल सरकारका तत्कालिन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाई भतिजा र राजकुमारहरु, र उच्चपदस्थ सैनिक कर्मचारीहरु आउने गर्दथे । ब्रीटेनका राजकुमार प्रीन्स अफ वेल्स ले पनि यहाँ सिकार खेल्न आएकोे ईतिहास पाइन्छ ।
"https://ne.wikipedia.org/wiki/नयाँ_मुलुक" बाट अनुप्रेषित