"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
ईष्ट इण्डिया कम्पनी (ब्रीटिश भारतिय सरकार) सँग [[नेपाल]]को बि.स. १९७७ अथवा (ई.सन् २३ अगस्त १९२०) मा शारदा सिंचाई परियोजना सम्वन्धि सम्झौता भयो । त्यतिबेला नेपालका प्रधानमन्त्री चन्द्रसमशेर थिए । ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको शारदा बैराज र नहरको उद्घाटन वि.स. १९८५ (११ दिसेम्वर १९२८) मा तत्कालिन अंग्रेज सरकारका भारत स्थित विशिष्ट अधिकारी सर मल्कोन थैलिसले गर्नु भएको थियो । यो नहर बनाउदा तत्कालिन अंग्रेज सरकारका प्रमुख ईन्जिनियर मिष्टर एफ. एफ. बैन र मिष्टर बि.डी.ओ.डारले याहाँ काम गरेकाथिए । नहर निर्माण गर्दा नहरको पूर्वमा पर्ने नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता भएकोले अंग्रेज सरकारले मो.रु ५००००/– पचाश हजार नेपाललाई क्षतिपुर्ति दिएको थियो । शारदा ब्रीज र नहरको निर्माण सु–सम्पन्नभैसके पछि अंग्रेजहरु लाई भारतमा थप रेलवे लाईन विस्तारका लागी रेलवेपटरी मुनि विछ्याउन सालको काठको जरुरत थियो, जो नेपालको यसै भू–भागमा अकुत रुपमा उपलब्ध थियो । नेपालका प्रधानमन्त्रीहरु पनि नयाँमुलुकको जंगललाई फडानि गरी बस्ती अवाद गर्न चाहन्थे । कारण उति बेलाको राज्यकोषको मुख्य आम्दानी भनेकै जग्गा बाट प्राप्तहुने लगान (मालपोत) थियो । जो अहिलेको अनुपातमा निक्कै चर्को हुने गर्दथ्यो । वि.स. १९८५मा कोइलर भन्ने एक अंगे्रज ठेकेदार लाई श्री ३ चन्द्र शमशेर ज.ब.रा.ले नयाँमुलुकको जंगलको फडानि गर्ने अख्तियारी दिए । यो अख्तियारी पाएपछि कोयलरले कञ्चनपुरको झलारीको उत्तरमा पर्नेे स्टेसनपुर र कैलालीको गौरीफन्टा नाका हुदै चौमाला सम्म रेल सेवा विस्तार गरी यहाँको धेरै काठ भारत तर्फ लग्यो । नयाँमुलुकमा जंगल फडानी भए संगै रस्ती–बस्ती अवाद हुने क्रम पनि बढ्दै गयो । वस्ति वसाउने काम गर्ने लाई जिमीदार पदवी दिइयो । जिमीदार ले आफ्नो ईलाका बाट लगान वा मालपोत उठाई निर्धारीत समयमै ९५ प्रतिसत रकम नेपाल सरकारलाई बुझाउनु पर्दथ्यो । नेपाल सरकार बाट निजले उठाएको कुल मालपोतको ५ प्रतिसत निज लाईनै पारीतोसिक उपलब्ध गराइन्थ्योे । १९३० पछि भारमा अंग्रेज विरुद्घको जन अन्दोलन झन–झन तिब्र हुदै गयो । भारतिय आन्दोलनकारी हरुबाट अंग्रेजले हार खानु परे पछी वि.स. २००४ साल तदनुसार (१५ अगस्त १९४७) मा अंग्रेजहरु भारत छोड्न बाद्घय भए । तिनै कोइलर भन्ने अंगे्रज ठेकेदारले जंगल फडानी गरी बस्तियोग्य बनाएको भू–भाग बाटै कैलाली र कञ्चनपुरमा मानव बस्तीको सुरुवात भएको पाइन्छ । सर्वप्रथम राना समुदायले भारतका उत्तरी जिल्लाहरु बाट कञ्चनपुर हुदै त्यहाँ बाट नयाँमुलुकका अन्य भागमा प्रवेश गरी बस्ती बसाले । पछि दाङ् जिल्ला बाट थारु, राजी, र कठरिया समुदायहरु बाँके, बर्दिया र कैलाली तिर बसाई सर्दै आए । पहाडि जिल्लाहरुबाट पहाडियाहरुको पनि आगमन को क्रम सुरुभयो । [[डोटी]] [[बोगटान]] [[निगाली]] गाउँका ठकुरी बाबुसाई कृती सिं [[बोगटी]] [[रजवार]] कैलालीको हँसुलिया क्षेत्रमा आइ यहाँ बसोबास गर्ने पहिलो पहाडिया जिमदार बनेका थिए । सुरु–सुरुमा पहाडीहरु ६महिना हिउदमा मात्रै यहाँ आई आफ्ना गाई–भैसीहरु चराउन गर्थे । चैत्र लागे पछि गर्मी र औलो को डरले पहाड फर्कन्थे । तर दाङ् जिल्लातिर बाट सर्दै आएका थारु–चौधरीहरु र उत्तर भारत बाट आएका रानाहरु भने यहाँ स्थाई रुपमा रहे । कालान्तरमा औलो र मलेरीया रोगको स्थायी उपचार पत्ता लागेपछी पहाडि समुदायले पनि नयाँमुलुकमा स्थायी रुपमा बसोबासको सुरुवात गरेको पाइन्छ ।
शारदा (महाकाली) नहर निर्माण अवधिभर केहिसमय मात्रै प्रयोग गर्न दिइएको भनिएको नेपाली भूमिलाई आफ्नो हो भन्दै भारतियहरुले सिमा अतिक्रमण गर्दै हाल आएर गड्डाचौकि नजिकै आफ्नो सिमाना ल्याई पु¥याएका छन् । बनबासा भंन्सारमा मा निर्दोश नेपालि हरु भारतिय प्रहरीद्वारा लुटिनु सामान्य घटना जस्तै बनिसकेको छ । २०४६ साल पछिका लगभग सवै प्रधानमन्त्रीहरु ले भारत तुष्टीकरणको नितिलिए पछी यो समस्याले थप विकराल रुप लिएको हो । टनकपुरमा सन् १९९२ मा भारतले एकतर्फी रुपमा टनकपुर बाँध बाँधी २०००० क्यूसेक क्षमताको नहर समेत निर्माण गरी १२० मेघावाट विद्युत उत्पादन र उपयोग गरीरहेको छ । १२ फरवरी १९९६ का दिन भारतको नयाँदिल्लीमा तत्कालिन नेपाल सरकारका प्रधान मन्त्री [[शेरबहादुर देउबा]] र [[भारत]] सरकारका प्रधान मन्त्री पी.भी. नरसिंह राव का विच (महाकाली नदि सम्वन्धी पुराना सवै सम्झौताहरु विस्थापित गर्दै), शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजना र महाकालि नदीको एकिकृत विकाश सम्वन्धी ७५ वर्षीय सन्धि भएको २० बर्ष पुग्दैछ । तर टनकपुर बाँध बाट हालसम्म नेपालले एक थोपा पानी पनी पाएको छैन । टनकपुर बाँध बनाउदा विस्थापित भएको सीमा स्तम्भ नं ३ को पनि पुनः स्थापना हुनसकेको छैन । नेपालको पक्षमा कार्यान्वयन हुनु पर्ने भनी महाकालि सन्धिमा उल्लिखित अधिकांस बुँदाहरु भारतले कार्यान्वयनमा ल्याउन चाहेकै छैन । सन्धि अनुसार नेपाललाई शारदा (महाकाली) बाँधबाट बर्षायाममा २८.३५ घ.मी. प्रती सेकेण्ड तथा सुख्खायाममा ४.२५ घ.मी. प्रति सेकेण्ड पानि प्राप्त गर्ने अधिकार छ । त्यस्तै महाकालि सन्धिको धारा ४ मा उल्लेख भए अनुसार नेपालि ईलाकाको दोधारा–चाँदनि क्षेत्रको सिंचाइका लागी भारतले १० घ.मि. प्रति सेकेण्ड पानी नियमित उपलब्ध गराउने छ, भनि उल्लेख गरीएको छ , तर भारत ले अझै सम्मपनि दोधारा–चाँदनि क्षेत्रको सिंचाइको लागी छुट्याएको पानी दिएको छैन । त्यती बेला दुवै पक्षको हित हुने भनी गरीएको महाकाली सम्झौता हाल आएर भारतले एकलौटि रुपमा आफ्नो मात्रै हितहुने गरीे प्रयोग गरिरहेको छ । बर्षयाममा बाढी आएपछिमात्रै भारतले बनबाशा ब्यारेजका नेपाल तर्फका ढोकाहरु खोल्ने गरेको छ । अरु समयमा ९० प्रतिसत पानि भारतले एकलौटि रुपमा आफुमात्रै प्रयोग गर्दै आइरहेको हुन्छ । नेपालको खस्कीदो राजनैतिक अवस्थाको लाभ उठाउदै भारतले हालका केहि बर्षहरुमा कैलालीकोे परासन गा.वि.स. लगायतका ठाउँहरु बाट नेपाली सिमानाहरु मिचेर भारतमा गाभ्ने काम लाई तिब्रता दिइरहेको छ सिमानाका नेपाली बासिन्दा हरुले यसको तिब्र विरोध गरे पछि सिमामिच्ने कामलाई निरन्तरता दिन १५५ बर्ष देखि दाजु–भाई जस्तै बसेर आइरहेका थारु चौधरी र पडाही समुदाय विचको सामाजिक सौहार्दता धमिल्याउने षडयन्त्र गरीरहेको छ । नेपाल–भारत सिमानाको प्रतेक ५÷५ किलोमिटर क्षेत्रमा भारतिय अर्धसैनिक बल एस.एस.बि.लाइ तैनाथ गरीएको छ । यिनीहरुको काम बेला–बेलामा नेपाली भू–भागमामा पसि नेपालीहरु दुःख दिनु र सिमा मिच्नु बाहेक अरुकेही पनि छ जस्तो देखिदैन । यो समस्या प्रति हामिसबै देशभक्त नेपाली हरुले बेलैमा सचेत नभए भविस्यमा नयाँमुलुकको ईतिहास ईतिहासमा मात्रै सिमित नहोला भनेर भन्न सकिन्न ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
[[श्रेणी: इतिहास]]
"https://ne.wikipedia.org/wiki/नयाँ_मुलुक" बाट अनुप्रेषित