"यशोब्रम्ह शाह" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''यशोब्रम्ह शाह''' कास्की राज्य कुलमण्डन शाह का कान्छा छोरा हुन्। लम्जुङ राज्यमा कास्की राजाकै माहिला भाईको मृत्यु पश्चात उनिलाई त्याहाँ स्थापित गरिएको हो। उनका २ छोरा नरहरि शाह र द्रब्य शाह थिए र द्रब्य शाह द्बारा नेपालको एकिकरणको शुरुवात भएको हो।हो।श्रोतहरूको आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए । चितोरगढका चन्द्रवंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जयनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे ।
 
भूपाल नेपालको रिडी हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए । उनीहरू क्रमश: खान्चाखान र मिचाखान नामले चिनिन्थे । खान्चाखान ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । उसको कान्छो भाइ मिचाखान पहिले नुवाकोट(स्याङ्जा)मा गएर राज्य गर्न थाले ।[१] कान्छा अजयसिंह(मिचाखान)बाट विचित्र खान र कुलमन्डन खान जन्मे । कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा यशोब्रम्ह शाहलाई ल्याई राजा बनाएका थिए ।
 
[[श्रेणी:जीवनी]]