"देवनागरी लिपि" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
== भाषाविज्ञानको दृष्टिबाट देवनागरी ==
{{ब्राह्मी}}
[[भाषाविज्ञान|भाषावैज्ञानिक]] दृष्टिबाट देवनागरी लिपि अक्षरात्मक (सिलेबिक) लिपि मानिन्छ। लिपिको विकाससोपानहरूको दृष्टिबाट "[[चित्रलिपि|चित्रात्मक]]", "भावात्मक" र "चित्रात्मक" लिपिहरूको अनंतर "[[अक्षरात्मक लिपि|अक्षरात्मक]]" स्तरको लिपिहरूको विकास मानिन्छ। पाश्चात्य र अनेक भारतीय भाषाविज्ञानविज्ञहरू्को मतबाट लिपिको अक्षरात्मक अवस्थाकोपछि अल्फाबेटिक (वर्णात्मक) अवस्थाको विकास भयो। सबभन्दा विकसित अवस्था मानिएकोछ ध्वन्यात्मक (फोनेटिक) लिपिलाई। "देवनागरी"लाई अक्षरात्मक यसकारण भनिन्छ कि यसका वर्ण- अक्षर (सिलेबिल) छन्- स्वर पनि र व्यंजन पनि। "क", "ख" आदि व्यंजन सस्वर छन्- अकारयुक्त छन्। ती केवल ध्वनिहरू छैनन् अपितु सस्वर अक्षर छन्। अत: ग्रीक, रोमन आदि वर्णमालाहरू छन्। परन्तु यहाँ यो ध्यान राख्नु पर्ने कुरा छ कि भारतको "ब्राह्मी" या "भारती" वर्णमालाको ध्वनिहरूमा व्यंजनहरूको "[[पाणिनि]]"ले वर्णसमाम्नाय के १४ सूत्रहरूमा जो स्वरूप परिचय दिएकाछं- त्यसको विषयमा "[[पंतजलि]]" (द्वितीय शती ई.पू.)ले यो स्पष्ट गरेकाछ्न् कि व्यंजनहरूमा संनियोजित "अकार" स्वरको उपयोग केवल उच्चारणको उद्देश्यबाट छ। त्यो तत्वत: वर्ण होइन। यस दृष्टिबाट विचार गर्दै '''भन्न सकिन्छ कि यस लिपिको वर्णमाला तत्वत: ध्वन्यात्मक छ, अक्षरात्मक छैन।''' लिपिहरू हुन्छन् । बन्छन् । बनाइन्छन् । देवनागरी स्वार्जित लिपि हो । रोमन बनेको लिपि हो । थाई बनाइएको लिपि हो । देवनागरी लिपि नादबाट जन्मियो । नाद धुन हो । ब्रह्म भनेको पनि त्यही नाद हो । अर्थात् आफ्नो शरीरको धुन आफैंले सुन्नु । त्यसैमा रमाउनु नाद ब्रह्म हो । नादबाट शब्द बन्छ । नटेश्वर [[शिव]]ले त्यसै गरे । शिव नादबाट १४ कोटी (थरी) का शब्द निस्किए– अ, इ, उ, ण, ऋ, लृ क आदि । यी निस्किएका शब्द नै शब्द ब्रह्म हुन् । ध्यानस्थले सुन्ने शब्द तिनै हुन् । यी नाद र शब्दहरूलाई एकसाथ झंकारित गर्ने अक्षर ॐ हो । त्यसैले ॐ आफैंमा नाद ब्रह्म हो । शब्द ब्रह्म हो । मान्त्रिक एवं तान्त्रिकहरूको चिन्तनमा नाद र शब्दले गति दिन्छ । ॐले गतिलाई झंकरित गर्ने तागत दिन्छ । यस अर्थमा ॐ ब्रह्म ऊर्जा तान्ने एकल नाद हो । शब्द हो । [[ऋग्वेद]]को पहिलो मण्डल त्यसै भन्छ । शिवले निकालेका १४ कोटीका शब्दमा क्रमबद्धता छ । फोनिक्स छ । संकेत (नोटेसन) छ । संगीत छ । धड्कन (दभवत) छ । अनि नाचको ताल छ । अर्थात् शब्द, गीत, संगीत, संकेत, धुन, धड्कन, नाच, ताल आदि सबै १४ कोटीकै अक्षरमा गुम्फित छन् । त्यसैबाट बन्छन् । त्यही नमिले ताल भंग हुन्छ । शब्द भंग हुन्छ । लय भंग हुन्छ । क्रम भंग हुन्छ । यी कुरालाई हृदयंगम गरी पाणिनीले शिव प्रदत्त शब्द ब्रह्मलाई लयबद्ध गरे । चारवटा संयुक्त स्वर पनि राखे । अनि १८ कोटीका स्वर अक्षर पारी लयबद्ध गरिएका अक्षरहरूका नाम हो, बाह्रखरी । अर्थात् शब्दहरूको ध्वनिको प्रस्तुति बैखरी हो । बैखरी ऋग्वेद (१०–२५) को शब्दमा वाक शक्तिकै अभिव्यक्ति हो । बोलीचालीमा बाह्रखरी भयो । शास्त्रीय शब्द बैखरी हो । त्यही नाद मासिए अर्थ लाग्छ त ? नाद ब्रह्मवाला भन्छन्– लाग्दैन । लाग्यो भने देवनागरीको मूल जरो टुट्छ । उनीहरूको विचारमा अर्थ गर्नेले त भाव ब्रह्मका कुरा गर्छन् । मानसिक कुरा । काल्पनिक कुरा । त्यसैमा मक्ख पर्छन् । सापेक्ष अर्थ लगाउँछन् । यसो हुँदा देवनागरीको मूल सुक्छ । अर्थको अनर्थ लाग्छ । देवनागरी लिपिको प्रयोग भएका वैदिक वाङ्मय बचाउन पुर्खाले षट्कोण (सरस्वती कोण) को एउटा कोणमा शिक्षा राखे । पुख्र्यौली शब्दमा शिक्षा नै व्याकरण हो । वैदिक वाङ्मयको अर्थान्तर हुन नदिन तान्त्रिक र मान्त्रिकहरूले यो चिन्तनको विस्तार गरे । उनीहरूले भने– मानव शरीरमा ७२ हजार ऊर्जावाहक नाडी छन् । तिनका सन्धि हुन्छन् । मर्मस्थान हुन्छन् । चक्र हुन्छन् । दुई नाडीका ऊर्जा जोडिएको ठाउँ सन्धि हो । तीन नाडीको ऊर्जा जोडिएको ठाउँ मर्मस्थान हो । तीनभन्दा बढी नाडीहरूको ऊर्जा मिल्ने ६ वटा ठाउँको नाम चक्र हो । चक्र भनेको ऊर्जा सञ्चालन केन्द्र हो । योनि क्षेत्रमा मूलाधार चक्र हुन्छ । पेट क्षेत्रमा स्वाधिष्ठान चक्र । छाती क्षेत्रमा मणिपुर चक्र । घाँटी क्षेत्रमा अनाहत चक्र । आँखीभांै क्षेत्रमा आज्ञा चक्र । तालु क्षेत्रमा सहश्र चक्र । प्रत्येक चक्रको आआफ्नै मूल ध्वनि हुन्छ । त्यहाँ भएका अरू नाडीले त्यही ध्वनि पछ्याउँछन् । मूलाधारको ध्वनिमा चिपचिप गर्ने नाद हुन्छ । स्वाधिपठानमा चञ्च गर्ने । मणिपुरमा घन्ट ध्वनि हुन्छ । अनाहतमा बाँसुरी नाद वा ध्वनि हुन्छ । आज्ञा चक्रमा हं अं, क्षं, ॐ नाद हुन्छ । सहश्र चक्रमा ज्ञानको स्फुरण हुन्छ । नाद हराउंँछ । देवनागरीको मूल जरो नै हराउँछ ।<nowiki><ref name= "कान्तिपुर"> </nowiki>[http://kantipur.ekantipur.com/news/2016-08-30/20160830092444.html# [http://kantipur.ekantipur.com/news/2016-08-30/20160830092444.html#] व्याकरणिय]<nowiki></ref></nowiki>
 
===जरो जोडिएको बाह्रखरी===
 
मान्त्रिकमा कुण्डलिनी जगाउने मान्त्रिक क्षमता छ । तान्त्रिकमा पनि त्यही क्षमता छ । लौकिक अर्थमा सन्धि, मर्मस्थान र चक्रमा भएका नाडीहरूको ऊर्जा क्रियाशील बनाउने विधिको नाम जगाउनु हो । स्वर र व्यञ्जन दुवै खाले अक्षरबाट ती ऊर्जाहरू जगाइन्छन् । त्यसैले तान्त्रिक एवं मान्त्रिकको ज्ञानमा स्वर एवं व्यञ्जनवर्णले कुन–कुन ऊर्जा कहाँबाट जगाउने ठाउँहरू उल्लेख गरिएका छन् । निधारको ऊर्जा ‘अ’ अक्षरले चलाउँछ । ‘आ’ अक्षरले अनुहारको । ‘क’ अक्षरले दायाँ काँधको सन्धिको ऊर्जा चलाउँछ । ‘ख’ले दाहिने कुहुनाको । यसरी बैखरीका सबै अक्षरको तान्त्रिक र मान्त्रिक हुन् । ऊर्जा प्रवाहित गर्ने कडी हुन् (अनुसूची हेर्नुहोस्) । यसको अर्थ हो– एउटा नाद छुट्ता नाडीको एउटा विन्दुमा ऊर्जा पुग्दैन । बढी हुन्छ । निष्क्रिय हुन्छ । बढी सक्रिय हुन्छ । मन्त्र लाग्दैन । थोते व्यक्तिले मन्त्र गर्दा लाग्दैन भन्ने कुराको गुत्थी यही बुझिन्छ । मन्त्र नहुने अक्षर हुन्न भन्ने कुराको झड्को मिल्छ । ध्यान गर्नेले किन मन्त्र जप्दो रहेछ भन्ने थाहा हुन्छ । मन्त्र नजपे नाद सुन्न खोज्दो रहेछ भन्ने बुझिन्छ । शब्द सुन्न किन जाग्रत बन्दो रहेछ भन्ने कुराको भेउ पाइन्छ । अनि नाद र शब्द ब्रह्मभन्दा पर पुग्दा स्थितप्रज्ञ भइसकिन्छ भन्ने कुराको रहस्य थाहा हुन्छ । <ref name= "कान्तिपुर/>
 
===अक्षर चलाउनेको अपराध===
 
तालव्य ‘श’ किन चाहियो ? मूर्धन्य ‘ष’ किन चाहियो ? शहीद सहीद बनाए भैगयो नि ? शर्मा सर्मा लेखे बुझियो नि । विज्ञहरूले तर्क गर्‍यौं । तर्क कुतर्क बन्यो । वितर्क बन्यो । अब वितण्डा बोक्तै छौं । ताना सर्माले स्वीकार्नुभयो । शर्मा आराध्य हुने रहेछ । सर्मा कुकुर हुने रहेछ । राज नबुझ्दा भाषाविज्ञ हुनुहुन्थ्यो । बुझ्दा अज्ञ हुनुभएको हो त ? मान्त्रिक एवं तान्त्रिक ज्ञाताको शब्दमा तालव्य ‘श’ले मुटुदेखि दाहिने हातसम्मका नाडी, सन्धि, मर्मस्थान र चक्र झंकरित हुन्छ । दन्त्य ‘स’ले चाहिंँ मुटुदेखि दाहिने खुट्टाको बुढीऔंलासम्मको भाग झंकरित हुन्छ । मूर्धन्य ‘ष’ झिक्ता मुटुदेखि बायाँ हातसम्मको क्षेत्रमा ऊर्जा प्रवाह घट्छ । मान्त्रिक हिसाबमा त्यस क्षेत्रमा मन्त्रको असर पर्दैन । तन्त्रको असर पर्दैन । ध्वनिमा पनि देवनागरी अक्षरले त्यही सन्देश बोकेको हुन्छ । इन्द्रोशत्रु विवर्धस्व:, इन्द्रशत्रु विवर्धस्व: । पहिलोले [[इन्द्र]]को शत्रु नाश गर्ने प्रार्थना गर्छ । दोस्रोले इन्द्र नै शत्रु भन्ने बुझाउँछ । फूल र फुलले त्यही ध्वनिको सन्देश दिएको थियो । अहिलेका भाषाविदहरूले एउटै बनायौं । कति राम्रो अपराध गर्‍यौं, ध्वनिभेद बुझेको देवनागरी लिपिलाई । <ref name= "कान्तिपुर/>
 
===आपराधिक वितण्डा===
 
तर्कका आधारहरू सहज छन् । जनजिब्रोले मान्दैन । प्रश्न त्यहीं आयो– कसको जनजिब्रो ? मै घर झानु (म घर जान्छु) । यो [[बैतडी जिल्ला|बैतडी]]को [[नेपाली भाषा|नेपाली]] हो । तिनको बोलीमा मानक जनजिब्रो कुन हो ? सायद उत्तर छैन, भाषाविज्ञसँग । भए कुतर्क होला । वितर्क होला । वितण्डा होला । अर्को तर्क छ, उहाँहरूको विश्वविद्यालय छुट्टै हो । विश्वविद्यालय र विश्व विद्यालयको अर्थ एउटै हो र ? हुन्छ र ? [[बुद्ध]] सही लेखाइ हो र ? बुर्दध झनै शुद्ध हो र ? बुद्ध र बुद्धि अशुद्ध हुन् र ? [[विद्यालय]] शुद्ध हो र ? विद्यालय अशुद्ध हो र ? कसले भनिदिने ती भाषाविज्ञलाई ‘द्’ र ‘ध’ जोडेर ‘द्ध’ बनेको हो भनेर । ‘द’ र ‘य’ जोडेर ‘द्य’ बनेको भनेर । पुख्र्यौली शब्दमा नाडीहरू सन्धि बनिसकेको अवस्था हो यो । सन्धिहरू मर्मस्थान बनिसकेको अवस्था हो यो । मर्मस्थानहरू चक्र बनिसकेको अवस्था हो यो । जुन भाषामा पनि शब्द र ध्वनिहरू परिवर्तित हुन्छन् नि । बनेका भाषामा ठीक होला । बनाइएका भाषामा ठीक होला । तर देवनागरी त बने–बनाइएको लिपि हैन नि । त्यो त भएको लिपि हो । नाद–शब्द र ब्रह्रमलिपि । विज्ञहरूको तर्क पनि ठीक होला । पश्चिमा भााषाविदका सिद्धान्त पढ्दा । युनिकोडबाट देवनागरी लिपि टाइप गर्दा । तर हामी अर्कै हौं भन्ने बुझ्ने र बुझाउने कसले हो ? नाद ब्रह्मबाट शब्द ब्रह्म जानेका हामीले हैन र ? शब्द ब्रह्मबाट अक्षर ब्रह्म बुझेका हामीले हैन र ? अविनाशी ब्रह्म बुझेका हामीले हैन र ? क्षर (नाशवान) ब्रह्म बुझेका पश्चिमी भाषाविदको बुद्धि बोकेर देवनागरी लिपिमा खेल्दा के होला ? युनिकोडबाट देवनागरी लेख्ता रोमन लिपिको भजन त हुन्छ । भियतनामीलाई बाध्य पारेजस्तो । गुरुङको खेमा लिपिमा रोमन लिपिवालाले धावा बोलेजस्तो । रोमन लिपिमा देवनागरी पढ्न त सकिएला, तर आफ्ना पुर्खाको तत्त्वज्ञान बुझ्न चाहने भोलिका सन्ततिले के भन्लान् ? समकालीनहरूकै कुरा के होला ? यस मानेमा व्याकरणीय अपराध भएन र ? <ref name= "कान्तिपुर/>
 
===स्रोतहीन मतियारा===
 
जरो काटिएको पाठ्यपुस्तक र शब्दकोश छापी देशभर पुर्‍याउने प्राज्ञ, भाषाविद, राजनीतिज्ञ र कर्मचारी एकसाथ देवनागरी लिपिमा खेलाँची गर्ने स्रोतहीन मतियारा बन्न पुग्यौं । निहित स्वार्थले । बाध्यताले । अज्ञानताले । दबाबले । कसैको इसाराले । मूल जरोमा पुग्ने क्षमताको अभावले । मन्त्र र तन्त्र भनेको हावा कुरा हुन् भन्ने मानसिकताले । ब्रह्म, ब्रह्माण्ड र लिंग (शरीर) एउटै तत्त्वले बनेको छ भन्ने पुख्र्यौली गुढज्ञानमा नपुगेकाले । पश्चिमी भाषिक सिद्धान्तमा अभ्यस्त भएकाले । उनैको ढंग नै ठीक ढंग हो भन्ने ‘कम्प्राइडोर बुर्जुवा’को दिमागी बनौटले । अभ्यस्त पश्चिमा बन्ने रहरले । अथवा अन्य कारणले ? जे भए पनि हामी देवनागरी लिपिको गहिराइमा पुगेनौं । परिणामत: व्याकरणीय अपराधी बन्यौं । अथवा त्यही अपराधको मतियारा बन्यौं । झर्रोवाद, खुट्टाकाट जस्ता अभियानहरू आए । गए । ती व्यक्तिगत भुल्का बने । समूहगत भुल्का बने । अहिले चाहिँंचाहिं संस्थागत व्याकरणीय अपराधको थालनी भयो । अर्थात् झर्रोवादमा पाठ्यपुस्तक बनेनन् । प्रामाणिक शब्दकोश निकालिएनन् । अहिले स्कुल र कलेजमा संस्थागत रूपले देवनागरी लिपिमा प्रहार भयो । त्यसका मतियारा सबै बन्ने भयौं । संस्कृत वाङ्मयको आँखाबाट अर्को अपराध भयो । किनकि अबको एक दशकमा बुर्दध पढ्नेले संस्कृत शब्द कसरी खुट्याउने ? यस अर्थमा भुटानी सरकारले नेपाली भाषा हटाउन गरेको अहिलेको तरिकाजस्तो भयो । बुढा भुटानी अक्सर नेपाली बोल्थे । नयाँ भुटानी जोङ्खा जान्ने बने । अंग्रेजीका रक्षक नै बने । कतै हाम्रो अहिलेको व्याकरणीय अपराध तथा मतियारीले त्यतै पो लग्यौं कि ? संस्कृत वाङ्मयमा प्रवेशै नदिने साजिस पो गर्‍यौं कि ? भारोपेली परिवारले लेख्ने तिरहुती र कैंथी लिपिमा पनि असर पार्‍यौं कि ? भोट–बर्मेली भाषा समूहको ब्राह्मी र रञ्जना लिपि लेख्ने नेवार समुदायलाई पनि बिथोल्ने प्रयास पो गर्‍यौं कि ? <ref name= "कान्तिपुर/>
 
===सम्भावनाको खोजी===
 
ताना सर्मा तारानाथ शर्मा भएझैं फर्कने एउटा सम्भावना हो । अर्थात् भुल्के बनिदिने सम्भावना । अर्को शब्दमा भन्दा देवनागरी लिपि खेलाउने प्राज्ञ, भाषाविद, राजनीतिज्ञ र कर्मचारीले गल्ती स्वीकार्नु । मौनी सम्भावना । दोस्रो सम्भावना हो– परिवर्तित
पाठ्यपुस्तक र शब्दकोशको भाषा र व्याकरणलाई शिक्षणमा सीमित राख्ने । शिक्षक तालिममा जोड्ने । त्यसको अर्थ लगाउने बुद् + धि मिलेर बुद्धि हुन्छ । द्+य जोडेर द्य बन्छ । विश्व+विद्यालय मिलेर विश्वविद्यालय बन्छ । छुट्टै विश्व विद्यालय लेखे विश्व नै विद्यालय भन्ने बुझिन्छ । विश्वविद्यालय लेखे उच्चशिक्षाको शिक्षण थलो भन्ने थाहा हुन्छ । यसको अर्थ हो– अहिले बदलिएका पाठ्यपुस्तक र शब्दकोशहरूलाई शिक्षण सामग्री मात्रै मान्ने । शिक्षाको सामग्री नठान्ने । तेस्रो सम्भावना हो– अंग्रेजको तरिका पछ्याउने । देवनागरीको मर्म मार्ने । अनि भन्ने रामको सन्तति ज्याक्सन हुँ । सीताकी छोरी डायना हुँ । यसरी पुख्र्यौली पहिचान फेर्ने । अनि भन्न थाल्ने वेद त अप्रामाणिक हो । संस्कृत वाङ्मय त भाषिक सिद्धान्तका आधारमा लेखिएकै छैनन् । चौथो सम्भावना हो– व्याकरणीय अपराध गर्नेहरूलाई उन्मुक्तिको बाटो दिने– म ‘आधुनिक’ देवनागरीमा लेख्छु । नयाँ व्याकरण नै प्रयोग गर्छु । अमेरिकी व्याकरणमा लेखेको नि ! बेलायती व्याकरणमा लेखेको नि ! त्यही बुद्धि नेपालमा पनि लागु गर्ने । अनि भनौं देवनागरीलाई जननागरी बनायौं । संस्कृत वाङ्मय पढ्न रोमन लिपि भित्र्याऔं । तन्त्र र मन्त्रका पूर्वीय बुद्धिलाई बेकम्मा सावित गरौं । त्यसैमा बनेका सनातनी संस्कारहरूलाई तिलाञ्जली दिने ।पाँचौं सम्भावना हो– भाषिक प्रयोगशालामा नजाँची, पुख्र्यौली मूलमा नपुगी, शब्द र व्याकरण बदल्नेहरूलाई सजाय दिने । अथवा अरूलाई व्याकरणीय अपराध गर्‍यौ भन्ने म जस्ता रुढपन्थीहरूलाई सजाय दिने । निर्णय गर्ने अधिकार समयमा छाडें । संस्कृत वाङ्मयका ज्ञानका वकालतकर्ताहरूमा छाडें संस्कार र सनातनमा गर्व गर्नेहरूमा छाडें देवनागरी लिपिका प्रयोगकर्तामा छाडें । <ref name= "कान्तिपुर/>
 
== लिपि ==