"मगर भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
२०४८ सालमै झुस्या मगरको 'रङ्सीचकूङ लरहीङ' प्रकाशन भयो । त्यसै वर्ष शिवलाल थापामगरको 'ग्याहोट लख छान्नी' प्रकाशन भयो । २०४७ सालदेखि नै रोल्पाका बमकुमारी बुढामगरको सम्पादनमा 'कोन्जा मोरुम' साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन हुँदै आएको छ जसमा विभिन्न मगर भाषामा फुटकर कविता प्रकाशन हुँदै आएका छन् ।
 
मगर भाषामा कवितासङ्ग्रह लेखेर प्रकाशन गर्ने अन्य कविहरूमा बैरागी नाता मगर (तनहुँ) 'छीनीकूङ पूरररुङ' (आजको कोपिला) २०४८, मोईओ मीराप (आमाको रोदन- २०४९), लीस -देश-२०६१, खड्क आलेमगर सेन टाहाके ? (कहिले पुग्ने), रुद्र हितान मगर (कास्की) 'लाङ्घाके आररमेट्नाङ' (गाउँलाई सम्झँदा-२०५०) स्व. रेखबहादुर थापामगर (नवलपरासी) 'फन्च ठलरके' (जन्मभूमिको-२०५१) सन्तोष बुढामगर 'मोई' (आमा-२०५३) सन्जोग लाफामगर (उदयपुर) 'जीव-सीम' (बाँचेर मर्नु-२०५५) रुद्र सन्देशमगर (स्याङ्जा) 'बीकोलेसा' (दुख्दो रहेछ-२०६५) झुस्यामगर (स्याङरजा) बुढा ईम (बुढो घर-२०५७) उजीर रानामगरको 'माम्याक्नी' (नबिर्स-२०५८) र ए डाजे डईको (ए दाजु दिदीहरू-२०६४) उमेश थापा हीस्की 'लाटो' मगर (रूपन्देही) 'उमेसओ सीरजनाको' (उमेशको सिर्जनाहरू-२०६१) जीतबहादुर सिन्जाली मगर (स्याङ्जा) 'लरहेसरम राहानाङ' (फर्किएर आउँदा), मीन थापामगर (तनहुँ) 'जीहरच ङऊ लीस' (तड्पिएको मेरो देश-२०६३) पूर्ण थापामगर 'ङा मगर' म मगर २०६४ (तनहूँ), मेकबहादुर पुनमगर रूपन्देही 'भड्कोड्चको' (बाँच्न चाहनेहरू-२०६४) कवियत्री मनु ठाडामगर (धनकुटा) 'काटलीसार' (एउटा कोपिला-२०६४), सहीडकूङ मानाम (सहिदको सपना-२०६५), बेग आलेमगर नाम्खान (धनकुटा) 'मीकडीयाङ फोररझोच रीकरमा' (आँसुमा उफ्रिएको कलम-२०६४) नेपाल मगर सङ्घ, जिल्ला कार्यसमिति ललितपुरले २०५३ सालदेखि आफ्नो वाषिर्क उत्सवमा जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रथम जिल्लाव्यापी मगर भाषा कविता प्रतियोगिताका सहभागी कविताहरूको सङ्ग्रह (२०६४) प्रकाशित गरेको छ ।
 
मगर भाषामा कविताहरूको सँगालो वैरागी नाता मगरको संयोजनमा मगर भाषाका आदिकवि स्व. रेख ब. थापामगरको स्मृतिमा 'मगर रीलरहीङ गोमक' मगर भाषा कविताहरूको सँगालो (२०६३) प्रकाशित छ । जीतबहादुर सिन्जालीमगर साहित्य प्रतिष्ठानद्वारा आयोजित सञ्जोग लाफामगरको संयोजनमा प्रथम राष्ट्रव्यापी मगर भाषा कविता प्रतियोगितामा सहभागी कविताहरूलाई सङ्गृहीत गरी पाहुर (कोसेली-२०६३) प्रकाशित गरिएको छ । खामपाङ मगर भाषामा रोल्पाका जीवन रोक्कामगर र तारा माझिलीको संयुक्त कविता सङ्ग्रह गिन्मी (ङाता कोस्याली २०६२) सङ्ग्रहको रूपमा प्रकाशित छ भने काईके मगर भाषामा कविता सङरग्रह प्रकाशित भएको छैन । त्यसका अलावा २०५५ सालमा रोल्पाका बमकुमारी बुढामगरद्वारा लिखित खस नेपाली भाषामा प्रकाशित कविता सङरग्रह जीतहारमा ३ वटा मगर खामपाङमा प्रकाशित छ । रूपन्देहीका मेजन पुनमगरको भटकोसरचको कवितासङ्ग्रहमा गरिएको मगर खामपाङले मगर खामपाङमा लेख्न हौस्याएको छ ।
 
खामपाङमा रोल्पाको नवीन रोकामगरद्वारा लिखित वकी (मगर जातिको ऐतिहासिक भूमि) कविता सङ्ग्रह प्रकाशोन्मुख अवस्थामा रहेको छ । मगरहरूको समारोहमा फाट्टफुट्टरूपमा डोल्पाकी टीना रोकामगरले काईकेमा कविता वाचन गरेर काईकेको प्रतितिधित्व जनाएवाहेक खासै कविताहरू लेखिएको छैन ।
 
मगर खामपाङ र मगर काईकेभन्दा मगर ढुटमा साहित्यक लेखन सङ्ख्यात्मक रूपमा अगाडि देखिए पनि मगर जातिको सङ्ख्याको दृष्टिकोणले मगर भाषा साहित्यको अवस्था नाजुक नै रहेको छ ।
पङ्क्ति ३२:
वैरागी नाता मगरको संयोजनमा 'मगर ढटो ल्हीङ्' (मगर भाषाको गीत) नै पहिलो गीतिसङ्ग्रह भएको मानिन्छ । मगर भाषाको श्रव्य गीतितर्फ छविलाल चिडीमगर र टेकचन्द्र गाहामगरको सङ्कलनमा 'सेनिस है लाफाको' (सुन्नुस् है साथीहरू) गीतिसङ्ग्रह पहिलो मानिन्छ । मगर भाषाको पहिलो चलचित्र 'लङ्घन' (प्रयास)को गीतहरू गीतकार सञ्जोग लाफामगरको संयोजनमा गीतकार लीला पुलामीमगर र गौमाया थापामगरको गीतलाई रेकर्डिङ गरी 'लङ्घन' गीति सङ्ग्रहको रूपमा प्रकाशित गरिएको छ । गीतकार सञ्जोग लाफामगरको गीति अडियो एल्बम र सीडीसहितको 'रोहसार' (प्रेमफूल­), बुद्ध भगवान्को स्तृतिमा आधारित मनु थापामगरको संयोजनमा 'बुद्धऔँ चरणाङ' (बुद्धको चरणमा) शीला आलेमगर र बलिसरा थापामगरको संयुक्त रूपमा जुहारी गीतसहितको 'जोडी भालेसा' (जोडी छटेछ) र दुर्गा रायमाझीको संयोजनमा 'भर्महरवाच ग्वाजा' (उडिरहने चरी) गीति एल्बम रहेको छ । पछिल्लो मगर भाषाको गीति एल्बमको रूपमा देखा परेको गीतकार गणेश ठाडामगरको 'लाङघौ रोह'(गाउँको माया २०६२) अडियो एल्बम र सीडीसहित प्रकाशित रहेको छ ।
 
मगर भाषामा गीत लेखी रेकर्डिङ गरी समाजिक, सांस्कृतिक, जातीय चेतनासहित व्यावसायिक रूपमा उन्मुख हुन थाल्नुले गीत-सङ्गीतप्रति मगरहरूको गाढा सम्बन्ध रहेको आभास पाइन्छ । मगर खाम-पाङ भाषामा केही गीत रेडियो नेपालमा रेकर्ड गरिएको छ भने मगर काइके भाषमा गीत रेकर्डिङ गरिएको छैन । खाम-पाङ र काईके मगर भाषामा गीति एल्बम प्रकाशन भएको छेैन । सङरगीतकार भीम रानामगरको गीति एल्बम लाङघौ झामर्‍या(२०६५) बजारमा आएको छ, उजीर रानामगरको मगरढूटमा गीति एल्बम आउँदैछ ।
 
==(५) गजल==
"https://ne.wikipedia.org/wiki/मगर_भाषा" बाट अनुप्रेषित