"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९४:
'''१८.४ हिन्दू धर्मको सारतत्व'''
 
''''सत्यं वद। धर्मं चर । स्वाध्यायान्मा प्रमद: । मातृ देवो भव। पितृ देवो भव। आचार्य देवो भव। अतिथि देवों भव।''''
'''तैत्तिरीयोपनिषद् शिक्षावल्ली'''को उक्त ऋचाले मानवलाई सत्य बोल्नु, धार्मिक सदाचारमा बस्‍‍नु, स्वअध्ययनमा अल्छि नगर्नु, माता, पिता, गुरू र अतिथिलाई देवता समान मानी सेवा गर्नु नै धर्म हो भनी बताएको छ । पूर्वीय दर्शनले धर्मलाई व्यवहारिक रूपमा प्रयोग गर्न नैतिक शिक्षा प्रदान गरेको छ - तीर्खा लागेको व्यक्तिलाई प्यास मेटाउन पानी दिनु, भोकाएको व्यक्तिलाई प्रेम पूर्वक भोजन गराउनु, कतै आश्रय नपाएको व्यक्तिलाई आश्रय दिनु, अनाथ बाल, बालिका, वृद्ध, अशक्त र दीन दुःखीको सेवा गर्नु, मन वचन र कर्मले कसैको हत्या, हिंसा र चोरी नगर्नु, नारी जातिलाई देवीका रूपमा सम्मान गर्नु, सबैसँग सत्य र प्रिय बचन बोल्नु, अर्काको कुनै वस्तु वा सम्पत्ति हरण नगर्नु, अर्काको अहित नचिताउनु तथा पशुपन्‍क्षीलाई आहारा दिई सेवा गर्नु आदि धार्मिक कार्य हुन् । उपनिषद्हरूले “सेवा ही परमो धर्म” भन्दै परोपकारलाई ठूलो धर्म बताएका छन् । अठारपुराणका रचयिता वेदव्याशले सम्पूर्ण पुराण रचना गरेपछि अन्त्यमा, धर्मको सारतत्वलाई “परोपकार: पुण्याय पापाय परपीडनम्” अर्थात् अरूको भलो वा सेवा गर्नु नै धर्म हो, कसैलाई कुनै प्रकारको दु;ख वा कष्ट दिनु पाप हाे भनी एक वाक्यमा धर्मको परिभाषा गर्नु भएको छ । यही नै हिन्दू धर्मसहित सबै धर्मको सारतत्व हो । तसर्थ मानवले आफ्नो अमूल्य जीवनलाई सबैको कल्याणकारी कार्य अर्थात् सेवामा समर्पित गर्नुपर्दछ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि यात्री कवितामा मानिसलाई इश्वरको दर्शन गर्न मठ, मन्दिर वा तीर्थयात्राको चक्करमा नलागी दीन दु:खीको सेवा गरी इश्वरको दिव्य मुहार हसाउन सल्लाह दिनु भएको छ -
'''कुन मन्दिरमा जान्छौ‌ं यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो ! फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ, मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।'''
 
"https://ne.wikipedia.org/wiki/धनञ्जय_गोत्र" बाट अनुप्रेषित