"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
थरसंग सम्बन्धित छन् ।'''
<big><big><big>धनञ्जय गोत्रीय मरासिनीको चिनारी</big></big></big>
<big>काशीनाथ मरासिनी मरेङ, ८ आँपकाटे, अर्घाखाँची ।
'''१. विषय प्रवेश'''
पङ्क्ति ३१:
पृथ्वीमाथि केही सतहसम्म हावा रहेको हुन्छ । हावा रहने ठाउँसम्मको खाली भागलाई आकाश Sky भनिन्छ । आकाशभन्दा माथि आकाशीय पिण्ड तथा ग्यालेक्सिबीचको सम्पूर्ण खाली भागलाई अन्तरिक्ष Space भनिन्छ । सम्पूर्ण अन्तरिक्ष र ग्यालेक्सिलाई ब्रह्माण्ड Universe भनिन्छ । हरेक आकाशीय पिण्डमा अन्य बस्तुलाई आफूतर्फ तान्‍ने शक्ति हुन्छ यसलाई गुरूत्वाकर्षण Gravitation भनिन्छ । पिण्डको गुरूत्वाकर्षण शक्ति त्यसको आकार, घनत्व, दुरी, घुम्‍ने कोण र गतिमा भरपर्दछ । अन्तरिक्षमा ठाउँ र दुरी हेरी गुरूत्वाकर्षण शक्ति कम, बेसी वा शून्य हुन्छ । यसैकारण गुरूत्वाकर्षण शून्य भएको स्थानमा अन्तरिक्ष अनुसन्धानका लागि पठाइएका उपकरण, अन्तरिक्ष यान, क्यमरा वा विभिन्‍‍न स्याटलाइट अडिएका हुन्छन् ।
 
'''२.१.४. सूर्य, तारा र ग्रहको उत्पत्ति'''
 
आकाशगंगामा रहेका तारामध्ये सबैभन्दा चम्किलो तारालाई सूर्य भनिन्छ । खगोलविद्काअनुसार सूर्यको उत्पत्ति नेबुला नामक बादलबाट भएको हो । ब्रह्माण्डमा रहेका असङ्ख्य बादलमध्ये नेबुला नामक बादल अगाडि बढ्दै जादा आफ्नो तौल आफै धान्‍न नसकीबीचमा भित्रतर्फ भासिएर बाटुलो घेरामा भुमरी जस्तै घुम्‍न थाल्यो । यसरी घुम्दै गर्दा बल्ने ग्यास लगायतका तत्वहरू एकत्रित भई उक्त भुमरीकोबीचमा एउटा बलेको आगोको डल्लो उत्पन्न भयो । त्यसपछि उक्त डल्लोमाथि सो बादलका बाँकी रहेका धुलाकाकण, ग्यास आदिको वर्षा भैरह्यो । यसरी बल्ने ग्यासलगायत अन्य पदार्थ थुप्रिदै जाँदा सूर्यको आकारमा वृद्धि भयो । अन्य ठोस पदार्थबाट विभिन्‍‍न प्रकारका ग्रह, विभिन्‍‍न आकारका साना छुद्रग्रह (Asteroid), पुच्छ्रेतारा (Comet), उल्का (Meteor) आदि उत्पन्‍न भए ।
पङ्क्ति ७५:
 
विराटपुरूष पूर्णपरमात्माले मानवलाई सत्कर्मप्रति उत्प्रेरित गराउन विभिन्‍‍न युगमा भिन्‍न- भिन्‍नरूपमा यस पृथ्वीमा अवतार लिनुभएको प्रसङ्ग पुराणहरूमा पाइन्छ । सबै अवतारहरू विराटपुरूषका फरक-फरक रूप हुन् । वराहपुराणमा भगवान् विष्णुका चौबीस अवतारको वर्णन गरिएको छ । यीमध्ये मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतारलाई मुख्य दश अवतार मानिन्छ । भगवान् विष्णुले सत्ययुगमा मत्स्य, कुर्म, वराह र नृसिंहअवतार लिनुभएको थियो । यसैगरी, त्रेतायुगमा वामन,परशुराम र राम अवतार तथा द्वापर युगको अन्त्यतिर कृष्ण अवतार र कलियुगमा भगवान् विष्णुले दशौं अवतारकारूपमा बुद्धअवतार लिनुभएको चर्चा वराह पुराणमा गरिएको छ । श्रीमद्भागवद्गीतामा भगवान् श्रीकृष्णले जब जब धर्मको पतन र अधर्मको उन्‍नति हुन थाल्छ तब म धर्मको पुनस्थापनाका लागि हरेक युगमा प्रकट भई दुष्टको विनाश र भक्तको उद्धार गर्छु भनी बताउनु भएको छ-
'''यदा यदा हि धर्मस्य ग्लनिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।। परित्राणाय साधुनां विनासाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगेयुगे ।।'''
पूर्वीय दर्शनअनुसार भगवान् विष्णुका सबै अवतार धर्मको रक्षा र लोककल्याणकारी उद्देश्यले भएको पाइन्छ । सृष्टिको प्रारम्भमा जब वेदलाई राक्षसगणले अपहरण गरी समुद्रमा लगेर लुकाएका थिए तब भगवान् विष्णुले मत्स्य अवतार लिई वेदको रक्षा गर्नुभएको थियो । वेद भगवान‍्बाट उत्पत्ति भएको प्राचीन,प्राकृत ज्ञान भण्डार हो।वेदलाई श्रुतिज्ञान पनि भनिन्छ । भगवान् मनुले वेदलाई ‘सर्वज्ञानमयो हि स: अर्थात् सबै प्रकारको ज्ञानलेयुक्त विद्या भनी बताउनुभएको छ । वेद,पुराण र महाभारतलाई सर्वप्रथम संस्कृत भाषामा लिपिबद्ध गर्ने काम पराशर ऋषि र सत्यावती (मत्स्यगन्धा) बाट हस्तिनापुरको यमुना नदीको तटमा ईसापूर्व ३००० मा जन्मनुभएका वेदव्याशले गर्नुभएको थियो ।
 
पङ्क्ति १०६:
ब्रह्माजीद्वारा उत्पन्‍न भगवान् रूद्रको अर्धनारीश्वर शरीरको पुरूष स्वरूपबाट मन्य, मनु, महिनस, मआन, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृतव्रत नामक रूद्रहरू तथा नारी स्वरूपबाट धी, वृत्ति, उशना, उमा, नियुत्, सर्पि, ईला, अम्बिका, ईरावती, सूधा र दीक्षा नामक रूद्रिणी उत्पन्‍न भए जसलाई हिन्दू धर्मावलम्वीहरू एघार रूद्रीकारूपमा पूज्‍‍‍ाा गर्दछन् । त्यसपछि ब्रह्माजीले सृष्टि सञ्चालन गर्न आफ्नो मनबाट मरीचि, आँखाबाट अत्रि, मुखबाट अंगिरा,कानबाट पुलत्स्य,नाभिबाट पुलह,हातबाट क्रतु, छालाबाट भृगु, प्राणबाट वसिष्ठ,औंलाबाट दक्ष प्रजापति, छायाँबाट कन्दर्भ, कोखबाट नारद आदि दशपुत्र उत्पन्‍न गर्नुभयो । सृष्टि बिस्तारका लागि शक्तिशाली ऋषिमुनि, रूद्रादि देवताहरू उत्पन्‍न गर्दा पनि अपेक्षाकृतरूपमा सृष्टि बिस्तार हुन सकेन ।
यसपछि ब्रह्माजीले पुनः सङ्कल्प गरी मैथुनि क्रियाबाट सृष्टि बिस्तार गर्न आफ्नो शरीरबाट एकपुरूष र एक कन्या उत्पन्‍न गर्नुभयो जसको नाम स्वयम्भुव मनु र शतरूपा राखियो । ब्रह्माजीले आफूले उत्पन्‍न गरेका सबै देवगण तथा देवी र वनस्पति जगत‍्लाई वंश बिस्तारको लागि विशेष रजगुण प्रदान गरी आफ्नो वंश बिस्तार गर्न आदेश दिनुभयो । ऐतरेय उपनिषदमा सबै प्राणीको उत्पत्ति उद्विज्ज, स्वेदज,अण्डज र जरायुजकारूपमा हुन्छ भनी बताइएको छ । ब्रह्माजीको प्रारम्भिक सृष्टि पश्चात् रजवीर्यको अन्तरक्रिया वा समिश्रणबाट सालनालसहित, अण्डा, पसिना वा बीजको माध्यमबाट मानव,पशुपन्‍क्षी तथा वनस्पतिको उत्पत्ति र विकास हुन थाल्यो । यी सबैका परमात्माको अ‌ंश रहेको हुन्‍छ । सबै आत्मालाई ब्रह्माजीले आहार, निद्रा, भय र मैथुन जस्ता गुणहरू समानरूपमा प्रदान गर्नु भएको छ । केवल ज्ञान नै मानव र पशुबीचको अन्तर हो । यसैकारण मनुस्मृतिमा भनिएको छ -
'''आहार-निद्रा-भय-मैथुनं च समानमेतत्पशुभिर्नराणाम् । धर्मो हि तेषामधिको विशेषो धर्मेण हीनाः पशुभिः समानाः ॥'''
 
'''९. मनुका सन्ततिद्वारा सन्तानोत्पत्ति र सृष्टि बिस्तार'''
पङ्क्ति १७६:
'''<big>सर्वेभवन्तु सुखिन: सर्वे सन्तु निरामया:। सर्वेभद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग भवेत् ।
ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:पृथिवी शान्तिराप: शान्तिरोषधय: शान्तिः।वनस्पतये: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:सर्वँ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि॥
ॐ शान्ति: शान्ति: शान्तिः॥'''
 
पङ्क्ति १९३:
'''१८.४ हिन्दू धर्मको सारतत्व'''
 
''''सत्यं वद। धर्मं चर । स्वाध्यायान्मा प्रमद: । मातृ देवो भव। पितृ देवो भव। आचार्य देवो भव। अतिथि देवों भव।''''
'''तैत्तिरीयोपनिषद् शिक्षावल्ली'''को उक्त ऋचाले मानवलाई सत्य बोल्नु, धार्मिक सदाचारमा बस्‍‍नु, स्वअध्ययनमा अल्छि नगर्नु, माता, पिता, गुरू र अतिथिलाई देवता समान मानी सेवा गर्नु नै धर्म हो भनी बताएको छ । पूर्वीय दर्शनले धर्मलाई व्यवहारिक रूपमा प्रयोग गर्न नैतिक शिक्षा प्रदान गरेको छ - तीर्खा लागेको व्यक्तिलाई प्यास मेटाउन पानी दिनु, भोकाएको व्यक्तिलाई प्रेम पूर्वक भोजन गराउनु, कतै आश्रय नपाएको व्यक्तिलाई आश्रय दिनु, अनाथ बाल, बालिका, वृद्ध, अशक्त र दीन दुःखीको सेवा गर्नु, मन वचन र कर्मले कसैको हत्या, हिंसा र चोरी नगर्नु, नारी जातिलाई देवीका रूपमा सम्मान गर्नु, सबैसँग सत्य र प्रिय बचन बोल्नु, अर्काको कुनै वस्तु वा सम्पत्ति हरण नगर्नु, अर्काको अहित नचिताउनु तथा पशुपन्‍क्षीलाई आहारा दिई सेवा गर्नु आदि धार्मिक कार्य हुन् । उपनिषद्हरूले “सेवा ही परमो धर्म” भन्दै परोपकारलाई ठूलो धर्म बताएका छन् । अठारपुराणका रचयिता वेदव्याशले सम्पूर्ण पुराण रचना गरेपछि अन्त्यमा, धर्मको सारतत्वलाई “परोपकार: पुण्याय पापाय परपीडनम्” अर्थात् अरूको भलो वा सेवा गर्नु नै धर्म हो, कसैलाई कुनै प्रकारको दु;ख वा कष्ट दिनु पाप हाे भनी एक वाक्यमा धर्मको परिभाषा गर्नु भएको छ । यही नै हिन्दू धर्मसहित सबै धर्मको सारतत्व हो । तसर्थ मानवले आफ्नो अमूल्य जीवनलाई सबैको कल्याणकारी कार्य अर्थात् सेवामा समर्पित गर्नुपर्दछ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि यात्री कवितामा मानिसलाई इश्वरको दर्शन गर्न मठ, मन्दिर वा तीर्थयात्राको चक्करमा नलागी दीन दु:खीको सेवा गरी इश्वरको दिव्य मुहार हसाउन सल्लाह दिनु भएको छ -
'''कुन मन्दिरमा जान्छौ‌ं यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो !
पङ्क्ति २१०:
अहंकारं बलं दर्पं कामं क्रोधं परिग्रहम् । विमुच्य निर्मम: शान्तो ब्रह्मभूयाय कल्पते ।।'''
अर्थात् जुन व्यक्ति ‌(जो) आफ्नो बुद्धिद्वारा निर्मल भएर धैर्यपूर्वक मनलाई नियन्‍‍त्रण गर्दै इन्द्रिय तृप्तिका सबै विषयलाई त्यागी, इर्ष्या, राग र द्वेषबाट मुक्त भई अल्प आहार लिदै शरीर, मन र वाणीलाई नियन्‍‍त्रण गर्दै एकान्त स्थलमा समाधिमा बस्दछ वा जो अहङ्कार, बल, घमण्ड, काम, क्रोध, भौतिकवस्तुको सङ्ग्रह र मिथ्या भावबाट मुक्त भई शान्त छ, वा जो भौतिक विषयवस्तुबाट विरक्त छ त्यो निश्चय नै आत्म साक्षात्कारको स्थितिमा पुग्दछ र परमात्माको दर्शन गर्दै पुनर्जन्मबाट मुक्ति पाउछ । यही नै मुक्तिमार्गको उपाय हो । यसैकारण श्रीमद्भागतवद्गीतामा भगवान् श्रीकृष्णले मानवलाई फलको आशा नराखी निष्काम कर्म गर्न उपदेश दिनुभएको छ -
'''कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥'''
'''१८.७ ब्रह्मानन्दको खोजी'''
"https://ne.wikipedia.org/wiki/धनञ्जय_गोत्र" बाट अनुप्रेषित