"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७५:
 
विराटपुरूष पूर्णपरमात्माले मानवलाई सत्कर्मप्रति उत्प्रेरित गराउन विभिन्‍‍न युगमा भिन्‍न- भिन्‍नरूपमा यस पृथ्वीमा अवतार लिनुभएको प्रसङ्ग पुराणहरूमा पाइन्छ । सबै अवतारहरू विराटपुरूषका फरक-फरक रूप हुन् । वराहपुराणमा भगवान् विष्णुका चौबीस अवतारको वर्णन गरिएको छ । यीमध्ये मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतारलाई मुख्य दश अवतार मानिन्छ । भगवान् विष्णुले सत्ययुगमा मत्स्य, कुर्म, वराह र नृसिंहअवतार लिनुभएको थियो । यसैगरी, त्रेतायुगमा वामन,परशुराम र राम अवतार तथा द्वापर युगको अन्त्यतिर कृष्ण अवतार र कलियुगमा भगवान् विष्णुले दशौं अवतारकारूपमा बुद्धअवतार लिनुभएको चर्चा वराह पुराणमा गरिएको छ । श्रीमद्भागवद्गीतामा भगवान् श्रीकृष्णले जब जब धर्मको पतन र अधर्मको उन्‍नति हुन थाल्छ तब म धर्मको पुनस्थापनाका लागि हरेक युगमा प्रकट भई दुष्टको विनाश र भक्तको उद्धार गर्छु भनी बताउनु भएको छ-
यदा यदा हि धर्मस्य ग्लनिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।। परित्राणाय साधुनां विनासाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगेयुगे ।।
पूर्वीय दर्शनअनुसार भगवान् विष्णुका सबै अवतार धर्मको रक्षा र लोककल्याणकारी उद्देश्यले भएको पाइन्छ । सृष्टिको प्रारम्भमा जब वेदलाई राक्षसगणले अपहरण गरी समुद्रमा लगेर लुकाएका थिए तब भगवान् विष्णुले मत्स्य अवतार लिई वेदको रक्षा गर्नुभएको थियो । वेद भगवान‍्बाट उत्पत्ति भएको प्राचीन,प्राकृत ज्ञान भण्डार हो।वेदलाई श्रुतिज्ञान पनि भनिन्छ । भगवान् मनुले वेदलाई ‘सर्वज्ञानमयो हि स: अर्थात् सबै प्रकारको ज्ञानलेयुक्त विद्या भनी बताउनुभएको छ । वेद,पुराण र महाभारतलाई सर्वप्रथम संस्कृत भाषामा लिपिबद्ध गर्ने काम पराशर ऋषि र सत्यावती (मत्स्यगन्धा) बाट हस्तिनापुरको यमुना नदीको तटमा ईसापूर्व ३००० मा जन्मनुभएका वेदव्याशले गर्नुभएको थियो ।
 
पङ्क्ति १०६:
ब्रह्माजीद्वारा उत्पन्‍न भगवान् रूद्रको अर्धनारीश्वर शरीरको पुरूष स्वरूपबाट मन्य, मनु, महिनस, मआन, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृतव्रत नामक रूद्रहरू तथा नारी स्वरूपबाट धी, वृत्ति, उशना, उमा, नियुत्, सर्पि, ईला, अम्बिका, ईरावती, सूधा र दीक्षा नामक रूद्रिणी उत्पन्‍न भए जसलाई हिन्दू धर्मावलम्वीहरू एघार रूद्रीकारूपमा पूज्‍‍‍ाा गर्दछन् । त्यसपछि ब्रह्माजीले सृष्टि सञ्चालन गर्न आफ्नो मनबाट मरीचि, आँखाबाट अत्रि, मुखबाट अंगिरा,कानबाट पुलत्स्य,नाभिबाट पुलह,हातबाट क्रतु, छालाबाट भृगु, प्राणबाट वसिष्ठ,औंलाबाट दक्ष प्रजापति, छायाँबाट कन्दर्भ, कोखबाट नारद आदि दशपुत्र उत्पन्‍न गर्नुभयो । सृष्टि बिस्तारका लागि शक्तिशाली ऋषिमुनि, रूद्रादि देवताहरू उत्पन्‍न गर्दा पनि अपेक्षाकृतरूपमा सृष्टि बिस्तार हुन सकेन ।
यसपछि ब्रह्माजीले पुनः सङ्कल्प गरी मैथुनि क्रियाबाट सृष्टि बिस्तार गर्न आफ्नो शरीरबाट एकपुरूष र एक कन्या उत्पन्‍न गर्नुभयो जसको नाम स्वयम्भुव मनु र शतरूपा राखियो । ब्रह्माजीले आफूले उत्पन्‍न गरेका सबै देवगण तथा देवी र वनस्पति जगत‍्लाई वंश बिस्तारको लागि विशेष रजगुण प्रदान गरी आफ्नो वंश बिस्तार गर्न आदेश दिनुभयो । ऐतरेय उपनिषदमा सबै प्राणीको उत्पत्ति उद्विज्ज, स्वेदज,अण्डज र जरायुजकारूपमा हुन्छ भनी बताइएको छ । ब्रह्माजीको प्रारम्भिक सृष्टि पश्चात् रजवीर्यको अन्तरक्रिया वा समिश्रणबाट सालनालसहित, अण्डा, पसिना वा बीजको माध्यमबाट मानव,पशुपन्‍क्षी तथा वनस्पतिको उत्पत्ति र विकास हुन थाल्यो । यी सबैका परमात्माको अ‌ंश रहेको हुन्‍छ । सबै आत्मालाई ब्रह्माजीले आहार, निद्रा, भय र मैथुन जस्ता गुणहरू समानरूपमा प्रदान गर्नु भएको छ । केवल ज्ञान नै मानव र पशुबीचको अन्तर हो । यसैकारण मनुस्मृतिमा भनिएको छ -
आहार-निद्रा-भय-मैथुनं च समानमेतत्पशुभिर्नराणाम् । धर्मो हि तेषामधिको विशेषो धर्मेण हीनाः पशुभिः समानाः ॥
 
९. मनुका सन्ततिद्वारा सन्तानोत्पत्ति र सृष्टि बिस्तार
पङ्क्ति १७२:
बन्दछ । तसर्थ आफूलाई जुन काम, कुरा, व्यवहार वा आचरण राम्रो लाग्दैन त्यस्तो काम, कुरा,आचरण वा व्यवहार अरूप्रति गर्नु हुँदैन । धर्म र पाप व्यक्तिको काम, आचरण र व्यवहारबाट प्रदर्शित भएको हुन्छ । धर्मले मानवलाई आदर्शवादी, नैतिक र चरित्रवान बनाउन सहयोग गर्दछ ।हिन्दू धर्मले विश्वलाई वसुधैव कुटुम्वकम‍्को धारणा अनुरूप एक परिवार मान्दै सबैको कल्याणको कामना गर्दछ । ऋग्वेदको आ नो भद्रा: क्रतवो यन्तु विश्वत: भन्‍ने ऋचाले हामीमा चारैतर्फबाट कल्याणकारी विचार आउन् Let noble thoughts come to us from every side भन्‍ने कामना गर्दछ । त्यस्तै, वैदिक ग्रन्थले सबै प्राणी सुखी र निरोगी होउँन्,कसैलाई कुनै प्रकारको दु:ख, कष्ट नहोस्, पृथ्वी, वन, उपवन, वनस्पति, अौषधि, जल, आकाश, अन्तरिक्ष, विश्वेदेव, ब्रह्मा आदिले हामीलाई शान्ति प्रदान गरून् भन्‍ने मङ्गलभावको कामना गर्दछ ।
<big>सर्वेभवन्तु सुखिन: सर्वे सन्तु निरामया:। सर्वेभद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग भवेत् ।
ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:पृथिवी शान्तिराप: शान्तिरोषधय: शान्तिः।वनस्पतये: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:सर्वँ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि॥ ॐ शान्ति: शान्ति: शान्तिः॥
 
ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:पृथिवी शान्तिराप: शान्तिरोषधय: शान्तिः।वनस्पतये: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:सर्वँ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि॥ ॐ शान्ति: शान्ति: शान्तिः॥
ॐ शान्ति: शान्ति: शान्तिः॥
 
१८.१ हिन्दू धर्मका संस्कारहरू
Line १९० ⟶ १९१:
१८.४ हिन्दू धर्मको सारतत्व
 
'सत्यं वद। धर्मं चर । स्वाध्यायान्मा प्रमद: । मातृ देवो भव। पितृ देवो भव। आचार्य देवो भव। अतिथि देवों भव।'
तैत्तिरीयोपनिषद् शिक्षावल्लीको उक्त ऋचाले मानवलाई सत्य बोल्नु, धार्मिक सदाचारमा बस्‍‍नु, स्वअध्ययनमा अल्छि नगर्नु, माता, पिता, गुरू र अतिथिलाई देवता समान मानी सेवा गर्नु नै धर्म हो भनी बताएको छ । पूर्वीय दर्शनले धर्मलाई व्यवहारिक रूपमा प्रयोग गर्न नैतिक शिक्षा प्रदान गरेको छ - तीर्खा लागेको व्यक्तिलाई प्यास मेटाउन पानी दिनु, भोकाएको व्यक्तिलाई प्रेम पूर्वक भोजन गराउनु, कतै आश्रय नपाएको व्यक्तिलाई आश्रय दिनु, अनाथ बाल, बालिका, वृद्ध, अशक्त र दीन दुःखीको सेवा गर्नु, मन वचन र कर्मले कसैको हत्या, हिंसा र चोरी नगर्नु, नारी जातिलाई देवीका रूपमा सम्मान गर्नु, सबैसँग सत्य र प्रिय बचन बोल्नु, अर्काको कुनै वस्तु वा सम्पत्ति हरण नगर्नु, अर्काको अहित नचिताउनु तथा पशुपन्‍क्षीलाई आहारा दिई सेवा गर्नु आदि धार्मिक कार्य हुन् । उपनिषद्हरूले “सेवा ही परमो धर्म” भन्दै परोपकारलाई ठूलो धर्म बताएका छन् । अठारपुराणका रचयिता वेदव्याशले सम्पूर्ण पुराण रचना गरेपछि अन्त्यमा, धर्मको सारतत्वलाई “परोपकार: पुण्याय पापाय परपीडनम्” अर्थात् अरूको भलो वा सेवा गर्नु नै धर्म हो, कसैलाई कुनै प्रकारको दु;ख वा कष्ट दिनु पाप हाे भनी एक वाक्यमा धर्मको परिभाषा गर्नु भएको छ । यही नै हिन्दू धर्मसहित सबै धर्मको सारतत्व हो । तसर्थ मानवले आफ्नो अमूल्य जीवनलाई सबैको कल्याणकारी कार्य अर्थात् सेवामा समर्पित गर्नुपर्दछ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि यात्री कवितामा मानिसलाई इश्वरको दर्शन गर्न मठ, मन्दिर वा तीर्थयात्राको चक्करमा नलागी दीन दु:खीको सेवा गरी इश्वरको दिव्य मुहार हसाउन सल्लाह दिनु भएको छ -
कुन मन्दिरमा जान्छौ‌ं यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो !
फर्क फर्क हे ! जाऊ समाऊ, मानिसहरूको पाउ, मलम लगाऊ आर्तहरूको, चहराइरहेको घाउ
मानिस भइ ईश्वरको त्यो, दिव्य मुहार हँसाऊ ।
 
१८.५ जीवात्मा, पुनर्जन्म र मोक्ष प्राप्ति
Line २०३ ⟶ २०४:
 
पूर्वीय दर्शनअनुसार ईश्वर सर्वत्र सर्वव्यापक छ । सबै प्राणीको आत्मामा ईश्वरको निवास हुन्छ । चर्म चक्षुबाट ईश्वर वा परमात्माको दर्शन गर्न सकिँदैन । ईश्वरको दर्शन गर्न सर्वप्रथम आफूभित्रको अन्तस्करण सफा गर्नुपर्दछ । भित्री ज्ञानको सहायताले मात्र भगवान‍्को दर्शन गर्न सकिन्छ । तसर्थ भगवान‍्को दर्शन गर्न चाहने व्यक्तिले ईश्वरको खोजी बाहिरी संसारमा होइन आफूभित्रको अन्तस्करणमा खोज्‍नुपर्दछ । यसको लागि आफ्नो मनलाई सधै स्वच्छ र पवित्र राख्‍नुपर्दछ । यो कार्य तत्वज्ञानबाट सम्भव हुन्छ । तत्वज्ञान भनेको अनुभवको गहिराइबाट हासिल गरिने वास्तविक ज्ञान हो । तत्वज्ञानले नै मनमा रहेका विसंगतिलाई सफागरी सुषुप्तावस्थामा रहेको भगवान‍्को अंशलाई उजागर गराई पूर्ण परमात्मासँग मिलन गराउँछ । तत्वज्ञान प्राप्त गर्न चञ्चल मन, तृष्णा, चित्त तथा अहंकारलाई बुद्धि र विवेक प्रयोग गरी नियन्‍‍त्रण गर्नुपर्दछ । अनियन्‍‍ित्रत चञ्चल मनलाई नियन्‍‍त्रण गर्न त्यति सहज छैन । मन नियन्‍‍त्रण नगरेसम्म तृष्णा कम हुँदैन, तृष्णा रहेसम्म चित्त नियन्‍‍त्रण हुँदैन । अहंकार रहेसम्म आत्मशुद्धि हुँदैन । आत्मशुद्धि नभएसम्म परमात्मको दर्शन हुँदैन । परमात्माको दर्शन नभएसम्म मुक्ति मिल्दैन । श्रीमद्भागवद्गीताको अठारौं अध्यायमा भगवान् श्रीकृष्णले परमात्माको दर्शन र मुक्तिमार्गको विषयमा भन्‍‍नुभएको छ -
बुद्धया विशुद्धया युक्तो धृत्यात्मानं नियम्य च । शब्दादीन् विषयांस्त्यक्त्वा रागद्वेषौ व्युदस्य च ।।
विविक्तसेवी लघ्वाशी यतवाक्मायमानस:। ध्यानयोगपरो नित्यं वैराग्यं समुपाश्रित:।।
अहंकारं बलं दर्पं कामं क्रोधं परिग्रहम् । विमुच्य निर्मम: शान्तो ब्रह्मभूयाय कल्पते ।।
अर्थात् जुन व्यक्ति ‌(जो) आफ्नो बुद्धिद्वारा निर्मल भएर धैर्यपूर्वक मनलाई नियन्‍‍त्रण गर्दै इन्द्रिय तृप्तिका सबै विषयलाई त्यागी, इर्ष्या, राग र द्वेषबाट मुक्त भई अल्प आहार लिदै शरीर, मन र वाणीलाई नियन्‍‍त्रण गर्दै एकान्त स्थलमा समाधिमा बस्दछ वा जो अहङ्कार, बल, घमण्ड, काम, क्रोध, भौतिकवस्तुको सङ्ग्रह र मिथ्या भावबाट मुक्त भई शान्त छ, वा जो भौतिक विषयवस्तुबाट विरक्त छ त्यो निश्चय नै आत्म साक्षात्कारको स्थितिमा पुग्दछ र परमात्माको दर्शन गर्दै पुनर्जन्मबाट मुक्ति पाउछ । यही नै मुक्तिमार्गको उपाय हो । यसैकारण श्रीमद्भागतवद्गीतामा भगवान् श्रीकृष्णले मानवलाई फलको आशा नराखी निष्काम कर्म गर्न उपदेश दिनुभएको छ -
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ॥
१८.७ ब्रह्मानन्दको खोजी
Line २२७ ⟶ २२८:
 
<big>धनञ्जयगोत्रीय मरासिनीको पुर्ख्यौली स्थान
 
१. मानव जातिका प्रथम पुर्खा
"https://ne.wikipedia.org/wiki/धनञ्जय_गोत्र" बाट अनुप्रेषित