"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ७५:
विराटपुरूष पूर्णपरमात्माले मानवलाई सत्कर्मप्रति उत्प्रेरित गराउन विभिन्न युगमा भिन्न- भिन्नरूपमा यस पृथ्वीमा अवतार लिनुभएको प्रसङ्ग पुराणहरूमा पाइन्छ । सबै अवतारहरू विराटपुरूषका फरक-फरक रूप हुन् । वराहपुराणमा भगवान् विष्णुका चौबीस अवतारको वर्णन गरिएको छ । यीमध्ये मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्कि अवतारलाई मुख्य दश अवतार मानिन्छ । भगवान् विष्णुले सत्ययुगमा मत्स्य, कुर्म, वराह र नृसिंहअवतार लिनुभएको थियो । यसैगरी, त्रेतायुगमा वामन,परशुराम र राम अवतार तथा द्वापर युगको अन्त्यतिर कृष्ण अवतार र कलियुगमा भगवान् विष्णुले दशौं अवतारकारूपमा बुद्धअवतार लिनुभएको चर्चा वराह पुराणमा गरिएको छ । श्रीमद्भागवद्गीतामा भगवान् श्रीकृष्णले जब जब धर्मको पतन र अधर्मको उन्नति हुन थाल्छ तब म धर्मको पुनस्थापनाका लागि हरेक युगमा प्रकट भई दुष्टको विनाश र भक्तको उद्धार गर्छु भनी बताउनु भएको छ-
पूर्वीय दर्शनअनुसार भगवान् विष्णुका सबै अवतार धर्मको रक्षा र लोककल्याणकारी उद्देश्यले भएको पाइन्छ । सृष्टिको प्रारम्भमा जब वेदलाई राक्षसगणले अपहरण गरी समुद्रमा लगेर लुकाएका थिए तब भगवान् विष्णुले मत्स्य अवतार लिई वेदको रक्षा गर्नुभएको थियो । वेद भगवान्बाट उत्पत्ति भएको प्राचीन,प्राकृत ज्ञान भण्डार हो।वेदलाई श्रुतिज्ञान पनि भनिन्छ । भगवान् मनुले वेदलाई ‘सर्वज्ञानमयो हि स: अर्थात् सबै प्रकारको ज्ञानलेयुक्त विद्या भनी बताउनुभएको छ । वेद,पुराण र महाभारतलाई सर्वप्रथम संस्कृत भाषामा लिपिबद्ध गर्ने काम पराशर ऋषि र सत्यावती (मत्स्यगन्धा) बाट हस्तिनापुरको यमुना नदीको तटमा ईसापूर्व ३००० मा जन्मनुभएका वेदव्याशले गर्नुभएको थियो ।
|