"धनञ्जय गोत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
खुलाल थापा, वयल, बुडथापा (कुँवर), बखरेल, पंगेनी,धमला (धमौली), ढाँट, डुम्रे,घोडासैनी, गौरीपिप्पली, कुकुरकाटे, ओखरेल र पकुवाल आदि थरहरू रहेका छन् । धनञ्जय गोत्रीय मरासिनीहरु रिजाल
थरसंग सम्बन्धित छन् ।'''
<big><big><big>'धनञ्जय गोत्रीय मरासिनीको चिनारी</big></big></big>
<big>काशीनाथ मरासिनी मरेङ, ८ आँपकाटे, अर्घाखाँची ।
पङ्क्ति ११९:
ब्रह्माजीद्वारा उत्पन्‍न भगवान् रूद्रको अर्धनारीश्वर शरीरको पुरूष स्वरूपबाट मन्य, मनु, महिनस, मआन, शिव, ऋतध्वज, उग्ररेता, भव, काल, वामदेव र धृतव्रत नामक रूद्रहरू तथा नारी स्वरूपबाट धी, वृत्ति, उशना, उमा, नियुत्, सर्पि, ईला, अम्बिका, ईरावती, सूधा र दीक्षा नामक रूद्रिणी उत्पन्‍न भए जसलाई हिन्दू धर्मावलम्वीहरू एघार रूद्रीकारूपमा पूज्‍‍‍ाा गर्दछन् । त्यसपछि ब्रह्माजीले सृष्टि सञ्चालन गर्न आफ्नो मनबाट मरीचि, आँखाबाट अत्रि, मुखबाट अंगिरा,कानबाट पुलत्स्य,नाभिबाट पुलह,हातबाट क्रतु, छालाबाट भृगु, प्राणबाट वसिष्ठ,औंलाबाट दक्ष प्रजापति, छायाँबाट कन्दर्भ, कोखबाट नारद आदि दशपुत्र उत्पन्‍न गर्नुभयो । सृष्टि बिस्तारका लागि शक्तिशाली ऋषिमुनि, रूद्रादि देवताहरू उत्पन्‍न गर्दा पनि अपेक्षाकृतरूपमा सृष्टि बिस्तार हुन सकेन ।
यसपछि ब्रह्माजीले पुनः सङ्कल्प गरी मैथुनि क्रियाबाट सृष्टि बिस्तार गर्न आफ्नो शरीरबाट एकपुरूष र एक कन्या उत्पन्‍न गर्नुभयो जसको नाम स्वयम्भुव मनु र शतरूपा राखियो । ब्रह्माजीले आफूले उत्पन्‍न गरेका सबै देवगण तथा देवी र वनस्पति जगत‍्लाई वंश बिस्तारको लागि विशेष रजगुण प्रदान गरी आफ्नो वंश बिस्तार गर्न आदेश दिनुभयो । ऐतरेय उपनिषदमा सबै प्राणीको उत्पत्ति उद्विज्ज, स्वेदज,अण्डज र जरायुजकारूपमा हुन्छ भनी बताइएको छ । ब्रह्माजीको प्रारम्भिक सृष्टि पश्चात् रजवीर्यको अन्तरक्रिया वा समिश्रणबाट सालनालसहित, अण्डा, पसिना वा बीजको माध्यमबाट मानव,पशुपन्‍क्षी तथा वनस्पतिको उत्पत्ति र विकास हुन थाल्यो । यी सबैका परमात्माको अ‌ंश रहेको हुन्‍छ । सबै आत्मालाई ब्रह्माजीले आहार, निद्रा, भय र मैथुन जस्ता गुणहरू समानरूपमा प्रदान गर्नु भएको छ । केवल ज्ञान नै मानव र पशुबीचको अन्तर हो । यसैकारण मनुस्मृतिमा भनिएको छ -
आहार-निद्रा-भय-मैथुनं च समानमेतत्पशुभिर्नराणाम् ।
धर्मो हि तेषामधिको विशेषो धर्मेण हीनाः पशुभिः समानाः ॥
 
 
पङ्क्ति १९९:
हाम्रा अग्रज ऋषिमुनिले हजारौं वर्षको अभ्यासद्वारा मानवलाई असल जीवन जिउँने कला Art of Good Living सिकाएका छन् जसलाई हामी हिन्दू धर्म भन्दछौं । संक्षेपमा धर्म भनेको असल जीवन जिउँने कला हो । ऋषिमुनिले असल कार्यलाई धर्म र खराब कार्यलाई पापको संज्ञा दिई मानवलाई असल कार्य गर्न प्रेरित गरेका छन् । अरूको भलो गर्नु नै धर्म हो । अरूलाई कुनै प्रकारको हानी नोक्सानी वा चोट पुर्‍याउनु पापकर्म हो । कर्मको फल यसै जीवनमा पाइन्छ, अर्को मानव जीवन छैन । मानवलेजस्तो कर्म गर्दछ त्यस्तै फल पाउछ । असल कार्य गरे सम्मान पाउछ, खराब कार्य गरे सजायको भागिदार
बन्दछ । तसर्थ आफूलाई जुन काम, कुरा, व्यवहार वा आचरण राम्रो लाग्दैन त्यस्तो काम, कुरा,आचरण वा व्यवहार अरूप्रति गर्नु हुँदैन । धर्म र पाप व्यक्तिको काम, आचरण र व्यवहारबाट प्रदर्शित भएको हुन्छ । धर्मले मानवलाई आदर्शवादी, नैतिक र चरित्रवान बनाउन सहयोग गर्दछ ।हिन्दू धर्मले विश्वलाई वसुधैव कुटुम्वकम‍्को धारणा अनुरूप एक परिवार मान्दै सबैको कल्याणको कामना गर्दछ । ऋग्वेदको आ नो भद्रा: क्रतवो यन्तु विश्वत: भन्‍ने ऋचाले हामीमा चारैतर्फबाट कल्याणकारी विचार आउन् Let noble thoughts come to us from every side भन्‍ने कामना गर्दछ । त्यस्तै, वैदिक ग्रन्थले सबै प्राणी सुखी र निरोगी होउँन्,कसैलाई कुनै प्रकारको दु:ख, कष्ट नहोस्, पृथ्वी, वन, उपवन, वनस्पति, अौषधि, जल, आकाश, अन्तरिक्ष, विश्वेदेव, ब्रह्मा आदिले हामीलाई शान्ति प्रदान गरून् भन्‍ने मङ्गलभावको कामना गर्दछ ।
सर्वेभवन्तु सुखिन: सर्वे सन्तु निरामया:। सर्वेभद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग भवेत् ।
 
ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:पृथिवी शान्तिराप: शान्तिरोषधय: शान्तिः।वनस्पतये: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:सर्वँ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि॥ ॐ शान्ति: शान्ति: शान्तिः॥
सर्वेभवन्तु सुखिन: सर्वे सन्तु निरामया:। सर्वेभद्राणि पश्यन्तु मा कश्चिद् दु:खभाग भवेत् ।
ॐ द्यौ: शान्तिरन्तरिक्षँ शान्ति:पृथिवी शान्तिराप: शान्तिरोषधय: शान्तिः।वनस्पतये: शान्तिर्विश्वे देवा: शान्तिर्ब्रह्म शान्ति:सर्वँ शान्ति: शान्तिरेव शान्ति: सा मा शान्तिरेधि॥ ॐ शान्ति: शान्ति: शान्तिः॥
 
 
Line २६५ ⟶ २६४:
 
<big><big><big>big>धनञ्जयगोत्रीय मरासिनीको पुर्ख्यौली स्थान</big></big>
 
१. मानव जातिका प्रथम पुर्खा
"https://ne.wikipedia.org/wiki/धनञ्जय_गोत्र" बाट अनुप्रेषित