"वीरगाथा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
सुदाया (धोएका) लुकुडा (लुगातेरा) निरमैला भया । बटारेका लडुचीउरा पकपक फुटी गए, ईतिबडा असगुन घरैबसीभया । हेर बुवा उदै देउवा, घरैबसीजाय । बलिएको चेलो बलैमाथी जान्छ जिया, राजाको मान्छ जिया राजामथि जान्छ । बारबीस बलाईर तु मेरो भाइ हो, आजको छकाली तु दिएलाई (खानादिए) काटी हाल्यो खसीबोका पकाईहाल्यो भात, पुग नपुग कटक हमु जाउला साथ, तहाई त उदैले चलुभलु कियो रानी ढुङ्गा ढाऊ, तहाईत त चलुभलु कियो फुलौटी गाड जाई बेली बासोलियो । फुलोटी खण्ड्का तुईमेरो भाइ आजको छकालो तुई देलाई काटी हाल्यो खसी बोका पकाई हाल्यो भात पुग नपुग कटक हमुजाउला साथ । वारी छ बाननी गडो पारी छ रिडीकोट एक पैकालो मारी दोसरो पैकलो धाई, दोसरो पैकलो मारी तेसरोमी धाई , तेसरोमारी चौथामी धाई ,चौथो मारी पचौमी धाई , पचौमारी छऔमी धाई, छऔ पछी सतौ मी धाई सातै मरी सकेपछी उदै देउवा मारिए ।
त्यसपछि उदै देउवाले आप्mनो प्राण जाँदा भनेछन् ू वोगटी (ठकुरीवोगटी)की चेली जति हमुसाथ (सती) आए , चन्न (ठकुरी चन्द) की चेली जति चेला पाली रहेया ,ईजु जती मयालुकी आउनै छ कयां । बुबा जति कजयकी रन प¥यो भन्या । मेरा भागको लडु चिउरा वाँडी चुढी खाया । ”
==सुना देउवाको वीरगाथा ==
१२ गाउँ पर्वत, १२ गाउँ माल, १२ गाउँ मालैको को छ रजवार, १२ गाउँ मालैका जसु रजवार । जसु जति रजवार विन्ती सुनिलिए । कुमाऊँगढ लड्नलाई सुना देउवा हमु दिए देउवाका कोट तलि धानैका रास के जानलो सुना बालो जुझना (युद्धलडना) को वात । देउवाका कोट तलि उदरु (अदुवा) का खात बलिको बोका बबा बलि कर जान्छ , बामनको चेलो जति वेदकर जान्छ , ठकुरीको चेलो जति रण कर जान्छ । देउवाका कोट तलि पिँडालुका खात जुध्धै गर्ने रणजाने ठकुरीको जात । उमेरैको लुडो तुडो जुझनाको पुरो, जिया जति जसु मेरै वलु लिए । कुमाऊगड लडन जान्छु लाडु (कसार एक प्रकारको खाने कुरोको गोलो बनाएर तयार गरिने वस्तु ) बटारी लिए । बटारेका लाडु बला धुलो बाडी भयो इतरैको असगुन घरै बसी भईछ । असगुन जनबोल सगुनै बोल, मेरै भन्नु मान्न छैत रण जन जाए वुढा बुढी जीया, बबा कैलाइ सुप्पी जान्छौ । बुढा बुढी जीया बबा महल कुरन्ना जेठी रानी गोमता मेरै बलु लिए, कुमाऊगड लडन जान्छु । सामल कुटाई दिए । कुटाए सामल धूलो बाडी भयो । मेरो भन्या मान पाउ समाई बिन्ती गर्छु रण जन जाए । कोखका चेला जति कैलाई सोैपी जान्छौ । कोखका चेलाजति गोमता सौपन्छु । बबा जति जसु देउवा मेरो बलु लिए । कुमाऊँगढ लड्न जान्छु, कटक खेडी दिए । लैजाहो सुना देउवा, देउवा, वोगटी, चन्न रे मल्ल, लैजाहो सुना देउवा पन्थ, पनेरु, लैजा हो सुना देउवा काला गोरा विष्ट, लैजाहो सुना देउवा चौसाली राउल, लैजा हो सुना देउवा भट्ट, कठाइत लैजा हो सुना देउवा ढाँट वलायर, लैजा हो सुना देउवा वोहरा चोखाल, लैजा हो सुना देउवा खाँती खड्का ...। जेठी रानी गोमता मेरै बोलु लिए, कुमाऊँगढ लड्न जान्छु, जिउनार साली दिए (पकाएरको खाना झोलामा राखेर दिएको) सालेसुले जिउनारीको खायो दही र भात, देउवाकै कोट तलि भउतै कठे गावु सम्झी जाए सुना बाला (सुनादेउवा) बुढा जिया बाबु, बुढा बुढी जीया बबा नइर सम्झी गयो, देउवाका कोट तलि भउतै मीठा केला सम्झी जाय सुना देउवा कोखैका चेला, कोखैका चेला जति नइर सम्झी गयो । देउवाका कोट तलि मंग्राऊ (कुवा)को भउतै ठन्न पानी, सम्झी जाय सुना देउवा घरैकी रानी, घरैकी रानी जति नइत सम्झी गयो । त्यहाँईत सुना देउवा चलुभलु कियो, राइलैका गाउँ जाई बेली बासु लियो । रायलैका रावल जति मरै बलु लिए । कुमाऊँगढ लडन जान्छु हमु साथदिए । कोरे दिन्ना खसी बोका कोरे दिन्ना भात, मैलै दिउलो खसीबोका जन्ता दिन्ना भात । त्यँहाइ त सुना देउवा चलुभलु कियो काली गँगा घाट जाई बेलीबासो लियो । काली गँगा घाटैका गावैका खम्वा, जुझिगै सुना देउवा भइगै धुली रम्म, लम्कन्छ बगेपुछ ठनकन्छ घाँट, सुना देउवालागि गैछ, विखम्मै साँट । काली गँगा घाटैका बहुतै कठे गावु, अव सम्झयो, सुना देउवा बुढा जिया बाबु । सँगका साथी भाइ घर लौटी जाय बबा जति सोधन्ना त रण प¥यो भन्या । गोमता सोधन्नी त सती आउनु भन्या । त्यहाँइ त जोलिए चेलो चलुभलु कियो । देउवाका कोटआई बेली बासो लियो । क्याउखी (किनआईस)आई जोलीए चेला, क्याउखी सोची वात, वात के कहुँ राज हृदय लागि घाँत । त्यहाँइत जमनाले चलुभलु कियो । काली गगाँ घाट जाई बेली बासो लियो । आला सुका काठैका बनाई हाल्यो चिता, रानी साथ जमना स्वर्ग लोक गइछन् सिधा ।
 
 
 
==दिपा देउवा रजवारको धमारी==
"https://ne.wikipedia.org/wiki/वीरगाथा" बाट अनुप्रेषित